मुख्य समाचार

नेप्सेमा ४.१९ अंकको बृद्धि, ५ अर्ब ३२ करोडको कारोबार

काठमाडौं, ११ पुस । साताको शेयर कारोबार हुने पाँचौं दिन बिहिबार नेपाली शेयर बजार सकारात्मक बनेको छ । शेयर बजारको उकालोको यात्राले लगानीकर्ताहरु उत्साही भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ विन्दुमा पुगेको छ । नेप्सेमा ०.१५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.३० अंकले बढेर ४५१.४५ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ४ वटामा हरियो लागेको छ । बाँकी रहेका ९ वटामा रातो लागेको नेप्सेले जनाएको छ । यसदिन कुल ३१० कम्पनीहरुको शेयर कारोबार… पुरा पढौ

सूर्यदर्शन सहकारी ठगी प्रकरण: प्रतिवादीहरुको बयान जारी

पाेखरा, ११ पुस । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीलाई बयानका लागि अदालतमा गराइएकाेमा प्रतिवादी लीला पछाइको बयान जारी रहेको छ । उक्त मुद्दाका अर्का प्रतिवादी छविलाल जोशीको बयान मङ्गलबार सकिएपछि सोही दिनदेखि पछाइको बयान सुरु गरिएको थियो । बुधबार सार्वजनिक बिदाका कारण बयान रोकिएपछि आजदेखि पुनः उनको बयान सुरु भएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा उक्त मुद्दाका… पुरा पढौ

राष्ट्रियसभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल

चितवन, ११ पुस । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाले बिजनेस पाउन नसकेको बताएका छन् । आज स्थानीय तहका जनप्रनिधि र जिल्लाका विभिन्न कार्यालय प्रमुखहरुसँगको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष दाहालले सरकारले सदनलाई बिजनेस दिनुपर्नेमा जोड दिए । उनले भने, “कानुन निर्माणको काम पनि जनचाहनाअनुसार हुन सकेको छैन । बल्लबल्ल बनेका कानुनसमेत थन्किएर बसेका छन् ।” आवश्यक ऐन बनाउन नसकिएको अध्यक्ष दाहालले स्वीकार गरे। फरक प्रसङ्गमा उनले स्थानीय तहसँगको समन्वय सम्पर्क र संवादको सबै तहमा कमी भएको अनुभूति भएको बताए। सातै प्रदेशका प्रदेशसभा… पुरा पढौ

१२६ यात्रु बाेकेकाे सिचुवान एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

पोखरा, ११ पुस । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक सय २६ यात्रु लिएर अवतरण भएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर पोखरा महानगर, चिनियाँ दूतावास र ड्रागन बोट एशोसिएसनको आयोजनामा यही पुस १४ र १५ मा फेवा तालमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’मा सहभागी हुन आएका चार्टर उडानबाट चिनियाँ टोलीलाई पोखरा ल्याएको हो । चीन सरकारको अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन बोट फेस्टिभल भएको थियो । पुस १७ गते… पुरा पढौ

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का

काठमाडौं, ११ पुस । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गरिएकाे छ । नेपाल स्टक एक्सचेन्ज, नेप्सेले बिहीबार पुस ११ गतेदेखि बैंकको शेयर कारोबार रोक्का गरेको जनाएकाे छ । नेपाल राष्ट्र बैंकले बुधबार साे बैंकलाई समस्याग्रस्त घोषणा गरेको र अर्को व्यवस्था नभएसम्मका लागि बैंकको व्यवस्थापन आफ्नाे नियन्त्रणमा लिएको जनाएकाे थियाे । राष्ट्र बैंकका अनुसार कर्णाली डेभलपमेन्ट बैंकले न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशंका भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व… पुरा पढौ

बिहिबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर

काठमाडौं, ११ पुस । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ६ सयले बढेको छ । चाँदीको भाउ स्थिर रहेर कारोबार भईरहेको छ । छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो… पुरा पढौ

यी ४ कम्पनीकाे लाभांश सुक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, ११ पुस । आजसम्म चारवटा कम्पनीहरुकाे लाभांश सुक्षित गर्ने समय रहेकाे छ । नेप्सेमा सूचीकृत भएका आजसम्म लाभांश सुक्षित गर्नुपर्ने यी ४ कम्पनीहरु सर्वोत्तम सिमेन्ट, एचआइडीसीएल, सिद्धार्थ बैंक र ग्रीन भेन्चर्स रहेका छन् । उनीहरुमध्ये सर्वोत्तम सिमेन्ट, एचआइडीसीएलले साधारण सभा तथा लाभांश प्रयोजनका लागि भाेलि १२ गते बुक क्लोज हुने जनाएका छन् ।  सिद्धार्थ बैंक र ग्रीन भेन्चर्सले भने साधारण सभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज हुने बताएका छन् । पुस १२ र १३ गते शुक्रबार र… पुरा पढौ

वीरगञ्जबाट डिजेलकाे आयात घट्यो, पेट्राेल बढ्यो

वीरगञ्ज (पर्सा), ११ पुस । वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल पैठारी बढेको छ । चालु आर्थिक वर्षको पाँच महिनामा डिजेलको आयात एक दशमलव १३ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । सो अवधिमाराजस्व सङ्कलनमा पनि छ दशमलव ९१ प्रतिशतले गिरावट आएको छ । आव २०८१÷८२ को पाँच महिनामा ३२ अर्ब ३५ करोड २६ लाख ८८ हजारको तीन लाख ६६ हजार सात सय १९ किलोलिटर डिजेल आयात भएको थियो । गत आवको सोही अवधिमा भने रु ४०… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजकाे भाउ

काठमाडौं, ११ पुस । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ६३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ४७… पुरा पढौ

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

दैलेख, ११ पुस । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ प्रारम्भ भएको थियो । विभागका पेट्रोलियम परियोजना प्रमुख गणेश नाथ त्रिपाठीका अनुसार यसै महिना ड्रिलिङ सक्ने लक्ष्यका साथ काम भइरहेको छ । चिनियाँ… पुरा पढौ