मुख्य समाचार

अन्नपूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा रु १ करोड २५ लाखमा पूर्वाधार निर्माण सुरु

म्याग्दी, १४ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा रु एक करोड २५ लाखको लागतमा पूर्वाधार निर्माण थालिएको छ । अन्नपूर्ण गाउँपालिकाको रु एक करोड, नेपाल पर्यटन बोर्डको रु २० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को रु पाँच लाख बजेटबाट आश्रयस्थल, शौचालय, खानेपानी, पदमार्ग, चिया पसल र खुला सङ्ग्राहलय निर्माण थालिएको हो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण आधार शिविर र पञ्चकुण्ड ताल क्षेत्रमा अस्थायी संरचना निर्माण गर्न लागिएको जानकारी दिए… पुरा पढौ

ङादी ग्रुपकाे हकप्रदमा माघ २९ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं, १४ माघ । ङादी ग्रुप पावरकाे हकप्रद शेयरमा आवेदन दिने म्याद थपिएकाे छ । कम्पनीले पुस २३ गतेदेखि शेयर बिक्रीमा ल्याएकाे थियाे । म्याद थपिएपछि अब माघ २९ गतेसम्म आवेदन दिन पाइने छ। कम्पनीले १ कित्ता बराबर नयाँ शेयर १ कित्ता रेसियाेमा खुलाएकाे हाे । कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसा बराबरको प्रतिशेयर १०० रुपैयाँ दरकाे १ करोड ८५ लाख १२ हजार ७१२.२२५ कित्ता जारी गरेकाे हाे। कम्पनीले मंसिर १८ गते बुकक्लोज… पुरा पढौ

घुन्सा खोला जलविद्युत्का लागि रकम जुट्यो, बैंक तथा वित्तीय संस्थाले पाैने १३ अर्ब लगानी गर्ने

काठमाडौं, १४ माघ । वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ विकास गरिएको ७७.५ मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ । आयोजना रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको हो । आइतबार आयोजनाको बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको रेमिट हाइड्रोले जनाएको छ । आयोजनामा लक्ष्मी सनराइज बैंक लिमिटेडले रु पाँच अर्ब, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले रु तीन अर्ब, नागरिक लगानी कोषले रु दुई अर्ब, माछापुच्छे्र बैंकले रु एक अर्ब ४५ करोड, एभरेष्ट… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, युरो बढ्याे, अन्यकाे कति ?

काठमाडौं, १४ माघ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलरको मूल्य आज स्थिर छभने युरोपियन युरो, बेलायतको पाउन्ड स्टर्लिङ, सिङ्गापुर डलर, साउथ कोरियन वनको मूल्य बढेको छ । स्विस फ्र्याङ्क, क्यानेडियन डलर, क्यानेडियन डलर, स्विडिस क्रोनरको मूल्य घटेको छ । साथै अन्य विदेशी मुद्राको भाउ स्थिर छ । केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर एकसय ३८ रुपैयाँ २४ पैसा तोकिएको छ… पुरा पढौ

आजदेखि ‘चुलाचुली पाठशाला नाट्य महोत्सव हुँदै

फिक्कल (इलाम), १४ माघ । इलामको चुलाचलीमा आजदेखि तेस्रो संस्करणको ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’ आयोजना हुँदैछ । आफ्नो नवौँ वार्षिकोत्सवको अवसर पारेर चुलाचुली रङ्गमञ्चले दुई दिने नाट्य महोत्सव संयोजन गरेको हो । चुलाचुली गाउँपालिका–३ स्थित पर्यटकीय क्षेत्र शिवओरकमा खुला क्षेत्रमा हुने नाट्य महोत्सवमा विभिन्न आठ नाटक मञ्चन हुने, दुई खुला प्रस्तुति र दुई रङ्गमञ्च अन्तरसंवाद हुने आयोजक चुलाचुली रङ्गमञ्चका अध्यक्ष चेतन आङथुपोले जानकारी दिए। चुलाचुली गाउँपालिकाको सामुदायिक र संस्थागत गरी चार विद्यालय, जिल्ला बाहिरका दुई वटा विद्यालय र एक नाट्य… पुरा पढौ

वित्तीय क्षेत्रमा प्राथमिकता निर्धारण गरी समाधान खोज्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं, १३ माघ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सवलीकरणका लागि संस्थागत रुपमा गर्न चाहेका कार्य र विद्यमान समस्यालाई प्राथमिकीकरण गरी समाधान खोज्न निर्देशन दिए । उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा सुधार हुँदै आएपनि त्यसको प्रभावकारिता बढाउन नियामक निकायका कार्यक्रम र समस्यालाई प्राथमिकीकरण गरी काम गर्न जरुरी रहेको बताए । राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, सहकारी विभाग, नेपाल बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेपाल बैंकर्स सङ्घ, कम्पनी रजिष्ट्रारको कार्यालयका पदाधिकारी तथा प्रतिनिधिहरूसहितको बैठकमा… पुरा पढौ

नेप्से दोहोराे अंकले घट्याे, ९ अर्ब १२ करोडको कारोबार

काठमाडौं, १३ माघ । साताको शेयर कारोबार हुने दोश्रो दिन आईतबार नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । कारोबार भने सन्तोषजनक रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्सेमा १०.४१ अंकले गिरावट भई २६४३.९३ विन्दुमा रहेको छ । नेप्सेमा ०.३९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.२० अंकले घटेर ४४३.६० विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ५ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ८ वटा उपसमूहहरुमा रातो लागेको छ ।… पुरा पढौ

हुलाक सेवा विभागलाई प्रविधिमैत्री बनाइदैछ-मन्त्री गुरुङ

काठमाडौं, १३ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवा विभागलाई प्रविधिमैत्री बनाइने बताएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज हुलाक सेवा विभागले आयोजना गरेको ‘एक स्थानीय तह एक हुलाक’ कार्यालय स्थापना घोषणा कार्यक्रमको उद्घाटन गर्दै उनले हुलाकको नीति परिवर्तन आवश्यक रहेको बताए। मुलुक रुपान्तरणसँगै नीति र विधि फेरिन नसक्दा विकास ओझेलमा परेको धारणा उनले राखे। उनले यो वर्षभित्र पुराना सबै नीति र ऐन संशोधन गरेर समायानुकूल बनाउनमा गम्भीरताका साथ लागेको जानकारी दिए। हुलाक सेवा निकै पुरानो… पुरा पढौ

राजस्व सङ्कलनकाे लक्ष्य भेटिने काम गरौँः अर्थमन्त्री पौडैल

काठमाडौं, १३ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी राजस्व सङ्कलनमा गत वर्षको तुलनामा केही सुधार देखिए पनि चालु आर्थिक वर्षको लक्ष्य भेट्न नसकेको बताएका छन्। भन्सार विभागले आज आयोजना गरेको ७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा अर्थमन्त्री पौडेलले राजस्व सङ्कलनमा राखेको वार्षिक लक्ष्य पूरा गर्न चाप देखिएकाले भन्सारलगायत कर प्रशासनले चुस्त रुपमा काम गर्नुपर्ने बताए । “अहिले हामी राजस्वको लक्ष्यका हिसाबले चापमा छौँ । गत वर्षको तुलनामा केही बढेको भएपछि यस वर्षका लागि तोकिएको लक्ष्यअनुसार सन्तोषजनक छैन । हामीले यो… पुरा पढौ

आरम्भ चौतारी लघुवित्तकाे नाफा १६१.४२ प्रतिशतले बृद्धि

काठमाडौं, १३ माघ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाकाे नाफामा उल्लेख्य बृद्धि भएकाे छ । संस्थाकाे सार्वजिनक भएकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मकाे वित्तीय विवरण अनुसार संस्थाकाे नाफामा १६१.४२ प्रतिशतले बृद्धि भएकाे छ । लघुवित्तले ३ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गएकाे वर्षको तुलनामा १६१.४२ प्रतिशतले बढी हो । गत वर्ष साेहि अवधिमा १ करोड २४ लाख रुपैयाँ थियो । संस्थाकाे सञ्चालन नाफा १६१.४१ प्रतिशतले बढेर ४ करोड ६६ लाख रुपैयाँ भएकाे । खुद ब्याज… पुरा पढौ