मुख्य समाचार

अमेरिकी डलरकाे भाउ घट्याे, युरो, पाउण्ड लगायतकाे बढ्याे

काठमाडौं, ११ मङ्सिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदरअनुसार सोमबारको तुलनामा अमेरिकी डलर, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, थाई भाट, हङ्कङ डलर र ओमानी रियालको मूल्य घटेको छ । त्यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, स्वीडिस क्रोनरको भने मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर… पुरा पढौ

पूर्वीनाकाबाट कृषि वस्तुको आयातभन्दा निर्यात बढी

झापा, ११ मङ्सिर । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१÷८२ को प्रथम त्रैमासिक अवधिमा रु सात अर्ब ८२ करोड ५५ लाख चार हजारको कृषि बाली भारत निर्यात भएको छ । आयातको तुलनामा कृषि वस्तुको निर्यात सात गुणा बढी रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ । उक्त त्रैमासिक अवधिमा पूर्वीनाका काँकडभिट्टाबाट रु ७९ करोड ६३ लाख १० हजारको कृषि बाली आयात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार रु चार अर्ब ४८ लाखको चिया, रु एक अर्ब ५५… पुरा पढौ

सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी

सोलुखुम्बु, ११ मङ्सिर । विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको छ । चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको हो । पछिल्लो एक सातामा जहाजमार्फत सात सय ११ विदेशी पर्यटक लुक्ला ओर्लिंदा दुई हजार चार सय पर्यटकले सगरमाथा क्षेत्र छोडेका नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । कार्यालयका ‘एटिसी अफिसर’ सञ्जय श्रेष्ठका अनुसार मङ्सिर ४ गते दुई सय २३ जना भित्रिँदा तीन सय ६२, ५… पुरा पढौ

सेबाेनको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौं, १० मंसिर । नेपाल धितोपत्र बोर्ड (सेबाेन)को अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरिएकाे छ । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो। अध्यक्ष सिफारिस गर्न गठन गरिएकाे सिफारिस समितिले बोर्ड अध्यक्ष नियुक्तिको लागि आइतबार मन्त्रिपरिषदमा ३ जनाको नाम सिफारिस गरेको थियो।  समितिका अनुसार अध्यक्षका लागि डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम सिफारिस भएकाे थियो। उनीहरूमध्येबाट मन्त्रिपरिषद बैठकले सन्तोषनारायण श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो। बोर्डकाे अध्यक्षका लागि गएकाे फागुनमा दरखास्त माग गरिएकाेमा १९ जनाले आवेदन… पुरा पढौ

‘क्रेडिट रेटिङ’ले पुँजी परिचालनमा अवसर : सिबिफिन

काठमाडौं, १० मङ्सिर । बैंक तथा वित्तीय संस्था परिसङ्घ–नेपाल (सिबिफिन)ले नेपालको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) बाट लगानीकर्तामाझ पुँजी परिचालनका लागि ठूलो अवसर देखाएको जनाएको छ । सिबिफिनले प्रेस विज्ञप्ति जारी गर्दै क्रेडिट रेटिङबाट नेपालमा लगानीको वातावरण राम्रो रहेको मात्र नभइ सुरक्षित प्रतिफलको प्रत्याभूतिसमेत गराएको जनाएको छ । “दक्षिण एशियाका अन्य मुलुकमध्ये छिमेकी मित्रराष्ट्र भारतभन्दा पछिको दोस्रो उच्च सार्वभौम साख मूल्याङ्कनको प्राप्तिले नेपालको साख र विश्वसनीयता बढाएको मात्र छैन, यसले अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल सुरक्षित, विश्वसनीय र भरपर्दो स्थान… पुरा पढौ

पाँचखालकाे ‘सेज’ निर्माण कार्य अत्यन्त सुस्त

काभ्रेपलाञ्चोक, १० मङ्सिर । पाँचखालमा ६ वर्षअघि निर्माण सुरु गरिएको विशेष आर्थिक क्षेत्र (सेज) निर्माणको कामले गति लिएको छैन । काभ्रेपलाञ्चोकस्थित पाँचखाल नगरपालिका वडा नं ७ र ८ मा सेज स्थापना गरिएको छ । सरकारले विसं २०६८ भदौ २७ को मन्त्रिपरिषद् बैठकले पाँचखालमा सेज स्थापना गर्ने निर्णय गरेको थियो । विसं २०७५ मा मात्रै औपचारिक रुपमा जग्गा प्राप्त गरी निर्माणको काम थालिएको थियो । निर्यातजन्य उद्योगको स्थापना गरी व्यापारघाटा कम गर्ने र औद्योगिकीकरणमार्फत अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यले सेज निर्माण गर्ने… पुरा पढौ

नेप्से दोहोरो अङ्कले बढ्दा ६ अर्ब ३४ करोडकाे मात्र काराेबार

काठमाडौँ, १० मङ्सिर । यो साता कारोबारको पहिलो दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज १५ दशमलव ८३ अङ्कले बढेर दुई हजार ६ सय ८३ दशमलव २४ को विन्दुमा कायम भएको हो । आज तीन सय नौ कम्पनीको एक करोड २२ लाख ६३ हजार सात सय ८० कित्ता शेयर ६५ हजार आठ सय २४ पटक किनबेच हुँदा रू ६ अर्ब ३४ करोड ५८ लाख नौ हजार पाँच सय ९७… पुरा पढौ

वाणिज्य क्षेत्रका समस्या र सरकारको पहल (विचार)

काठमाडौं, १० मङ्सिर । नेपालको वाणिज्य क्षेत्रले बहुआयामिक चुनौतीको सामना गरिरहेको छ । उत्पादन, निर्यात र व्यापार सहजीकरणमा देखिएका समस्याहरूले व्यापार वातावरणलाई प्रभावित पारिरहेका छन् । कर नीति, भूमि व्यवस्थापन, व्यापार पूर्वाधारको अभाव र व्यापार साझेदार मुलुकहरूसँगको समन्वयमा देखिएको कमजोरी मुख्य चुनौतीका रूपमा देखिएका छन् । नेपालको भन्सार तथा कर नीतिले उत्पादन र निर्यातलाई प्रोत्साहन गर्नुपर्ने देखिएको छ । कच्चापदार्थमा बढी भन्सार शुल्कले उत्पादन लागत वृद्धि गरेको छभने तयारी वस्तुको प्रतिस्पर्धात्मकता कमजोर भएको छ । भूमि व्यवस्थापनका समस्याले कृषि उत्पादन… पुरा पढौ

सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी-अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल

काठमाडौं, १० मङ्सिर । पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले त्यहाँका प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री मानेटसँग कम्बोडियाको पिस प्यालेसमा भएको भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने महत्वपूर्ण विषयहरूमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । भेटमा सभामुख घिमिरेले बुद्ध जन्मस्थल लुम्बिनी र कम्बोडियाको अंगकोरबाट हिन्दू तथा बौद्ध सम्पदालाई प्रवर्द्धन गर्न प्रत्यक्ष हवाई सेवा सुरु गर्नुपर्नेमा जोड दिए । यसले धार्मिक पर्यटन र… पुरा पढौ

एनपिएलले पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली

काठमाडौं, १० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताएका छन्। आज ऐतिहासिक धरहरा परिसरबाट एनपिएलको ट्रफी अनावरण गर्दै उनले लिगका लागि सरकारले सक्दो सहयोग र प्रोत्साहन गर्ने विश्वास दिलाए। प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासका लागि सरकार सधैँ खेलाडीको साथमा रहेको बताए। उनले एनपिएलले नेपाली क्रिकेटमा नयाँ आयाम थप्ने अपेक्षा व्यक्त गरे । “क्रिकेट हाम्रो पुस्ताको सपना र गौरवको विषय पनि हो ।… पुरा पढौ