मुख्य समाचार

सिँचाइमा सहुलियत ऋण ११० र १५ मिलियन अमेरिकी डलर अनुदान लिदै सरकार

काठमाडौं, १६ मङ्सिर । यही मङ्सिर १० र १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु आज सार्वजनिक गरिएका छन् । मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाल सरकार र गणतन्त्र फिनल्याण्डबीच हुने ‘फिनल्याण्डको सार्वजनिक लगानी सुविधा योजनाअन्तर्गत वित्त परिचालन हुने परियोजना’ विषयक खाका सम्झौता स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए। “प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको लागि प्रतिवद्धता प्राप्त भएको रकममा खर्च हुन बाँकी… पुरा पढौ

११ महिनामा साढे १० लाख विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं, १६ मङ्सिर । सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भएर १० लाख ५५ हजार पाँच सय ३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । उक्त तथ्याङ्क अनुसार सन् २०२४ मा १३ लाख १५ पर्यटक स्वागत गर्ने लक्ष्य हासिल गर्न कठिन हुने देखिएको छ । सन् २०२४ अन्त्य हुन अब एक महिना मात्र बाँकी छ । डिसेम्बरमा करिब ७० हजार… पुरा पढौ

अब फार्मेसीमा पोशाक अनिवार्य, औषधी बिक्रीमा देखिएकाे बेथिति नियन्त्रण गर्न मन्त्रालयले सघाउने

काठमाडौं, १६ मंसिर । नेपाल फार्मेसी परिषदले पुष ४ गतेबाट लागू गर्न लागेको फार्मेसीमा अनिवार्य पोशाकको व्यवस्था लागू गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सघाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यसअघि नै फार्मेसीलाई व्यवस्थित गर्नका लागि आवश्यक तयारी गर्न परिषदलाई भनेका थिए । परिषदले पहिलो चरणमा फार्मेसिष्टको पहिचान खुलाउन पोशाक अनिवार्य गर्ने निर्णय गरेको हो । परिषदले आगामी पुष ४ गतेबाट लागू हुने गरी गत मंसिर ४ गते फर्मासिष्ट तथा सहायकका लागि सेतो एप्रोनसहितको पोशाक र परिचय अनिवार्य गर्ने… पुरा पढौ

नवनियुक्त राजदूतहरुद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं, १६ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा विभिन्न मुलुकका लागि नियुक्त नेपाली राजदूतहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन्। संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, सङ्घीय गणतन्त्र जर्मनीका लागि डा. शैल रूपाखेती, साउदी अरेबिया अधिराज्यका लागि डा. नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादवले सपथ लिए । साे उक्त अवसरमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो । पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट, पौने ९ अर्बको कारोबार

काठमाडौं, १६ मंसिर । साताको शेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९.९९ अंकले घटेर २७३८.०६ विन्दुमा झरेको छ । नेप्सेमा ०.३६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.२० अंकले घटेर ४७३.३० विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहहरुमध्ये ३ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १० वटा उपसमूहहरुमा रातो लागेको छ । कुल ३१४ कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको १ करोड ६७… पुरा पढौ

भारत र चीनबाट पर्यटक भित्र्याउन ‘नाईस-२०२५’ गरिँदै

काठमाडौं, १६ मङ्सिर । पर्यटन प्रवर्द्धन गरी छिमेकी मूलुक भारत र चीनबाट धेरै भन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यले संयुक्त रुपमा ‘नेपाल इन्डिया चाइना एक्सपो (नाईस–२०२५)’ गरिने भएको छ । आगामी फागुन १२ देखि १४ सम्म पोखरामा उक्त एक्सपो (मेला) आयोजना गरिएको प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले जनाएको छ । आयोजक पाटाका अनुसार एक्स्पोका लागि नेपाल पर्यटन बोर्ड, उद्योग तथा पर्यटन मन्त्रालय (गण्डकी प्रदेश), पोखरा महानगरपालिका, पोखरा टुरिजम काउन्सिल र अन्य प्रमुख पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाको सहकार्य हुने छ ।… पुरा पढौ

आइपीओ ल्याउने तयारीमा ४ लघु बिमा कम्पनी

काठमाडौं, १६ मंसिर । बिभिन्न् ४ वटा लघु बिमा कम्पनीले शेयर (आइपीओ) खुलाउने तयारी गरिरहेका छन । शेयर जारीकाे तयारी गर्ने कम्पनीहरुमा गार्डियन माइक्रो लाइफ, क्रेस्ट माइक्रो लाइफ, नेपाल माइक्रो र प्रोटेक्टिभ माइक्रो इन्स्याेरेन्स रहेका छन्। ४ मध्ये गार्डियन माइक्रो लाइफको शेयर सेबाेनले स्वीकृत गरिसकेकाे छ । कम्पनीले पहिलो चरणमा  मंसिर १९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर खुलाउने भएकाे छ । उता क्रेस्ट माइक्रो लाइफ, नेपाल माइक्रो र प्रोटेक्टिभ माइक्रो इन्स्याेरेन्सले शेयर खुलाउनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन्… पुरा पढौ

सहकारी पीडितका समस्या समाधान गर्न कानुन संशोधन गरिँदै

काठमाडौं, १६ मङ्सिर । सरकारले सहकारी पीडितका माग पूरा गर्न मौजुदा कानुनलाई चाँडै संशोधन गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस क्षेत्रको समस्या समाधान गर्न विद्यमान कानुनमा अपुग भएका ऐन, नियम, कार्यविधि बनाएर कानुन परिमार्जनको प्रक्रिया सुरु गरेको हो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेशप्रसाद भट्टका अनुसार परिमार्जित विधेयक मन्त्रिपरिषद्मा पठाइने र त्यसलाई सरकारले अध्यादेशमार्फत जारी गर्ने तयारी छ । कर्जा सूचना केन्द्र, बचत तथा सुरक्षण कोष, बचत तथा ऋण असुली न्यायाधीकरण र नियामक निकायलाई आवश्यक… पुरा पढौ

स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु

गोलबजार(सिरहा), १६ मङ्सिर । सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल– भारत सीमा नजिकै बडियारपट्टी–१ कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको आज बिहान मृत्यु भएको हो । भित्री सडकमा आज बिहान ३ बजेतिर जाँच गर्ने क्रममा स्कोरपियोले ठक्कर दिँदा यादव घाइते भएका थिए। घाइते यादवलाई तत्काल उपचार गराउन रामकुमार उमापसाद स्मारक प्रादेशिक अस्पताल लहान लगे पनि अस्पताले मृत घोषणा गरेको प्रहरीले जनाएको छ… पुरा पढौ

यस्तो छ राष्ट्र बैंकले आज तोकेको विदेशी मुद्राको भाउ

काठमाडौं, १६ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज विदेशी मुद्राको विनिमय दर स्थिर रहेको छ । राष्ट्र बैंकले भारतीय मुद्रा १ सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रिदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । यो दर अर्को व्यवस्था नभएसम्मका लागि एउनै रहनेछ । भारतसंग नेपालको विनिमय दर स्थिर कायम गरिएकोले सधैं एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३४.८८ पैसा बिक्रिीदर १३५ रुपैयाँ ४८ पैसा रहेको… पुरा पढौ