मुख्य समाचार

विप्रेषण ११.५ प्रतिशतले वृद्धि, व्यापार घाटा चार प्रतिशतले कमी

काठमाडौं, १५ मङ्सिर । चालु आर्थिक बर्षको तीन महिनामा मुलुकको व्यापार घाटा चार प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कुल वस्तु निर्यातमा छ दशमलव एक प्रतिशतले कमी आई रु ३८ अर्ब ३८ करोड कायम भएको छ । यस्तै, वस्तु आयातमा चार दशमलव दुई प्रतिशतले कमी आई रु तीन खर्ब ९० अर्ब ७५ करोड कायम भएको छ । गत वर्षको तुलनामा व्यापार घाटामा चार प्रतिशतले गिरावट आई रु तीन खर्ब ५२ अर्ब ३७ करोड रहन गएको छ ।… पुरा पढौ

काठमाडाैंका यी स्थानमा आज विद्युत् कटौती

काठमाडौं, १५ मङ्सिर । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरेर महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली काटिने जनाएको छ । प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रको बसुन्धरा फिडरअन्तर्गत पर्ने बाँसबारी, चक्रपथ, सामाखुसी, टोखा रोड, ग्रीनल्याण्ड चोक, ग्राण्डी अस्पताललगायतका स्थानमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म लाइन काटिने छ । ती स्थानमा प्राधिकरणको केवल लाइन विस्तार र मर्मतलगायतका काम गर्नुपर्ने भएकाले लाइन काटिन लागेको हो । ती स्थानमा लाइन… पुरा पढौ

आज बालाचतुर्दशी-देशभरका शिवालयमा शतबीज छरिँदै

काठमाडौं, १५ मङ्सिर । मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ । पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकै पुगेर शतबीज छर्ने काम समापन गरिने पशुपति क्षेत्र विकास कोषले सार्वजनिक गरेको शतबीजारोपण मार्गमा उल्लेख छ । रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा… पुरा पढौ

बुद्ध शिक्षाको प्रचारक र अनुयायी हुनुपर्छ : प्रधानमन्त्री ओली

लुम्बिनी, १४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन तथा शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गरेका छन्। लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त तथा २०औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री ओलीले सबै सुखी होउन् भन्ने बुद्धका सन्देशको अर्काे रुप नै आफूहरुले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा भएकाले यसलाई पूरा गर्न सबैमा आग्रह गरे । अभिभावको लगानी, माया र मेहनतबाट दीक्षित हुने अवस्थासम्मको सफलता प्राप्त गरेकामा अभिभावक र… पुरा पढौ

मंसिर २३ देखि २७ सम्म पाेखरामा ९औं पर्वतीय महोत्सव हुने

पोखरा, १४ मंसिर । नेपाल पर्वतारोहण संघ र अन्तराष्ट्रिय पर्वतीय संग्रहालय पोखराले अन्तराष्ट्रिय पर्वतीय दिवशको अवसरमा पर्वतीय महोत्सव आयोजना गर्न लागेका छन् । घारीपटनस्थित अन्तरष्टिय पर्वतीय संग्रहालयमा मंसिर २३ देखि २७ गतेसम्म ५ दिने ९ औं पर्वतीय महोत्सवद आयोजना गर्न लागिएको आज संग्रहालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । संग्रहालयका प्रशासकीय अधिकृत जिनेश सिन्धराकारले महोत्सवमा इसिमोड, ढब्लुडब्लुएफ, एफएओ, नेपाल टेलिकम, एक्याप, बर्ड कन्जरभेसन नेपाल लगायतका संघ, संस्थाहरुसंगको सहकार्यमा आयोजना गर्न लागिएको जानकारी दिए । महोत्सवकाे अवसरमा संग्रहालयमा दैनिक छलफल… पुरा पढौ

लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित

लुम्बिनी, १४ मङ्सिर । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा दुई सय ८९ विद्यार्थी दीक्षित भएका छन् । विद्यावारिधिसहित विभिन्न सङ्कायका विद्यार्थी आज प्रधानमन्त्री एवं सो विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट दीक्षित भएका हुन्। सो अवसरमा प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गरे। ललितपुरमा जन्मिएकी ९१ वर्षीया गुरुमाले बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा दिएको अतुलनीय योगदानप्रति सम्मान गर्दै आजै सम्पन्न १७औँ विश्वविद्यालयसभाले गुरुमालाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो । यसैगरी प्रधानमन्त्री ओलीले पाँच जनालाई विद्यावारिधिको… पुरा पढौ

कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छः अर्थमन्त्री पौडेल

भैरहवा (रुपन्देही), १४ मङ्सिर । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कालीगण्डकी–तिनाउ डाइभर्सन योजना अगाडि बढाउने बताएका छन्। लुम्बिनी प्रदेशको विकासका लागि महत्वपूर्ण रहेको कालीगण्डकी–तिनाउ डाइभर्सन अगाडि बढाउन अदालतले बाटो खोलिदिएकाले अब छिट्टै काम अघि बढ्ने उनको भनाइ थियो । भैरहवामा रहेको लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिसर्च सेन्टर श्री रण अम्बिका आँखा अस्पतालको ४२औँ अस्पताल स्थापना दिवस समारोह तथा आधुनिक शल्यक्रिया भवन शिलान्यास कार्यक्रममा अर्थमन्त्री पौडेलले यस क्षेत्रकै लागि महत्वपूर्ण रहेको योजनाको डिपिआर निर्माणकै क्रममा केही पक्षले मुद्दा हालेकोमा… पुरा पढौ

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्ण पाठ)

काठमाडौं, १४ मंसिर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेकाे छ । याे पहिलो त्रैमासिक समीक्षामा नीतिगत तथा बैंकदरमा परिवर्तन गरिएकाे छैन। विद्यमान नीतिगत दर ५ प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर ३.०० प्रतिशत तथा माथिल्लो सीमाको रुपमा रहेको बैंकदर ६.५ प्रतिशतलाई यथावत राखिएको छ । साथै अनिवार्य नगद मौज्दात र वैधानिक तरलता रेसियाे पनि यथावत रहेकाे छ ।  मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्ण पाठ) 638684724613968648Download पुरा पढौ

सुनमा रु १६ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

काठमाडौं, १४ मंसिर । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १६ सय तथा चाँदी रुपैयाँ ४५ ले बृद्धि भएको जनाएको छ । आज छापावाल सुनमा रुपैयाँ १६ सयले बढेर तोलाको १ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ ४५ ले बढेर तोलाको… पुरा पढौ

वर्ल्डलिङ्कले ल्यायाे फिनल्यान्डबाट १ करोड युरो लगानी

काठमाडौं, १४ मंसिर । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी र देशकै अग्रणी आईसीटी कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडमा फिनल्याण्डको सरकारी फण्डिङ्ग कम्पनी फिनफण्डले १ करोड युरो लगानी गरेको छ। फिनफण्डको लगानी विद्यमान फाइबर नेटवर्क बिस्तार गर्न प्रयोग गरिनेछ। नेपालमा झन्डै आधा जनसंख्या अझै पनि ब्रोडब्यान्ड इन्टरनेटको पहुँचबाट वञ्चित छन् र शहरी र ग्रामीण क्षेत्रहरूमा उल्लेखनीय असमानता छ, यसको लागि विश्वस्तरीय डाटा सेन्टरले नेपालको कनेक्टिभिटीमा सुधार र आर्थिक वृद्धिलाई टेवा पुर्याउनेछ। गत २०८१ मंसिर १३ गते आयोजित कार्यक्रममा, फिनल्याण्डका वैदेशिक… पुरा पढौ