मुख्य समाचार

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, ४ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ६९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५० पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३८ पैसा… पुरा पढौ

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ, ४ असोज। गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद् घटनापछि हिमाली जिल्ला मुस्ताङको पर्यटनमा समेत असर परेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङको पर्यटकीय तथ्याङ्कअनुसार चालु वर्षको साउनको तुलनामा भदौमा मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन सङ्ख्या घटेको पाइएको हो । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडकमार्ग बाढी पहिरो र नदी कटानले साउन महिनामा दर्जनौँ पटक सडक अवरुद्ध हुँदासमेत मुस्ताङमा पर्यटकको आगमन उल्लेख रहे पनि रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन सङ्ख्या ह्वात्तै घटेको प्रहरीको तथ्याङ्कले देखाएको छ । प्रहरीका… पुरा पढौ

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी, ४ असोज. चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहण टोली आधार शिविर पुग्न थालेका छन् । धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ । ‘एठ के’, ‘सेभेन समिट’ र ‘फोरटिन पिक्स’ ट्रेकिङ कम्पनीमार्फत आरोहणका लागि आएका पर्वतारोहीहरूको टोली आधार शिविर पुगेका हुन् । आरोहण टोलीको समन्वय गर्नुभएका म्याग्दीका पर्यटनकर्मी इन्द्रसिङ शेरचनले शनिबारसम्म ३० जना विदेशी पर्वतारोही टोली आधार शिविर पुगेका जानकारी दिनुभयो । “आरोहण टोली हेलिकप्टरबाट सिधैँ आधार शिविरमा पुगेर शनिबार धार्मिक विधिअनुसार… पुरा पढौ

नाडाद्वारा बाढी पीडितहरुका लागि राहत सामग्री वितरण

काठमाडाैं, ३ असाेज । गत भाद्र १० गते नुवाकोट, टिमुरे र रसुवामा गएको भिषण वाढीबाट पीडित नागरिकहरुका लागि नाडाले प्रदान गरेको विभिन्न किसिमका राहत सामग्रीहरु हस्तान्तर गरिएकाे छ । आज असाेज ३ गते शनिबार नाडाका कोषाध्यक्ष पंकज अग्रवाल तथा सहकोषाध्यक्ष निलमणी पाठककाे नेतृत्वमा गएको नाडा प्रतिनिधिहरुले जिल्ला प्रशाशन कार्यालय नुवाकोटसंगको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालय, नुवाकोटलाई औपचारिक रुपमा हस्तान्तर गरिएकाे हाे। यसै सन्दर्भमा गत भाद्र १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीकाे नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले माननीय अर्थ मन्त्री स्वर्णिम… पुरा पढौ

विपद पछिको पुनर्निर्माणमा सार्वजनिक-निजी साझेदारी र एकीकृत आवास विकासमा जोड

काठमाडौं, ३ असोज। विपद्पछिको दिगो पुनर्स्थापना तथा पुनर्निर्माणका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) मार्फत एकीकृत आवास विकासलाई अघि बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७५ औं हीरक वर्षको अवसरमा नेपाल जग्गा तथा आवास विकास संघ एवं नेपाल जग्गा तथा आवास विकास महासंघको आयोजना र नेपाल चेम्बर अफ कमर्सको सह–आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नेपाल जग्गा तथा आवास र निर्माण एक्स्पो–२०८३’ अन्तर्गत शनिबार आयोजित प्यानल छलफलमा सहभागी वक्ताहरूले विपद जोखिम न्यूनीकरणलाई आवास तथा शहरी विकासको योजनासँगै जोड्नुपर्ने बताएका हुन्… पुरा पढौ

द क्लिफ समूहले ३ अर्ब लगानीमा धादिङको भन्ज्याङ पोखरीमा बन्जी निर्माण गर्ने

काठमाडौं, ३ असोज । पर्वतमा बन्जी संचालन गरिरहेको साहसिक पर्यटनमा नेपालको अग्रणी द क्लिफ समूहले धादिङको भन्ज्याङ पोखरीमा ३ अर्ब लगानीमा ३५६ मिटर अग्लो बन्जी निर्माण गर्ने भएको छ । क्लिफ समूहका अध्यक्ष राजु कार्कीका अनुसार प्रस्तावित बन्जी विश्वकै अग्लो बन्जीका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। प्रस्तावित उक्त परियोजनामा सितापाइला काठमाडौंबाट करिब आधा घन्टामा पुग्न सकिने बताइएको छ। काठमाडौं नजिकै धादिङमा निर्माण हुने यो परियोजनाले साहसिक पर्यटनमा नयाँ आकर्षण थप्ने अपेक्षा गरिएको द क्लिफका संचालक राजन कुमार जोशीले बताए… पुरा पढौ

चेम्बर अफ कमर्स र बृहतप्रेनर्सकाे सहकार्य: नँया उद्यमीलाई स्टार्टअपदेखि विस्तारसम्म सघाउने

काठमाडौं, ३ असोज । नयाँ व्यवसाय सुरु गर्ने तर त्यसलाई दिगो रूपमा सञ्चालन र विस्तार गर्न नसकेका नेपाली उद्यमीका लागि नेपाल चेम्बर अफ कमर्स र वृहतप्रेनर्सले सहकार्य थालेका छन् । स्टार्टअपलाई व्यावसायिक संरचना, विशेषज्ञ परामर्श, लगानी तथा बजारसँग जोड्दै विस्तारको चरणसम्म पु¥याउने उद्देश्यले दुई संस्थाबीच ‘उद्यमी संलग्नता कार्यक्रम’ सुरु गरिएको हो । भृकुटीमण्डपमा जारी ‘नवौँ नेपाल ल्याण्ड एन्ड हाउजिङ तथा कन्स्ट्रक्सन एक्स्पो–२०२६’ को अवसरमा आयोजित कार्यक्रममा चेम्बर र वृहतप्रेनर्सबीच औपचारिक सहकार्य घोषणा गरिएको हो । ‘नेपालमा व्यवसाय निर्माण स् सुरुवातदेखि… पुरा पढौ

राष्ट्रिय वाणिज्य बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने

काठमाडाैं, ३ असाेज। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदरमा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। सो कार्यका लागि बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति समेत पाएको छ। बैंकले ‘६ प्रतिशत आरबीबीएल ऋणपत्र २०८९’ नाममा उक्त ऋणपत्र निष्कासन गर्न विवरणपत्र प्रकाशनको अनुमति पाएको हो। नेपाल धितोपत्र बोर्डले २०८३ असार २ गते बैंकलाई ऋणपत्र जारी गर्ने स्वीकृति प्रदान गरेको हो। ऋणपत्र निष्कासनसम्बन्धी मुख्य विवरण: ऋणपत्रको नाम: ६ प्रतिशत आरबीबीएल ऋणपत्र २०८९ कुल निष्कासन रकम: रु. ३… पुरा पढौ

साताको शेयर बजार: नेप्सेमा साढे ३ प्रतिशतको वृद्धि, औसत कारोबार ६ अर्ब नाघ्यो

काठमाडाैं, ३ असाेज । यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.४३ प्रतिशत (८७.७३ अंक) ले बढेर २६४७.२२ विन्दुमा बन्द भएको छ। समग्र बजार परिसूचकसँगै दैनिक औसत कारोबार रकममा पनि करिब ५० प्रतिशतको उल्लेख्य सुधार आएको छ। बजार परिसूचक र कारोबार अवस्था कारोबार दिन: ५ कारोबार दिनमध्ये ४ दिन बजार उकालो लाग्यो भने १ दिन मात्र गिरावट आयो। सूचकहरू: सेन्सेटिभ इण्डेक्स ३.८५ प्रतिशत र फ्लोट इण्डेक्स ३.७८ प्रतिशतले बढे भने सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९९ अंकले उकालो लाग्यो। कारोबार रकम: गत… पुरा पढौ

साताभरि सुनको मूल्यमा तीव्र उतारचढाव: तोलामा २ हजार १०० रुपैयाँले बढ्यो

काठमाडाैं, ३ असाेज । पछिल्लो एक हप्ताको अवधिमा नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत भदौ २७ गते शनिबार प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको सुन, असोज २ गते शुक्रबारसम्म आइपुग्दा ३ लाख ३ हजार १०० रुपैयाँ पुगेको छ। साताभरिको मूल्य तालिका मितिप्रतितोला मूल्य (रु.)मूल्यमा आएको परिवर्तनभदौ २७ (शनिबार)३,०१,०००-भदौ २८ (आइतबार)३,०२,२००रु. १,२०० ले बढेकोभदौ २९ (सोमबार)३,०१,०००रु. १,२०० ले घटेकोभदौ ३० (मंगलबार)३,००,१००रु. ९०० ले घटेकोभदौ ३१ (बुधबार)३,०१,८००रु. १,७०० ले… पुरा पढौ