मुख्य समाचार

सुनकाे भाउमा सामान्य बृद्धि, चाँदीकाे स्थिर

काठमाडाैं, १ पुस । साताकाे सुनचाँदीकाे काराेबार हुने दाेश्नाे दिन साेमबार नेपाली बजारमा सुनकाे भाउ सामान्य तवरले बढेको छ । सुन ताेलामा रूपैयाँ ४ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ताेलामा रूपैयाँ ४ सयले बढेर ताेलाकाे १ लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार छापावाल सुन तोलाकाे १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहेर काराेबार भइरहेकाे छ । चाँदी तोलाकाे १ हजार… पुरा पढौ

महालक्ष्मी विकास बैंकले ७ प्रतिशत लाभांश दिने

काठमाडाैं, १ पुस । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ। बिकास बैंक सञ्चालक समितिको बैठकले आव २०८०/८१ सम्मको मुनाफाबाट हाल कायम चुक्तापूँजीको ३ प्रतिशत बोनस सेयर, ४ प्रतिशत नगद लाभांशसहित कुल ७ प्रतिशत लाभांश दिने निर्णय गरेको हाे।   उक्त लाभांश बैककाे आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाइ प्रदान गरिनेछ । पुरा पढौ

पेट्रोलको भाउ बढ्यो, डिजेल र मट्टितेलको घट्यो

काठमाडाैं, १ पुस । नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ। डिजेल र मट्टितेलको मूल्य भने घटाएको छ । निगमले मंसिर ३० गते राति १२ बजेदेखि लागू हुनेगरी  पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको हो।  डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटेको छ ।   इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलको मूल्य प्रतिलिटर २.२८ रुपैयाँ बढेको र डिजेलमा प्रतिलिटर १.४८ रुपैयाँ घटेकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।   यससँगै पहिलो वर्गका लागि पेट्रोलको मूल्य प्रतिलिटर १५९.५० रुपैयाँ, दोस्रो… पुरा पढौ

काठमाडौं महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको निधन, कामपामा आज शोक बिदा

काठमाडौं, १ पुस । काठमाडौं महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको आज निधन भएकाे छ । सिंहको निधनमा महानगरले आज शोक बिदा दिएको छ । उनको ८७ वर्षका उमेरमा उपचारका क्रममा आज विहान निधन भएको थियो । कामपाको सहायक प्रवक्ता धुव्रकुमार काफ्लेले पूर्व मेयर सिंहको निधनमा कामपाको केन्द्रीय कार्यालय र मातहतको सबै वडा कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द गरी शोक बिदा दिने निर्णय गरेको जानकारी दिए । पुरा पढौ

युरो, रियाल, दिनार बढ्याे, पाउन्ड स्टर्लिङ, अष्ट्रेलियन, क्यानेडियन र सिङ्गापुर डलरकाे भाउ घट्याे

काठमाडौं, १ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दर अनुसार, युरोपियन युरो, साउदी अरेबियन रियाल, कुवेती दिनार, बहराइन दिनारलगायतको मूल्य बढेको छ । त्यसैगरी युके पाउन्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरलगायतको भने भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ९७ पैसा कायम भएको… पुरा पढौ

लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा आज कालो दिवस मनाइँदै

काठमाडौं, १ पुस । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रुपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहनुभएका तत्कालीन प्रधानमन्त्री बिपी लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो । सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले… पुरा पढौ

नेपाल पत्रकार महासङ्घको अध्यक्षमा शर्मा निर्वाचित

काठमाडौं, १ पुस । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् । महासङ्घको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित भइन्। उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले तीन हजार दुई सय तीन मत प्राप्त गरे। अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले दुई सय ७० र लालसिंह लामाले ९६ मत प्राप्त गरे। वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले चार हजार दुई सय ३० मत प्राप्त गरी निर्वाचित हुँदा निकतम प्रतिस्पर्धी रोशन पुरीले… पुरा पढौ

देशलाई सुकृतितर्फ लैजान अहिलेको सरकार : प्रम ओली

काठमाडौं, ३० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको स्पष्ट गरेका छन् । ज्यापु संस्कृति विकास कोषद्वारा आज वसन्तपुरमा आयोजित २१औँ राष्ट्रिय ज्यापु दिवसमा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई धरापमा पार्ने र परिवर्तनमा योगदान गरेका दललाई अनावश्यक भ्रम फैलाएर बद्नाम गर्ने कोशिस भएकाले ठूलाठूला दलको सहकार्यमा सरकार बनेको बताए। यो सरकार केबल सरकार बनाउनका लागि नभई मुलुकका समृद्धि र स्थिरताको यात्रालाई अगाडि बढाउन गठन… पुरा पढौ

मानसिक स्वास्थ्यले ल्याएको जटिलता (विचार)

काठमाडौं, ३० मङ्सिर । नेपाली समाजमा मानसिक रोग लागेका व्यक्तिले समयमै उपचार पाउनेभन्दा पनि अपहेलनामा पर्ने सम्भावना बढि छ । यो दुःखको विषय हो । शारीरिक रुपमा कुनै चोटपटक लाग्यो वा बिमारी भयो भने अवस्थाअनुसार अस्पताल लैजाने, मेडिकल जाने, नजिकको स्वास्थ्य संस्थामा पुग्ने र उपचार प्राप्त गर्ने गरिन्छ । कुनैकुनै अवस्थामा ग्रामीण क्षेत्रमा झारफुक गर्ने, लामा झाँक्रीको सहयोग लिने काम पनि हुन्छ । थाहा पाउने छिमेकीहरु पनि सहयोग गर्न तत्पर हुन्छन् । अस्पतालमा भर्ना भएको वा शल्यक्रिया भएको वा केही… पुरा पढौ

तनहुँ जलविद्युतकाे १ हजार ४९३ मिटर सुरूङकाे ‘ब्रेक थ्रु’

तनहुँ, ३० मङ्सिर । तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक) बाट सुरू भई पेनस्टक पाइप रहने स्थानसम्मको एक हजार चार सय ९३ मिटर लामो सुरूङ ‘ब्रेक थ्रु भएकाे छ । मुख्य सुरूङबाट गएको पानीलाई दुई सय १३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युतगृहमा खसाली विद्युत् उत्पादनका लागि कङ्क्रिट लाइननिङ कार्य भइरहेको छ । उक्त कार्यका लागि पेनस्टक पाइप जडानकार्य अन्तिम चरणमा पुगेको आयोजनाका सञ्चारविज्ञ सचिन गौतमले जानकारी दिएका छन । आयोजनाको सुरूङ, विद्युतगृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल… पुरा पढौ