मुख्य समाचार

थप कानुनहरु संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्छ: अध्यक्ष ढकाल

काठमाडौँ, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका लागि अझै केही कानुनहरू संशोधन गर्न जरुरी रहेको बताउनुभयो । बिहीबार काठमाडौंमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गत वैशाखमा लगानी सम्मेलनको समयमा एकैपटक अध्यादेशमार्फत् कानुन संशोधन भए पनि तिनको नियमावली र कार्यविधि तयार नभएकाले कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभयो । उहाँले हाल निजी क्षेत्रका अन्त:शुल्क, उत्पादित सामग्री खेर जाने र मूल्यलगायतका समस्याहरू रहेकाले यसको व्यावहारिक निर्णय गरेर समयमै सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो,… पुरा पढौ

प्रभु केवलकारले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने

काठमाडाैं, १३ मंसिर । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी मंसिर २९ गतेबाट १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।   याे कम्पनीले निष्कासन गर्ने रु १०० दरका ७० लाख कित्ता हकप्रदमा २०८१ माघ ४ गतेसम्म आवेदन दिन सकिने बताइएकाे छ ।   त्यसैगरी प्रभु केवलकारले आईपीओ निष्कासनको समेत तयारी गरिरहेको छ । कम्पनीले ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने योजना बनाएको छ । यसका लागि कुमारी क्यापिटललाई आईपीओ… पुरा पढौ

सुनचाँदीको भाउमा गिरावट, तोलाको कति ?

काठमाडौं, १३ मंसिर । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा ३ सयले घटेको जनाएको छ । चाँदीमा ३० रुपैयाँ घटेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ३० ले घटेर तोलाको… पुरा पढौ

सोल्टी होटलकाे शेयरमूल्य नेप्सेमा समायोजन

काठमाडौं, १३ मंसिर । सोल्टी होटलकाे शेयरमूल्य नेप्सेमा समायोजन भएको छ। पुस ४ गते होटलकाे साधारण सभा हुने भएकाे छ । लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेपछि शेयरमूल्य समायोजन गरेर नयाँ मूल्य कायम गरिएकाे हाे । नेप्सेका अनुसार साेल्टी होटलको १० प्रतिशत बोनस शेयर समायोजन गरिएकाे छ । समायोजन भएपछि शेयरमूल्य ५१८ रुपैयाँ १८ पैसा कायम भएको छ। याे अघिल्लो कारोबार भएकाे दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन भएकाे हाे । बुधबार दोस्रो बजारमा प्रतिशेयर ५७० रुपैयाँमा अन्तिम कारोबार भएको… पुरा पढौ

फरवार्ड र सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं, १३ मंसिर । नेपाल स्टक एक्सचेन्जमा शेयर सूचीकृत गराएका दुईवटा लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज बिहिबार अन्तिम दिन बाँकी रहेकाे छ । मंसिर १४ गते शुक्रबार बुक क्लोज हुने भएकाेले फरवार्ड लघुवित्त र सपोर्ट लघुवित्तको लाभांश आजसम्म सुरक्षित गरिसक्नु पर्नेछ । आजसम्म शेयर काराेबार गरी कायम भएका शेयरधनीहरु मात्र लाभांश पाउनका लागि याेग्य हुनेछन् ।  फरवार्ड लघुवित्त फरवार्ड लघुवित्तले गएकाे वर्षको मुनाफाबाट १३.३० प्रतिशत बोनस तथा कर प्रयोजनार्थ ०.७० प्रतिशत सहित १४ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ ।… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजकाे भाउ

काठमाडौं, १३ मङ्सिर । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ९१ र बिक्रीदर एक सय ७० रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क… पुरा पढौ

‘कोप-२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’

काठमाडौं, १३ मङ्सिर । बाकुको अजरबैजानमा यही साता सकिएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (यूएनएफसिसिसी)का पक्ष राष्ट्रको २९औँ शिखर सम्मेलन (कोप २९) मा नयाँ सामूहिक परिमाणात्मक लक्ष्य (एनसिक्यूजी)मा सार्वजनिक गरिएको जलवायु वित्तसम्बन्धी निर्णय फितलो रहेको कोपमा उपस्थित नेपाली प्रतिनिधिको निष्कर्ष छ । जलवायु सङ्कट छिटोछिटो निम्तिरहे पनि जलवायु वित्तका लक्ष्य कार्यन्वयनमा ढिलासुस्ती हुने गरी कोपमा एनसिक्यूजीसम्बन्धी निर्णय भएको भन्दै आलोचना भएको हो । नेपाललगायत अतिकम विकसित मुलुकको समूह (एलडिसी)लगायतले एनसिक्यूजीको लक्ष्यमा जलवायु वित्तको आकार बढाउनुपर्ने, यसमा सहज पहुँच पु¥याउनुपर्ने,… पुरा पढौ

कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

काठमाडौं, १३ मङ्सिर । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल पहाडी भागमा भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका केही स्थानमा तथा पहाडी भेगका एक–दुई स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी ,बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा साथै उच्च पहाडी तथा… पुरा पढौ

सार्वजनिक प्रसारण सेवालाई २ करोड ९१ लाख जनतामा पुर्याउनुपर्छ: मन्त्री गुरुङ

पोखरा, १२ मंसिर। सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपालमा संघीयताको कार्यान्वयन अन्यत्रभन्दा सरकारी मिडियाहरुमा राम्राे देखिएकाे बताएका छन् । हामीले रेडियो नेपाल, नेपाल टेलिभिजनलाई सार्वजनिक सेवा प्रसारण संस्थाका रुपमा लिएका छौं । जहाँ हरेक भाषाभाषी, आवाजबिहिनहरुका आवाज सुनिन, देखिन थालेका र छापिन थालेका छन् । रेडियो नपालले मूल नारा नै बनाएको छ, “आधुनिक नेपालको समावेशी आवाज रेडियो नेपाल।” मन्त्री गुरुङले सो कुरा सार्वजनिक सेवा प्रशारण, रेडियो नेपालको आयोजनामा आज पोखरामा आयोजना गरिएको राष्ट्र भाषाको समाचार तथा… पुरा पढौ

जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं, १२ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्ने बताएका छन्। छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको आज उद्घाटन गर्दै उनले विकास र जनघनत्वका सहसम्बन्धलाई ध्यान दिएर सीमान्तकृत तथा विपन्न समुदायको सहज जीवनयापनका लागि आधारभूत आवश्यकताको परिपूर्ति गर्न सरकारका प्रयासहरु जारी रहेको बताए । प्रधानमन्त्री ओलीले काठमाडौँ मेडिकल कलेजद्वारा सञ्चालित अस्पतालमा भर्खरै जन्मिएका एक नवजात शिशुका आमासँग भर्चुअल संवाद गरेर सम्मेलनको उद्घाटन गरे । उनले समानता र समावेशी नीति अपनाएर धनी र गरिबबीचको खाडल… पुरा पढौ