मुख्य समाचार

सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

पाल्पा, ७ असोज। निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि नै सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलले सुरुङमार्गको मुख्य संरचनासहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पु¥याउने गरी कामलाई अगाडि बढाएको हो । सुरुङभित्रको सडक निर्माण र अन्य सिभिल संरचनाको काम सम्पन्न भएकाले आगामी मङ्सिरभित्रै सवारी सञ्चालनको तयारी गरिएको आयोजना प्रमुख प्रमुख नवराज बास्तोलाले बताउनुभयो । उहाँले भन्नुभयो, “बर्खा र भोटेकाशी बाढीका कारण निर्माण सामग्री आउन ढिलाइ भएकाले एक महिनापछि धकेलिएको छ ।… पुरा पढौ

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं, ७ असोज। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा बिहान ११ः०० बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुहुनेछ । बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ ’ प्रस्तुत गर्नुहुनेछ । यस्तै, अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन ) विधेयक, २०८३’ र भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । त्यस्तै, कृषि वन तथा… पुरा पढौ

पैरेटो सिद्धान्तबाट ‘मल्टीब्यागर स्टक’को खोजी (विचार)

काठमाडौं, ६ असोज । पुँजी बजार लगानीमा सफलताका लागि लगानीकर्ताले आ–आफ्नो रणनीति बनाउने गर्दछन् । कोही लगानीकर्ता छोटो समयका लागि लगानी गर्छन्, केही लगानीकर्ताले लामो समयका लागि लगानी गर्छन् । लगानीकर्ताको आफ्नो आवश्यकता, क्षमता, योग्यता र उपलब्ध समयको आधारमा लगानीमा फरक रणनीति रहने गर्दछ । एकथरी लगानीकर्ता नियमित लाभांश प्राप्तिका लागि पुँजी लगाई रहेका हुन्छन्, यी भन्दा फरक थरी लगानीकर्ता लाभांश र पुँजीगत लाभका लागि लगानी गर्छन् । अर्काथरी लगानीकर्ता व्यवसाय र कम्पनीको नेतृत्वमा जानका लागि लगानी बढाई रहेका हुन्छन्… पुरा पढौ

नेप्सेमा ७.०६ अंककाे बृद्धि, ७ अर्ब बढीकाे काराेबार

काठमाडौं, ६ असाेज। साताको पहिलो कारोबार दिनदेखि कायम रहेको सुधारको लयलाई निरन्तरता दिँदै धितोपत्र बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि उकालो लागिरहेको बजारले मङ्गलबार पनि सोही सकारात्मक क्रमलाई निरन्तरता दिएको हो। मङ्गलबार नेप्से परिसूचक ७.०६ अंकले बढेर २६५४.२८ विन्दुमा पुगेको छ। नेप्सेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स २.७१ अंक, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंकले बढेका छन्। कारोबार रकममा सुधार: ७ अर्ब ५ करोड… पुरा पढौ

सरकारी ढुकुटीमा साढे ३ खर्ब थुप्रिँदा विकास निर्माण ठप्प: बजेट खर्च क्षमतामाथि गम्भीर प्रश्न

काठमाडौं, ६ असाेज। बजारमा मागको अभावले निजी क्षेत्र थप्प छ, उद्योगी-व्यवसायी नयाँ लगानीका लागि बैंकबाट ऋण लिन हिचकिचाइरहेका छन् भने निर्माण व्यवसायीहरूले काम गरेको भुक्तानी पाउन सकेका छैनन्। तर, अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने मुख्य दायित्व बोकेको सरकार भने आफूसँग पैसाको अभाव नरहेको तथ्याङ्क बोकेर बसेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन) मसान्तसम्ममा सरकारी ढुकुटीमा रु. ३ खर्ब ६१ अर्ब ८१ करोड नगद मौज्दात थुप्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको आर्थिक तथा वित्तीय स्थिति… पुरा पढौ

बाढीबाट प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह

काठमाडौं, ६ असाेज । हालै भोटेकोसी क्षेत्रमा आएको बाढी तथा डुबानका कारण अटोमोबाइल क्षेत्रमा पुगेको ठूलो क्षतिप्रति नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रभावित सदस्य तथा व्यवसायीहरूलाई आवश्यक सहजीकरण र राहतका लागि पहल सुरु भइसकेको जानकारी दिएका हुन्। बाढीका कारण भन्सार नाका तथा विभिन्न स्थानमा आयातित सवारीसाधन क्षति हुनुका साथै हराएको र व्यवसायीका गोदाम, कार्यालय, उपकरण तथा अन्य व्यावसायिक सम्पत्तिमा समेत ठूलो नोक्सानी पुगेको नाडाले जनाएको छ।… पुरा पढौ

विदेशी स्टारको सहभागिताले एनपिएलको दायरा बढ्दै (आलेख)

काठमाडौं, ६ असोज। नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करणले नेपाली क्रिकेटमा फ्रेन्चाइज क्रिकेटको आधार तयार गर्‍यो । अब तेस्रो संस्करणतर्फ अघि बढ्दै गर्दा लिगको महत्वपूर्ण पक्ष विदेशी खेलाडीको सहभागिता बन्न पुगेको छ । विदेशी खेलाडी एनपिएलमा जोडिनु नौलो कुरा नभए पनि अन्तरराष्ट्रिय क्रिकेटमा स्थापित र दर्शकमाझ परिचित स्टारको सङ्ख्या बढ्दै जाँदा त्यसको प्रभाव लिगमा बढिरहेको छ । लिगको टोलीहरूबीच पनि चर्चित खेलाडीलाई भित्र्याउन तीव्र प्रतिस्पर्धा भइरहेको छ । अनुभवी विदेशी खेलाडीको आगमनले नेपाली खेलाडीले उनीहरूबाट सिक्ने अवसर,… पुरा पढौ

पुष्पलाल इन्भेष्टमेन्टले १५ करोडको आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाडौं, ६ असाेज। पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले आफ्नो जारी पुँजीबाट अंकित मूल्य १०० रुपैयाँ दरका १५ लाख कित्ता अर्थात् १५ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्कासन गर्न लागेको हो। उक्त शेयर निष्कासन तथा बिक्री प्रबन्धकका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यससम्बन्धी सम्झौता पत्रमा पुष्पलाल इन्भेष्टमेन्टका अध्यक्ष लाल प्रसाद सावा लिम्बु र लक्ष्मी सनराइज क्यापिटलका अध्यक्ष राजीव सापकोटाले हस्ताक्षर गरेका छन्। 'सानो लगानी, ठूलो अवसर, राष्ट्र निर्माणमा'… पुरा पढौ

मिड सोलु हाइड्रोपावरद्वारा १५.७८९ प्रतिशत लाभांश घोषणा

काठमाडौं, ६ असाेज । मिड सोलु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीद्वारा जारी जानकारी अनुसार शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गरिनेछ। हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ६ लाख ६० हजार रुपैयाँ रहेको छ। सोही पुँजीका आधारमा: बोनस शेयर: १५ प्रतिशत बापत १२ करोड… पुरा पढौ

प्राविधिक समस्या समाधान भएपछि शेयर कारोबार पुनः सञ्चालन

काठमाडौं, ६ असोज । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएपछि नेप्सेमा आजदेखि नियमित धितोपत्र कारोबार सञ्चालन हुने भएको छ । नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीका अनुसार कारोबार सदस्यहरूको डाटा सेन्टरका रूपमा रहेको डाटा हब प्रालिमा देखिएको प्राविधिक समस्या समाधान भएको जानकारी प्राप्त भएपछि आज असोज ६ गतेदेखि नेप्सेमा पूर्ववत् रूपमा कारोबार सञ्चालन गरिने भएको हो । नेप्सेले डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको थियो ।… पुरा पढौ