मुख्य समाचार

भन्सारदर घटेपछि सुन ताेलामा १५ हजार ९ सयले गिरावट

काठमाडौं, १० मंसिर । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउमा भारी गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १५ हजार ९ सय तथा चाँदीमा रुपैयाँ ११५ ले गिरावट भएको जनाएको छ । छापावाल सुनमा यसदिन रुपैयाँ १५ हजार ९ सयले गिरावट भई तोलाको १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका… पुरा पढौ

फरवार्ड माइक्रोफाइनान्सकाे साधारण सभामा १४ प्रतिशत लाभांशकाे प्रस्ताव

काठमाडौं, १० मंसिर । लाभांश अनुमाेदन गर्न फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले साधारण सभा बाेलाएकाे छ।सभा मंसिर २८ गते दिनेश चौधरी स्मृति प्रतिष्ठान सुनसरीमा बाेलाइएकाे छ ।  संस्थाले गएकाे आर्थिक वर्षको मुनाफाबाट १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हाे । यसमा १३.३० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.७० प्रतिशत नगदसहित १४ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव रहेकाे छ।  संचालक समितिले प्रस्ताव गरेकाे साे लाभांश संस्थाकाे साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिने भएकाे छ । संस्थाले साधारणा सभाकाे… पुरा पढौ

मंसिर २० देखि मुक्तिनाथ म्युचुअल फण्ड १ निष्काशन हुँदै

काठमाडाैं, १० मंसिर । मुक्तिनाथ क्यापिटलले पहिलो म्युचुल फण्ड मुक्तिनाथ म्युचुअल फण्ड १ निष्काशन गर्न लागेकाे छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई जारी गर्ने भएकाे हाे । फण्ड मुक्तिनाथ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना हो। कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १३ प्रतिशत अर्थात १ करोड ३० लाख इकाई कोष प्रवर्धक रहेकाे मुक्तिनाथ विकास बैंकलाई रहेकाे छ । २० लाख इकाई योजना व्यवस्थापकमुक्तिनाथ क्यापिटलका लागि र बाँकी ८ करोड… पुरा पढौ

उपनिर्वाचनमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

काठमाडौं, १० मङ्सिर । निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले यही मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका स्थान उपलब्ध गराइदिन आग्रह गरेको हो । आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान, सार्वजनिक स्थल निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत उपनिर्वाचन हुने… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? पहिले भाउ बुझ्नुस्

काठमाडौं, १० मङ्सिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आइतबारको तुलनामा यूरोपियन यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारलगायतको मूल्य घटेको छ । त्यस्तै, युके पाउण्ड स्टर्लिङ, क्यानेडियन डलर, साउदी अरेबियन रियाल, साउथ कोरियन वन, स्वीडिस क्रोनर लगायतको भने मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय… पुरा पढौ

तोकिएकाभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको आग्रह

काठमाडौं, १० मङ्सिर । निर्वाचन आयोगले उपनिर्वाचनको प्रचारका क्रममा तोकिएकोभन्दा बढी सवारीसाधन र ‘लाउड स्पीकर’ को प्रयोग भएको भन्दै त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । आयोगको आइतबारको बैठकले निर्वाचन कानुन तथा आचारसंहिता विपरितका कार्य नगर्न तथा नगराउन पुनः सचेत गराएको हो । स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन प्रचारप्रसारको अवधि सुरु भई राजनीतिक दल तथा उम्मेदवारबाट निर्वाचन प्रचारप्रसार भइरहेको उल्लेख गर्दै आचारसंहिता पालना गर्न÷गराउन राजनीतिक दल, उम्मेदवार र सम्बन्धित निकायलाई निर्देशन दिइएको स्मरण गराएको छ । “सवारी साधनमा… पुरा पढौ

राष्ट्रिय गौरवका आयोजनालाई गति दिन प्रधानमन्त्रीको चासो

काठमाडौं, ९ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कामको गतिलाई तीव्रता दिने विषयमा आज सम्बन्धित मन्त्री, सचिव, आयोजना प्रमुखलगायतसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त छलफलमा विभिन्न २४ राष्ट्रिय गौरवका आयोजनाको हालको अवस्था, वित्तीय तथा भौतिक प्रगति, विद्यमान समस्या र समाधानका उपायको प्रस्तुतीकरण गरिएको छ । ती आयोजनामा स्रोत सुनिश्चितता, न्यून बजेट, जग्गा अधिग्रहण, रुख कटान, बाढी पहिरोका कारण सडकमा अवरोध, प्रक्रियागत झमेला, मुआब्जा विवाद, कानुनी मुद्दाजस्ता समस्या देखिएका छन् । हालसम्म… पुरा पढौ

नेप्सेमा १३.०३ अंकको गिरावट, पौने ८ अर्बको कारोबार

काठमाडौं, ९ मंसिर । साताको शेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली शेयर बजारमा नकारात्मक लय देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.०३ अंकले घटेर २६६७.४० को विन्दुमा झरेको छ । नेप्सेमा ०.४८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.७६ अंकले घटेर ४७१.२० विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहहरुमध्ये दुईवटामा हरियो लागेको छ । बाँकी रहेका ११ वटामा रातो लागेको छ । कुल ३२२ कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको १ करोड ५२ लाख ७० हजार… पुरा पढौ

सन्दर्भ उद्योग दिवस-स्टार्ट अप सरकारको लोकप्रिय कार्यक्रम

काठमाडौं, ९ मङ्सिर। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवा उद्यमी तथा नवप्रवर्तकका लागि ‘स्टार्ट अप’ लाई सरकारले लोकप्रिय कार्यक्रमका रूपमा अगाडि बढाएको बताए । मन्त्रालयद्वारा ‘उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ दशौँ राष्ट्रिय दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘स्टार्ट अप’ कार्यक्रमलाई लोकप्रिय बनाउन निजीक्षेत्र र बैंक तथा वित्तिय क्षेत्रको पनि उत्तिकै सहयोग आवश्यक रहेको औँल्याए । मन्त्री भण्डारीले बैंक तथा वित्तिय संस्थालाई ‘स्टार्ट अप’ सँग जोडेर थन्किएर रहेको पुँजीलाई चलायमान बनाउन आग्रह गरे। मन्त्री भण्डारीले… पुरा पढौ

ग्लोबल आइएमई बैंकका ग्राहकले समाज डेन्टल अस्पतालमा छुट पाउने, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ईएमआई सुविधा

काठमाडौं, ९ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा छुट पाउने भएका छन् । यससम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ्ग सेल्स तथा विजनेश प्रमुख प्रकाश पौडेल र समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले हस्ताक्षर गरेका छन । बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १२ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न मिल्ने सेवा (ईएमआई) समेत प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतानुसार बैंकका ग्राहकहरुले समाज डेन्टलमा बैंकको डेबिट/क्रेडिट कार्ड र ग्लोबल स्मार्ट प्लस मार्फत भुक्तानी गर्दा ओपीडी दर्ता शुल्क, डाक्टरको… पुरा पढौ