मुख्य समाचार

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण

काठमाडौं, ११ मङ्सिर । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडैलले अध्यक्ष श्रेष्ठलाई शपथ ग्रहण गराएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको थियो । कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले कानुनसम्मत ढङ्गले खुलारूपमा प्रतिस्पर्धाको विधि अवलम्बन गरेर धितोपत्र बोर्डको अध्यक्ष छनोट गरेको बताउँदै पुँजी बजारका क्षेत्रमा रहेका यावत समस्यालाई संस्थागत रूपमा सम्बोधन गर्ने विश्वास व्यक्त गरे। उनले पुँजी बजारको… पुरा पढौ

सामाजिक सुरक्षा दायरा विस्तार गर्ने प्रम ओलीको घोषणा

काठमाडौं, ११ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गरेका छन् । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषद्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरी पनि कोषबाट लाभान्वित हुने र रु एक लाखभन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई कूल खर्चको ५० प्रतिशत कोषबाट व्यहोरिने घोषणा गरे । प्रधानमन्त्री ओलीले संविधानमा भएको मौलिक हकका व्यवस्था र दायित्वप्रति सरकार जिम्मेवार र जवाफदेही हुने बताउँदै मुलुकलाई समृद्ध बनाउन सरकार क्रियाशील छ भने। त्यस अवसरमा… पुरा पढौ

नेप्सेमा छायो हरियाली, ७ अर्ब ४४ करोडको कारोबार

काठमाडौं, ११ मंसिर । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार आज नेपाली शेयर बजारमा हरियाली छाएको छ । शेयर बजारमा आएको सकारात्मक माहोलले लगानीकर्तामा उत्साह थपिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३३.४१ अंकले बढेर २७१६५.६६ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.२४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.५० अंकले बढेर ४७७.५७ विन्दुमा रहेको छ । यसदिन १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । कुल ३१२ कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको १ करोड ४४ लाख ९२… पुरा पढौ

समता घरेलु लघुवित्तकाे एफपीओ नेप्सेमा सूचीकृत

काठमाडौं, ११ मंसिर । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ आज नेप्सेमा सूचीकृत भएको हो । नेप्सेका अनुसार साे शेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएपछि दाेश्राे बजारमा खरिदबिक्री गर्न सकिनेछ ।  लघुवित्तले गत कात्तिक १२ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ खुलाएकाे थियाे । प्रचलित ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ… पुरा पढौ

बिआरआई : ऋण होइन, सरकार अनुदान लिने पक्षमा- सञ्चारमन्त्री गुरुङ

काभ्रेपलाञ्चोक, ११ मङ्सिरः । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटभ (बिआरआई) अन्तर्गत सरकारले ऋण नलिने स्पष्ट गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी साता हुने चीन भ्रमणका क्रममा सरकारले ऋण नलिने तर अनुदान सम्झौता गर्नसक्ने सरकारका प्रवक्तासमेत रहेका उनले बताए। काभ्रेपलाञ्चोकबाट सञ्चालित ‘मदानी बिट डटकम’ समाचार ‘पोर्टल’को प्रथम वार्षिकोत्सवका अवसरमा आज धुलिखेलमा आयोजित कार्यक्रममा “बिआरआई लागू गर्ने वा नगर्नेबारे दुई कोणबाट विचार आइरहेको छ, तर सरकार बिआरआई सम्झौता गरिहल्ुनपर्छ, भन्नेमा छैन, एमओयू गरेकाले… पुरा पढौ

लुम्बिनी प्रदेश सरकारले आयोजना बैंक स्थापना गर्ने

लुम्बिनी, ११ मङ्सिर । लुम्बिनी प्रदेशको समग्र विकास गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा आयोजना बैंक स्थापना गर्ने कार्यक्रम समावेश गरेअनुसार बैंक स्थापनाको प्रक्रिया प्रारम्भ भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट प्रक्रियालाई व्यवस्थित बनाउन आयोजना बैंक आवश्यक परेको र सोहीअनुसार योजनाको प्राथमिकीकरण गरिने जानकारी दिँदै प्रस्तावित बैंकले पारदर्शी प्रणाली योजना चयन गर्ने बताए। समृद्ध र आत्मनिर्भर प्रदेशका रूपमा विकास गर्न बैंकले रणनीतिक योजना अघिसार्ने विश्वास उनले व्यक्त गरे। प्रदेश सरकारले प्राथमिकता राखेका… पुरा पढौ

गार्डियन माइक्रो लाइफले मंसिर १९ देखि आईपीओ जारी गर्ने

काठमाडौं, ११ मंसिर । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले मंसिर १९ गतेदेखि आईपीओ निष्काशन गर्ने बताएकाे छ। कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको जनाएकाे छ । कम्पनीले २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएकोमा १० प्रतिशतले हुने रुपैयाँ २ करोड २५ लाख रुपैयाँ बराबरको १ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्ने भएकाे हाे । कर्मचारीहरुका लागि ३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता र… पुरा पढौ

सिक्टा आयोजनामा विलम्ब नगर्न समितिको निर्देशन

नेपालगञ्ज, ११ मङ्सिर । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासँग सम्बन्धित समस्या स्थानीय तहमा नै समाधान गर्न आग्रह गरिएको छ । नीतिगत समस्याका कारण दुई दशक बितिसक्दा पनि आयोजना पूरा नभएकामा चिन्ता व्यक्त गर्दै स्थानीयले द्रुत गतिमा आयोजनाको काम हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिका प्रतिनिधिहरुसँगको छलफलमा स्थानीय र सरोकारवालाहरुले कानुनको परिधिभित्र रहेर आयोजनाका उल्झन टुङ्ग्याउनुपर्ने समितिका सदस्य ठाकुर गैरेले बताए। उनले स्थानीय तहबाट हुने काम स्थानीय रुपमा नै सम्पादन गर्न सुझाए । बाँकेका जनताको हितका लागि सो… पुरा पढौ

सामाजिक सुरक्षाको बृहत्तर अवधारणामा सरकार अघि बढेकाे छ : प्रधानमन्त्री ओली

काठमाडौं, ११ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताएका छन्। सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आज शुभकामना दिँदै उनले सामाजिक सुरक्षा योजनालाई व्यवस्थित ढङ्गले सञ्चालन र त्यसलाई पूर्णता दिन सरकारको ध्यान केन्द्रित भएको बताए। “अब कसैले अनाथ भएँ भन्नु पर्दैन, अनाथ भएर मैले अभिभावकत्व पाइनँ भन्ने स्थिति हुने छैन, मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन । मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने… पुरा पढौ

स्ट्याण्डर्ड चार्टर्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडाैं, ११ मंसिर । स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १२ गते बुकक्लोज गर्ने भएकाे छ । लाभांश पाउनका लागि शेयरधनीहरूले आजसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएकाे हुनुपर्छ । यसरी कायम भएका शेयरधनीहरु मात्रै साधारण सभामा लिन र लाभांश पाउन याेग्य मानिनेछन्। बैंककाे ३८ औँ साधारण सभा मंसिर २५ गते, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा डाकिएकाे छ। सभा बिहान साढे ९ बजे बाेलाइएकाे हाे… पुरा पढौ