मुख्य समाचार

डेटा हबमा र्‍यान्समवेयर आक्रमण: नेप्से टीएमएस ठप्प, सोमबारको सेयर कारोबार रद्द

काठमाडौं, ५ असाेज। ब्रोकर कम्पनीहरूको 'ट्रेडिङ म्यानेजमेन्ट सिस्टम' (TMS) होस्ट गरिएको पूर्वाधारमा र्‍यान्समवेयर (साइबर) आक्रमण भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सोमबारको सम्पूर्ण सेयर कारोबार प्रभावित भई बन्द भएको छ। डेटा हब प्रालिका अनुसार असोज ४ गते बिहान साढे ५ बजेदेखि प्रणालीमा प्राविधिक समस्या देखिएको थियो। आक्रमण भएको ३० घण्टाभन्दा बढी समय बितिसक्दा पनि समस्या समाधान हुन नसकेपछि सोमबार सेयर बजार खुल्न नसकेको हो। बिहान ४ बजेसम्मको डेटा सुरक्षित डेटा हब र प्रणाली व्यवस्थापक 'वाईको' (Yco) ले दिएको जानकारीअनुसार साइबर… पुरा पढौ

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

न्यूयोर्क (अमेरिका), ५ असोज । आइतबार बिहान न्युयोर्कको मौसममा अचानक परिवर्तन आयो, बिहानैदेखि सिमसिम पानी पर्न थाल्यो । यतिखेर यहाँको मौसम हल्का चिसो हुँदै गएको छ । तर, यहाँ मङ्गलबारदेखि संयुक्त राष्ट्रसङ्घको महासभामा उच्चस्तरीय राजनीतिक सम्बोधन सुरु हुने भएकाले राजनीतिक एवं कूटनीतिक माहोल भने तात्दै छ । उक्त सम्मेलनमा १३० देशका सरकार प्रमुखले सम्बोधन गर्ने राष्ट्रसङ्घका प्रवक्ताले यस अगाडि जानकारी दिइसक्नुभएको छ । यतिखेर न्युयोर्क सहरका अधिकांश होटलहरु भरिभराउ छन् । होटलका परिसर तथा वरपरसमेत महासभामा सहभागी हुन आएका विभिन्न… पुरा पढौ

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेकाे काराेबार स्थगन

काठमाडौं, ५ असोज । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आजको नियमित धितोपत्र कारोबार स्थगित गरेको छ । नेप्सेको कारोबार प्रणालीसँग सम्बन्धित ७२ कारोबार सदस्य कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि कारोबार स्थगित गरिएको हो । नेप्सेले सोमबार जारी गरेको सूचनामा डाटा हब प्रालिमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएको र समाधानका लागि पहल भइरहेको भए पनि हालसम्म समस्या समाधान हुन नसकेको जनाएको छ । डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या यथास्थितिमा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत… पुरा पढौ

बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, कतिले पाए शेयर ?

काठमाडौं, ५ असाेज। बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको प्राथमिक शेयर (आईपीओ) असोज ५ गते, आज बाँडफाँड भएको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा बिहान आईपीओ बाँडफाँट सम्पन्न भएको हो। ८६ हजार ३२० जना भाग्यमानी माँगभन्दा अत्यधिक बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत शेयर बाँडफाँट गरिएको छ। जस अनुसार कुल स्वीकृत आवेदकहरूमध्ये ८६ हजार ३२० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। आवेदनको विवरण कम्पनीले गत भदौ २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि कुल… पुरा पढौ

लाभांश पारित गर्न शाइन रेसुङ्गा बैंकले साधारण सभा बोलायाे

काठमाडौं, ५ असाेज । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड (SHINE) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न १८ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको सञ्चालक समितिको निर्णय अनुसार असोज २८ गते, बुधबार रुपन्देहीको बुटवलस्थित होटल सेफ्रन सि.के. प्रा.लि.मा सभा आयोजना गरिनेछ। उक्त साधारण सभा बिहान साढे ११ बजेदेखि सुरु हुने बैंकले जनाएको छ। लाभांश र प्रमुख प्रस्तावहरू सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १० प्रतिशत… पुरा पढौ

भ्रमण आयको तुलनामा खर्च तीन गुणा बढी, सेवा खाता १० अर्ब ८२ करोड घाटामा

काठमाडाैं, ५ असाेज । चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा नेपालको पर्यटन तथा भ्रमण क्षेत्रको बाह्य कारोबारमा उल्लेखनीय असन्तुलन देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बाह्य क्षेत्रसम्बन्धी तथ्याङ्क अनुसार विदेशी पर्यटकबाट हुने आम्दानी सामान्य रूपमा बढेको छ भने नेपाली नागरिकले विदेश भ्रमण तथा अध्ययनका क्रममा गर्ने खर्चमा ठूलो गिरावट आएको छ। भ्रमण आयमा झिनो वृद्धि साउन महिनामा नेपालले विदेशी पर्यटकबाट ५ अर्ब ४४ करोड रुपैयाँ भ्रमण आय आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ५… पुरा पढौ

नवलपुरका कृषकलाई करिब ५ करोड अनुदान वितरण गरिँदै

नवलपुर (नवलपरासी), ५ असोज । कृषि विकास कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले करिब रु पाँच करोड अनुदान वितरण गर्नेगरी कृषकसमक्ष प्रस्ताव पेस गर्न आह्वान गरेको छ । कार्यालयले विभिन्न १० शीर्षकमा जिल्लाका कृषकलाई अनुदान वितरण गर्ने तयारी गरेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत राजेश्वर सिलवालका अनुसार आर्थिक वर्ष २०८३/ ८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार रु चार करोड ७७ लाख ५० हजार बराबरको अनुदान वितरण गर्न लागिएको हो । वितरण गर्ने अनुदानका लागि जिल्लाभित्रका कृषक, कृषि फर्म,… पुरा पढौ

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

म्याग्दी, ५ असोज। वैदेशिक रोजगारीबाट फर्किएर गाईभैँसीपालन गर्दा के–कति आम्दानी होला ? भन्ने जिज्ञासा मनमा थियो । मिहिनेत गरे फल कसो प्राप्त नहोला त भनेर सुरु गरेको कामबाट आज पर्वतको जलजला गाउँपालिका–८ लस्तीका तोपबहादुर क्षेत्रीलाई नाम र दाम दुवै प्राप्त भएको छ । उहाँले दूध बेचेर मासिक रु एक लाखभन्दा बढी आम्दानी गर्न सफल हुनुभएको छ । तेह्र वर्ष साउदी अरबमा सवारी चालकका रूपमा काम गरेर फर्किनुभएका क्षेत्रीले विसं २०७३ देखि ‘गोमा गाईभैँसी फार्म’ सञ्चालन गर्दै आउनुभएको छ । साउदीमा… पुरा पढौ

यस्ताे छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, ५ असोज। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ०८ पैसा र बिक्रीदर २०५ रुपैयाँ ८८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ २२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९५ पैसा कायम… पुरा पढौ

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं, ५ असोज। सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेछ । यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । त्यस्तै, बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय सेवा… पुरा पढौ