मुख्य समाचार

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? पहिले भाउ बुझ्नुस्

काठमाडौं, २४ मङ्सिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ५४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ३० र बिक्रीदर एक सय ७३ रूपैयाँ ०७ पैसा, स्वीस फ्रयाङ्क… पुरा पढौ

लाभांश पारित गर्न शाइन रेसुङ्गा बैंकले डाक्याे एजिएम

काठमाडौं, २४ मङ्सिर । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांशकाे प्रस्ताव पारित गर्न साधारण सभा डाकेकाे छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत लाभांशकाे प्रस्ताव पारित गर्न साधारण सभा बाेलाएकाे हाे । बैंकले सोह्रौँ साधारण सभा पुसकाे १९ गते ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल, प्रा.लि., मणिग्राम, रुपन्देहीमा बाेलाएकाे छ ।सभा साे दिन पूर्वान्ह ११ बाेलाइएकाे छ। सभाबाट ३ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांशसहित ८ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन हुनेछ । सभामा… पुरा पढौ

नागरिक लगानी कोष र तल्लो इर्खुवा जलविद्युतबीच सम्झौता

काठमाडौं, २४ मङ्सिर । नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्तकुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदीले हस्ताक्षर गरेका हुन्। इर्खुवा हाइड्रोले प्रति सेयर रु एक सयका दरले २८ लाख पाँच हजार सात सय ५० कित्ता बापतको रु २८ करोड पाँच लाख ७५ हजार बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले छ महिनासम्म रहने छ… पुरा पढौ

एडीबीको सहयोग निरन्तर हुनेमा आशावादी छौं : अर्थमन्त्री पौडेल

काठमाडौं, २४ मङ्सिर । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालको ऊर्जा क्षेत्रमा सहयोग पु¥याएका एसियाली विकास बैंक (एडीबी) लाई धन्यवाद दिँदै आगामी दिनमा सहयोग निरन्तर हुनेमा आशावादी रहेको बताएका छन् । फोटो पत्रकार क्लब (पीजे क्लब) ले एसियाली विकास बैंकसँगको सहकार्यमा आयोजना गरेको फोटो प्रदर्शनीपछि आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले फोटो प्रदर्शनीले नेपाल सरकार र एडीबीबीच ५० वर्षे सहकार्यमा नेपालको ऊर्जा क्षेत्रमा भएका विकासलाई दृश्यमार्फत प्रस्तुत गरिएको र प्रदर्शनीले नेपालको ऊर्जा विकासमा एडीबीको भूमिकालाई स्पष्ट पारेको उल्लेख गरे । हाइड्रो… पुरा पढौ

महासंघमा ढकालको डेढ वर्ष: लगानी प्रवर्द्धन र नीतिगत सुधारमा निरन्तर पैरवी

काठमाडौं, २४ मंसिर । नयाँ कार्य समितिले कार्यभार सम्हालेकै भोलीपल्ट निजी क्षेत्रलाई पनि अख्तियार दुरुपयोग अनुसन्धानको दायरामा ल्याउने गरि राष्टिय सभाले कानुन पारित गरेको समाचार आएको थियो । यो निजी क्षेत्रलाई दुरगामी असर पर्ने र लगानीलाई नै प्रभावित गर्न सक्ने व्यवस्थामा संसदको माथिल्लो सदनले अनुमति दिएको घटना थियो । त्यसपछि महासंघ नेतृत्वले तत्काल संसदको सबैभन्दा ठूलो दलका मुख्य सचेतक तत्कालीन प्रमुख सचेतक रमेश लेखकसंग छलफल गरे । तत्काल कांग्रेस संसदीय दलले संसद सचिवालयमा छलफल राखेर निजी क्षेत्रका प्रमुख संस्थाहरुलाई बोलायो… पुरा पढौ

एनएमबि बैंकका सेयरधनीले यसपटक लाभांश नपाउने

काठमाडाैं, २४ मंसिर । एनएमबि बैंक लिमिटेडले यसपटक सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । गत शुक्रबार बसेको बैंककाे सञ्चालक समितिको बैठकले याे निर्णय गरेको हो ।  बैककाे यस किसिमकाे निर्णयले सेयरधनीहरुलाई निराश बनाएकाे छ ।  बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणबाट लाभांश वितरण नगर्ने र सोही बमोजिमकाे वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय समेत गरेको बताइएकाे छ । पुरा पढौ

शेयर बजार राताम्मै, कारोबार ७ अर्ब ४६ करोडमा सिमित

काठमाडौं, २३ मंसिर । साताको शेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली शेयर बजार राताम्मै भएको छ । शेयर बजारमा केहि दिनदेखिको गिरावटले फेरि लगानीकर्तालाई पर्ख र हेरको अवस्थामा पुर्याएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६८९ विन्दुमा झरेको छ । नेप्सेमा १.६७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ६.९६ अंकले घटेर ४५७.४ विन्दुमा रहेको छ । यसदिन १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । कुल ३२१ कम्पनीहरुको शेयर कारोबार भएके छ । उनीहरुको १ करोड… पुरा पढौ

स्वास्थ्यकर्मीहरुको सुरक्षामा बढ्दो चुनौती (विचार)

काठमाडौं, २३ मङ्सिर । जहाँ स्वास्थ्यकर्मी हुन्छन्, त्यहाँ स्वास्थ्य संस्था हुन्छ र बिरामी वा सेवाग्राही उपचारका लागि जान्छन् । रोगको परीक्षण, पहिचान, निदान र स्वास्थ्य उपचारका लागि एक अनिवार्य शर्त स्वास्थ्यकर्मीको उपस्थिति हुनु हो । त्यसैले स्वास्थ्यकर्मीहरु स्वास्थ्य संस्थाको मरुदण्ड मात्रै हैनन्, मुख्य पात्र र अभिन्न अङ्ग नै हुन् । स्वास्थ्यकर्मीहरू हाम्रो समाज, सेवाग्राही, बिरामी, उनीहरुका परिवार र स्वास्थ्य संस्थाहरुका लागि धेरै अर्थमा नायकहरू हुन् । हाम्रो समाजका यिनै नायक स्वास्थ्यकर्मीहरु बिरामीको सेवामा अनवरत रुपमा चौबिसै घण्टा खटी हरेक सेवाग्राहीका… पुरा पढौ

मानवसेवा आश्रम र व्यावसायिक कम्प्लेक्स उद्घाटन गर्न प्रधानमन्त्री ओली झापामा

झापा, २३ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आउनुभएको छ । विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा झापा आएका प्रम ओलीलाई चन्द्रगढी विमानस्थलमा कोसी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई, एमालेका कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले स्वागत गरे। उनले आजै मेचीनगर नगरपालिका–४ मा १९औँ शाखाका रुपमा स्थापना गरिएको मानवसेवा आश्रम र दमक नगरपालिका–३ दापगाछीमा नवनिर्मित दमक व्यावसायिक कम्प्लेक्सको उद्घाटन गर्ने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए। प्रजिअ बाँस्तोलाका अनुसार व्यावसायिक कम्प्लेक्स उद्घाटन कार्यक्रममा उपप्रधान… पुरा पढौ

सुनचाँदीको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

पोखरा, २३ मंसिर । साताको सुन चाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ४ तथा चाँदीमा रुपैयाँ २५ ले घटेको जानकारी गराएको छ । छापावाल सुनमा रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ २५ ले घटेको छ… पुरा पढौ