मुख्य समाचार

साञ्जेन जलविद्युत् आयोजनाद्वारा व्यावसायिक उत्पादन सुरु

काठमाडौं, २ पुस । चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली व्यावसायिक रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको छ । सम्पूर्ण प्राविधिक परीक्षणलगायत काम सम्पन्न गरेर सोमबार साँझदेखि साञ्जेन जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा प्रवाह गरिएको हो । साञ्जेन जलविद्युत् आयोजनाले गत मङ्सिर ८ गतेदेखि परीक्षण उत्पादन गर्दै आएको थियो । रसुवाको आमाछोदिङ्मो–५ मा निर्माण भएको सो आयोजनाको क्षमता ४२ दशमलव पाँच मेगावाट रहेको छ । सबै प्राविधिक परीक्षण सम्पन्न गरी गत मङ्सिर ८ गते पहिलो युनिटबाट… पुरा पढौ

वार्षिक डेढ अर्ब डलरको मासु चीन निर्यात गर्न समझदारी

काठमाडौं, १ पुस । नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ अर्ब अमेरिकी डलरको राँगाभैँसीको मासु निर्यात गर्नेसम्बन्धी समझदारी भएको छ । आज आयोजित कार्यक्रममा नेपालको हिमालयन फुड इन्टरनेशनल र चीनको साङ्घाई जियान फुड कम्पनी लिमिटेडबीच सोसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीसँगै सो कम्पनीले पहिलो चरणमा वार्षिक उक्त मूल्य बराबरको मासु निर्यात गर्ने लक्ष्य राखेको छ । चीनमा वार्षिक २७ लाख मेक्टिक्टन मासु आयात हुने तथ्याङ्क छ । हिमालयन फुड इन्टरनेशनलको सहकार्यमा रु छ अर्ब लागतमा पूर्ण… पुरा पढौ

दिगो आर्थिक विकास र प्रकोप न्यूनीकरणका लागि चेम्बर र युएनडीपीबीच सम्झौता

काठमाडौं, १ पुस । नेपाल चेम्बर अफ कमर्श र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडीपीबीच दिगो विकास एवं निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि सहकार्यको सम्झौतामा हस्ताक्षर भएको छ । जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल र युएनडीपीका कार्यबहाक आवासीय प्रतिनिधि जुलिएन चेभिलार्डले हस्ताक्षर गरे । निजी क्षेत्रको क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकुलन, विपत् व्यवस्थापन एंव युनडिपीले तय गरेका विकास लक्ष्यलाई पूरा गर्न सहकार्य गर्नेगरी हस्ताक्षर भएको नेपाल चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्राकृतिक प्रकोपजन्य… पुरा पढौ

अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छः अर्थमन्त्री पौडेल

काठमाडौं, १ पुस । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन गरेको प्रयासले अर्थतन्त्रका सूचक सुधारोन्मुख रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सूचक सकारात्मक बन्दै गएको बताए । वर्तमान सरकारले अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधानका लागि निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक दिशामा फर्किएको बताए । सरकारले अर्थतन्त्रका समस्यालाई सुक्ष्म ढङ्गले विश्लेषण गरी समाधानका लागि एकएक कदम चाल्दै… पुरा पढौ

यी हुन् सरकारले गरेका १४ निर्णयहरु (सूचीसहित)

काठमाडौं, १ पुस । सरकारले अन्तराष्ट्रिस्तरको खेल प्रतियोगितामा विजयी तथा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र फिजियोका गरी ३५ जनालाई सम्मान गर्ने भएको छ । गत बिहीबार र शुक्रबारका मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एव् सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले अन्तर्राष्ट्रियस्तरको फुटबल, कराँते र बिच भलिबल प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक, व्यवस्थापक र फिजियाका ३५ जनालाई पुरस्कार तथा सम्मान गर्नका लागि स्वीकृति दिने निर्णय गरेको जानकारी दिए । सरकारले निर्माणाधीन नागढुङ्गा सुरुङमार्ग आयोजनाअन्तर्गत… पुरा पढौ

बेष्ट फाइनान्सको कामु प्रमुख कार्यकारी अधिकृतमा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त

काठमाडौं, १ पौष । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृतमा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त भएका छन् । फाइनान्सको सञ्चालक समितिको बैठककाे निर्णय अनुसार श्रेष्ठलाई २०८१ पौष १ गतेबाट लागु हुने गरि कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएकाे हो । बैंकिङ क्षेत्रमा १५ वर्षभन्दा बढिको अनुभव संगालेका श्रेष्ठ बेस्ट फाइनान्स आउनु अघि कावेली विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए भने हाल उनि फाइनान्सको सहायक महा प्रबन्धकको जिम्मेवारीमा थिए । फाइनान्सका सिईओ उमेशसिंह भण्डारीको कार्यकाल समाप्त भएपछि बोर्डले श्रेष्ठलाई कामु… पुरा पढौ

नेप्सेमा ५१.३७ अंकको गिरावट, करिब ६ अर्बको कारोबार

काठमाडौं, १ पुस । साताको शेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली शेयर बजार राताम्मै भएको छ । पछिल्ला दिनहरुमा नेप्सेमा भईरहेको ओरालोको यात्राले लगानीकर्ताहरु पर्ख र शेरको शवस्थामा रहेका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ विन्दुमा झरेको छ । नेप्सेमा १.९१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ६.९३ अंकले घटेर ४५१.२८ विन्दुमा रहेको छ । १३ वटै उपसमूहहरु सबै राताम्मै भएका छन् । यसदिन ३०४ कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको १ करोड… पुरा पढौ

चालु आर्थिक वर्षकाे ५ महिनामा २८ प्रतिशत राजस्व सङ्कलन

काठमाडौं, १ पुस । चालु आर्थिक वर्ष २०८१/८२ को शुरुआती पाँच महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । मङ्सिर मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको २८ प्रतिशत राजश्व उठाएको छ भने करिब ३० प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सरकारको विकास खर्च कमजोर देखिएको छ । चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा रू तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख विनियोजन भएकोमा हालसम्म ११ दशमलव ५८ प्रतिशत अर्थात् रू ४० अर्ब ८०… पुरा पढौ

लाभांश पारित गर्न शिवम् सिमेन्ट्सले डाक्याे एजिएम

काठमाडौं, १ पुस । लाभांश पारित गर्न शिवम् सिमेन्ट्स लिमिटेडले पुस २९ गते साधारणा सभा बाेलाएकाे छ । कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समिति बैठकले ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकाे थियाे । यस कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समिति बैठकले ८.५५ बोनस सेयर र कर तिर्न ०.४५ प्रतिशत नगद  लाभांश दिने निर्णय गरेको हो ।  कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने जानकारी गराएकाे छ । लाभांश पाउन र साधारणा सभामा भाग लिनका लागि पुस १६… पुरा पढौ

धौलागिरी लघुवित्तले यसपटक पनि लाभांश वितरण नगर्ने

काठमाडौं, १ पुस। धौलागिरी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । संस्थाले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने जनाएकाे हाे । संस्थाकाे सञ्चालक समितिको मंसिर २९ गते बसेकाे बैठकले साे लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले लाभांस वितरण नगर्ने भएपछि नेपाल राष्ट्र बैंकमा यसका बारेमा जानकारी पत्र पठाएकाे छ । धौलागिरी लघुवित्तले आर्थिक वर्ष २०७९–८० मा पनि लाभांश वितरण गरेको थिएन ।  पुरा पढौ