मुख्य समाचार

नेप्सेमा ३९‍‍‍‍.७० अङ्ककाे बृद्धि, ९ अर्ब ३१ करोडकाे काराेबार

काठमाडौं, १२ मङ्सिर । साताकाे शेयर काराेबार हुने आज चाैथाे दिन बुधबार नेप्से उकालाेकाे यात्रामा गएकाे छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९ दशमलव ७० अङ्कले बढेर दुई हजार सात सय ५६ दशमलव ३६ अङ्कमा बन्द भएको छ । आज नेप्से परिसूचक एक दशमलव ४६ प्रतिशतले बढेको हो । आज तीन सय १६ कम्पनीको एक करोड ७१ लाख ४३ हजार पाँच सय ८४ कित्ता शेयर ८९ हजार पटक खरिद बिक्री हुँदा रु नौ अर्ब ३१ करोड २९ लाख ३४… पुरा पढौ

चिसो बढेसँगैं अस्पतालहरूमा बिरामीको चाप बढ्याे

बागमती, १२ मङ्सिर । पछिल्लो केही दिनयता चिसो बढेसँगै मकवानपु सहित बागमती प्रदेशका विभिन्न जिल्लामा रुघाखोकी, ज्वरो र श्वासप्र्रश्वासका बिरामी बढ्दै गएका छन् । चिसो र शीतलहरका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी बढेका हुन् । मकवानपुरको हेटौँडा अस्पताल, चुरेहिल अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप बढेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । शिशुदेखि ६० वर्षसम्मका वृद्धवृद्धामा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायत रोगको सङ्क्रमण देखिएको हेटौँडा अस्पतालका निमित्त निर्देशक डा रामचन्द्र सापकोटाले जानकारी… पुरा पढौ

राजनीतिको उतारचढावमा शेयर बजार ( विचार )

काठमाडौँ, १२ मङ्सिर । हालैका दिनमा अन्तर्राष्ट्रिय क्षेत्रमै तरङ्ग ल्याउने घटनाका रुपमा अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको पुनरोदय चर्चामा छ । अक्सर एकचोटि हारेपछि पुनः नदोहो¥याउने एक सय ३० वर्षे अमेरिकी इतिहासलाई बे्रक्र गर्दै डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालका लागि विजयी हुँदै गर्दा अमेरिकी शेयर बजारमा उछाल आयो । अमेरिकी राष्ट्रपतिमा ट्रम्पको पुनरोदयसँगै अमेरिकाको मात्र होइन, युरोप र एसियाका पनि कतिपय देशको शेयर बजारमा समेत सकारात्मक प्रभाव परेका समाचारहरु अन्तर्राष्ट्रिय समाचार माध्यमहरुमा छाए । त्यतिमात्र होइन, अमेरिकी राष्ट्रपतिमा ट्रम्पको उदयसँगै डलर… पुरा पढौ

आज सुन तोलामा ९ सयले बढ्यो, चाँदीमा पनि बृद्धि

काठमाडौं, १२ मंसिर । साताको सुनचाँदीको कारोबार हुने चौथो दिनज बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ रुपैयाँ ९ सय तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ९ सयले बढेर तोलाको १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज चाँदीमा रुपैयाँ १०… पुरा पढौ

लाभांश पारित गर्न फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले डाक्याे एजिएम

काठमाडाैं, १२ मंसिर । लाभांश अनुमाेदन गर्नका लागि फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले साधारण सभा बाेलाएकाे छ । संस्थाले गएकाे आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ९.४७ प्रतिशतले लाभांश वितरण गर्न घोषणा गरेको लाभांश प्रस्ताव अनुमाेदन गर्नका लागि साधारण सभा डाकेकाे हाे । संस्थाकाे पन्ध्रौँ वार्षिक साधारण सभा पुस ११ गते, बिहीबार, आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौँमा बिहान १० बजे डाकिएकाे छ । सभाबाट ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत लाभांशसहित ९.४७ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित गरिने भएकाे… पुरा पढौ

सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडाैं, १२ मंसिर । सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। होटलले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बिहिबार मंसिर १३ गतेदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्ने जनाएकाे छ। शेयरधनीहरूले लाभांश पाउन र साधारणा सभामा भाग लिनका लागि आजसम्म नेप्सेमा शेयरकारोबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरुले साधारण सभामा भाग लिन पाउने लाभांश प्राप्तिका लागि याेग्य मानिनेछन् । साधारण सभाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २६.८४२१ प्रतिशत नगद लाभांश वितरण… पुरा पढौ

अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङकाे भाउ बढ्याे

काठमाडौं, १२ मङ्सिर । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदरअनुसार मङ्गलबारको तुलनामा अमेरिकी डलर, युरो, पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको विनिमय दर बढेको छ । अष्ट्रेलियन डलर र क्यानेडियन डलरको भाउ बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१… पुरा पढौ

च्याउखेतीबाट मासिक १ लाख बढी आम्दानी गर्दै रोशन र भरत

धरान (सुनसरी), १२ मङ्सिर । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजु भाई कृषि फर्म दर्ता गरी गाउँमै सुरु गरेको च्याउखेतीबाट राम्रो आम्दानी गरिरहेका छन् । सात वर्षसम्म वैदेशिक रोजगारीमा जीवन विताएर स्वदेश फर्किएपछि आफूहरुले व्यावसायिक च्याउखेती सुरु गरेको रोशन गुप्ताले बताए। पहिलो वर्ष केही घाटा भए पनि त्यसपछि भने राम्रो आम्दानी भइरहेको उनले बताए। उनका अनुसार हाल सबै खर्च कटाएर वार्षिक रु १२ लाख सजिलै… पुरा पढौ

काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दै

काठमाडौं, १२ मङ्सिर । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । तराई र पहाडी भेगका केही स्थानमा हुस्सु लागेको छ । काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो छ । आज बिहान यहाँको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रह्योभने अहिले केही सुधार भई १० डिग्री सेल्सियस पुगेको छ । विभागले आज सङ्घीय राजधानीको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने प्रक्षेपण गरेको… पुरा पढौ

सम्पदा लघुवित्तका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठलाई कम्पनी सचिवको जिम्मेवारी थपियाे

काठमाडौं, ११ मंसिर । तनहुँको बन्दिपुर गाउँपालिका १ डुम्रेमा प्रधान कार्यालय रहेको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठलाई कम्पनी सचिवको थप जिम्मेवारी प्रदान गरिएको छ । २०८१ मंसिर १० गते सोमबार अपरान्ह बसेको सञ्चालक समितिको १० औं बैठकले नायब महाप्रवन्धक श्रेष्ठलाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पाैडेलले बताए । श्रेष्ठले यसअघि निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडमा २२ वर्ष काम गरेका थिए । साथै तत्कालीन आरम्भ लघुवित्त… पुरा पढौ