मुख्य समाचार

माथिल्लो तामाकोशी सञ्चालनमा नआएसम्म औद्योगिक क्षेत्रमा विद्युत् कटौती

काठमाडौं, २ पुस । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पुनःसञ्चालनमा नआउँदासम्म औद्योगिक ग्राहकका लागि साँझको समयमा विद्युत् कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । राष्ट्रिय प्रसारण लाइनमा जोडिएका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको उत्पादन बन्द हुँदा हिउँदयाममा विद्युत् व्यवस्थापन गर्न कठिनाइ भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । माग व्यवस्थामा समस्या हुँदा विद्युत् बढी खपत हुने साँझको समय (पिक आवर)मा औद्योगिक ग्राहकका लागि विद्युत् आपूर्ति… पुरा पढौ

चिलिमे जलविद्युतले १२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, २ पुस । चिलिमे जलविद्युत कम्पनीले १२ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ । गत आर्थिक वर्षको नाफाबाट कम्पनीले कुल १२ प्रतिशत लाभांश दिने निणर्य गरेको हो । कम्पनीको हिजाे पुस १ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद लाभांश (बोनश शेयरमा लाग्ने कर सहित) कुल १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । याे लाभांस कम्पनीकाे अागामी साधारण सभाले पारित गरेपछि मात्रै बितरण गरिने चिलिमे जलविद्युत कम्पनी ब्यबस्थापनले जनाएकाे छ । पुरा पढौ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुर्ण रूपमा सञ्चालन गर्न व्यवसायीकाे माग

भैरहवा, २ पुस । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक अन्तर्राष्ट्रिय उडान अवतरण भएसँगै खुसी भएका यहाँका पर्यटन व्यवसायीलाई अहिले सेवाको निरन्तरताको प्रश्नले सताएको छ । विमानस्थल निर्माण थालेसँगै लगानी बढाएका यहाँका पर्यटन व्यवसायीलाई अहिले विमानस्थल पूर्णरुपमा सञ्चालन हुन्छ कि हुँदैन भनी चिन्तित तुल्याएको छ । निर्माण सम्पन्न भएको झण्डै साढे दुई वर्षपछि सो विमानस्थलबाट दैनिक पाँच वायु सेवा प्रदायकले विभिन्न गन्तव्यमा उडान भरेकामा अहिले उडान स्थगन गरेका छन् । हाल राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले मात्रै भैरहवाबाट दैनिक एक… पुरा पढौ

नेपाल बैंकर्स संघको अध्यक्षमा निर्विरोध भए कोइराला

काठमाडौं, २ पुस । वाणिज्य बैंकहरूमा कार्यरत प्रमुख कार्यकारी अधिकृतहरूकाे संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध भएका छन् । प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अध्यक्षमा दिएकाे उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध भएका हुन। अध्यक्षमा निर्विरोध भएका कोइराला माछापुच्छ्रे बैकका प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारीमा छन । संघको वार्षिक साधारण सभा भाेलि बुधबार हुदैछ । साे सभाले कोइरालालाई औपचारिक रुपमा अध्यक्षको निर्विरोध चयन भएकाे घोषणा गर्नेछ । बैंकर्स संघमा अध्यक्षको कार्यकाल २ वर्षको हुनेछ। हाल नेपाल बैंकर्स संघको अध्यक्षमा… पुरा पढौ

हिमालयन बैंक र मुक्तिनाथ विकास बैंकले लाभांश नदिने

काठमाडाैं, २ पुस । हिमालयन बैंक र मुक्तिनाथ विकास बैंकले यस पटक लाभांश नदिने भएका छन। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएका हुन् । दुबै बैककाे सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने तथा यसका बारेमा बैंककाे वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको बताइएकाे छ । गत आर्थिक वर्षसम्मकाे वितरणयोग्य मुनाफा, लाभांश वितरण नगरेर सञ्चित मुनाफा खातामा राख्ने निर्णय गरेकाे जनाएकाे छ । पुरा पढौ

आज सुनको भाउमा सामान्य बृद्धि, चाँदीको स्थिर

काठमाडौं, २ पुस । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २ सयले बढेको जनाएको छ । चाँदी शुक्रबारकै भाउमा कारोबार भईरहेको छ । छापावाल सुनमा यसदिन रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।सोमबार छापावाल सुन तोलाको १ लाख ५१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको… पुरा पढौ

शिवसताक्षीका ४ वडालाई ‘नुनिया धान पकेट क्षेत्र’ घोषणा

झापा, २ पुस । परम्परागत धानको संरक्षणमा शिवसताक्षी नगरपालिका जुटेको छ । पालिकाले चार वडालाई लोपोन्मुख नुनिया धानको पकेट क्षेत्र घोषणा गरेको छ । अन्य धानभन्दा ढिलो र थोरै फल्ने भएकाले किसानले विगतमा खेती गर्न छाडेका कारण कालो नुनिया लोपोन्मुख अवस्थामा पुगेको हो । मिठो स्वाद र सुगन्धका कारण नुनिया धान महँगो मूल्यमा बजारमा बिक्री हुन्छ । शिवसताक्षी वडा नं ७ मा रहेको कञ्चन जैविक विविधता संरक्षण विकास समितिसँग सहकार्य गरेर नगरपालिकाले नुनिया लगायत परम्परागत धानको बीउ संरक्षण र खेतीका… पुरा पढौ

लाभांश पारित गर्न साना किसान लघुवित्तले डाक्याे एजिएम

काठमाडाैं, २ पुस । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लाभांशकाे प्रस्ताव पारित गर्न साधारण सभा डाकेकाे छ। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हाे । लघुवित्त २३ औँ वार्षिक साधारण सभा पुस २३ गते कृषि विकास बैंक, केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान १० बजे बाेलाइएकाे छ। सभामा हाल कायम रहेकाे चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र तथा कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांशसहित १४ प्रतिशत लाभांश… पुरा पढौ

अमेरिकी डलर, पाउन्ड स्ट्रलिङ बढ्याे, युरोकाे भाउ घट्याे

काठमाडौं, २ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकन डलरको मूल्य लगातार उकालो लाग्दै गएको देखिन्छ । अमेरिकी डलर, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, क्यानेडियन डलर, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम कुवेती दिनार, साउथ कोरियन वन, स्विडिस क्रोनरलगायतको मूल्य बढेको छ । यस्तै, युरोपियन युरोको भने भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३५… पुरा पढौ

बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका

दमौली (तनहुँ), २ पुस । जिल्लाको बन्दीपुर गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष २०२५ सफल बनाउन प्रचारप्रसार र प्रवर्द्धन सुरु गरेको छ । बन्दीपुर भ्रमण वर्ष सफल पारी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पालिकाले अभियान सञ्चालन गरेको हो । गाउँपालिकाको नेतृत्वमा काठमाडौँमा विभिन्न सङ्घसंस्था, प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट गरी भ्रमण वर्ष सफल बनाउन छलफल गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द थापाले बताए । पालिकाका अध्यक्ष थापाको नेतृत्वमा उपाध्यक्ष पञ्चमाया गुरुङ, पर्यटन शाखा प्रमुख सुरज भट्टराई, बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैश गुरुङ, राजु बानियाँलगायत प्रतिनिधिको… पुरा पढौ