मुख्य समाचार

‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?

काठमाडौं, ८ मङ्सिर । प्रक्रिया सुरु भएको करिब छ वर्षपछि नेपालले आफ्नो सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) सम्पन्न गरेको छ । पहिलो पटक गराएको क्रेडिट रेटिङमा नेपालले ‘डबल बी माइनस’ (बिबी) स्कोर प्राप्त गरेको छ । प्रत्यक्ष वैदेशिक लगानी (एफडिआइ) र बाह्य ऋण भित्र्याउँदा लगानीकर्ताले खोज्ने महत्वपूर्ण सूचकका रुपमा क्रेडिट रेटिङ पर्दछ । यसकारण दातृ निकाय, विकास साझेदार तथा वैदेशिक लगानीकर्ता र नेपालको निजी क्षेत्रलेसमेत लामो समयदेखि क्रेडिट रेटिङ अतिआवश्यक रहेको बताउँदै आएका थिए । नेपालले कोभिड–१९ महामारीअघि नै… पुरा पढौ

गरिमा विकास बैंकको १८ औ वार्षिकोत्सवका अवसरमा ‘गरिमा रोड रेस २०८१’ सम्पन्न

काठमाडौ ८ मंसिर । “स्वस्थ जीवनशैली”का लागि खेलकुुद भन्ने नाराका साथ गरिमा विकास बैंक लिमिटेडले १८औ वार्षिकोत्सवको अवसरमा आज मंसिर ८ गते शनिबार गरिमा रोड रेस कम्पिटिसन २०८१ सम्पन्न गरेको छ । प्रतियोगिताका प्रमुख अतिथि किर्तिमानी धावक तथा ओलम्पियन बैकुण्ठ मानन्धरद्धारा उद्घाटन गरिएको रोड रेस कम्पिटिसनको खुल्लातर्फ महिला र पुरुष तथा कर्पोरेटतर्फ महिला र पुरुष गरी कुल ४ वटा प्रतियोगिता आयोजना गरिएको थियो । सो प्रतियोगितामा खुल्ला तर्फ १० कि.मी र कर्पोरेट तर्फ ५ कि.मी. दुरी तय गरिएको थियो ।… पुरा पढौ

सार्क मुलुकका पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’

पोखरा, ८ मङ्सिर । पर्यटकीय राजधानी पोखरा प्राकृतिक सुन्दरताले मात्र होइन साहसिक खेलहरूका लागि पनि उत्तिकै प्रसिद्ध छ । प्याराग्लाइडिङ, जिपलाइन र बञ्जीजम्प, स्काइडाइभ, क्यानोइङ, र्‍यफ्टिङ, हट एयर बेलुनलगायत साहसिक गतिविधि पोखरामा सञ्चालित छन् । प्राकृतिक सौन्दर्य र साहसिक अनुभवमा एकसाथ रमाउन सकिने भएकाले पछिल्लो समय ‘हट एयर बेलुन’ प्रति भने सार्क मुलुकका पर्यटकको आकर्षण बढ्न थालेको छ । बेलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेले सार्क मुलुकका पर्यटकले साहसिक यात्रा मन पराउन थालेको र त्यसमध्ये पनि उडानमा सहभागी यात्रुमध्ये ६०… पुरा पढौ

गण्डकीमा कृषियाेग्य भूमि घटेकाे राष्ट्र बैङ्ककाे तथ्याङ्क

काठमाडाैं, ८ मङ्सिर । गण्डकी प्रदेशमा कृषि क्षेत्र क्रमशः घट्दै गएको नेपाल राष्ट्र बैङ्कले हालै गरेको एक अध्ययनले देखाएकाे छ । केन्द्रीय बैङ्कले शुक्रबार सार्वजनिक गरेको ‘वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०-८१’ मा गण्डकी प्रदेशका ११ जिल्लामा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिब सात दशमलव सात प्रतिशतले घटेको उल्लेख गरिएकाे छ । अध्ययन प्रतिबेदन अनुसार सो प्रदेशमा ४ लाख लाख ३७ हजार ९ सय ७२ हेक्टर मात्रै कृषि बालीले ढाकेको क्षेत्र रहेको उल्लेख छ । त्यसमा तरकारीखेतीले… पुरा पढौ

मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाकाे निर्माण कार्य सुरु

काठमाण्डौं, ८ मङ्सिर । मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित १ सय ३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसँगै निर्माण शुरू भएको छ । आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएसँगै निर्माण प्रारम्भ भएको आयोजनाको लगानीकर्तामध्येको एक कम्पनी बुटवल पावर कम्पनी लिमिटेडले जनाएको छ । याे आयोजनाले गत महिना चीनको एक्जीम बैंकसँग कर्जा सम्झौता भएको थियो । सम्झौताअनुसार एक्जीम बैंकले १ अर्ब २४ करोड २५ लाख चिनियाँ युआन अर्थात् १७ करोड ५२ लाख ५० हजार अमेरिकी डलर ऋण लगानी… पुरा पढौ

पाेखराकाे टेम्पल ट्रि रिसोर्टलाई उत्कृष्ट करदाता सम्मान, १ वर्षमा कर बापत १ करोड ९७ लाख बुझायो

पोखरा, ८ मंसिर। आन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवसका अवसरमा सप्ताहव्यापी कर दिवस सम्पन्न गरेको छ। कार्यालयले शुक्रवार कर सप्ताहको सातौँ दिन समापन समारोहको आयोजना गरेको हो। कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता टेम्पल ट्रि रिसोर्ट प्रालिलाई सम्मान गरिएको थियो । टेम्पल ट्रि रिसोर्ट प्रालिले आर्थिक वर्ष २०७९-०८० मा १ करोड ९७ लाख ७३ हजार ७ सय ८७ रूपैयाँ राजस्व दाखिला गरेको छ । यसैगरी कार्यक्रममा करदाता सेवा कार्यालय स्याङ्जा अन्तर्गत सबैभन्दा बढी… पुरा पढौ

साञ्जेन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडियो

काठमाण्डौं, ८ मङ्सिर । चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ । शुक्रबार साँझ उक्त आयोजनाको पहिलो युनिटबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको हो । रसुवाको आमाछोदिङ्मो–५ मा निर्माण भएको सो आयोजनाको क्षमता ४२ दशमलव पाँच मेगावाट रहेको छ । सबै प्राविधिक परीक्षण सम्पन्न भई पहिलो युनिटबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका सब इञ्जिनियर रबिन कोइरालाले जानकारी दिए। उनका अनुसार शुक्रबार एक युनिटबाट पाँच मेगावाट बिजुली उत्पादन भएको… पुरा पढौ

गरिमा विकास बैंककाे १८औ वार्षिकोत्सवमा १८ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम सम्पन्न

काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेड आज मंसिर ७ गतेबाट १८औं वर्षमा प्रवेश गरेकाे छ । १८ औं वार्षिकोत्सवका अवसरमा बिकास बैकले आज देशका विभिन्न स्थानमा १८ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सम्पन्न गरेकाे छ । हाल देशभर रगत अभाव भएकाे परिस्थितिलाइ मध्यनजर गर्दै विकास बैंकले देशका विभिन्न ७ स्थानमा बृहत रक्तदान कार्यक्रम गरी कुल ५६२ युनिट रगत संकलन गरेको बैकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले बताएका छन । साे अवसरमा विकास बैंकले प्रधान कार्यालय, लाजिम्पाट, काठमाडौंमा गरेकाे रक्तदान… पुरा पढौ

एमाले हात्तिहरुको बथान हो, नाङ्लो ठटाएर तर्सिदैन: अध्यक्ष तथा प्रधानमन्त्री ओली

काठमाडौं, ७ मंसिर । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ठगि गर्ने, भ्रष्टाचार गर्ने नछोड्ने र निर्दोषलाई फसाउन नदिईने कुरा प्रष्ट पारेका छन् । नेकपा एमालेकाे काठमाडौं उपत्यकाका तीनवटै कमिटिहरुको आयोजनामा भएको जागरण सभालाई सम्वोधन गर्दै ओलीले भने, ठगि गर्नेलाई छोडिने छैन । निर्दोषलाई कारबाही हुने छैन । कसले आफन्तको नाउमा सम्पति थुपारेको छ, कसले थुपारेको छैन, हामी सबैलाई हेक्का छ । कसैको दम छ ? अगाडी आउनुस् र बसेर बहस गरौं, हिम्मत छ ? वैदेशिक मामलामा बोल्दै… पुरा पढौ

निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ: महासंघ अध्यक्ष ढकाल

काठमाडाैं, ७ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्नेमा जोड दिएका छन । अध्यक्ष ढकालले नेपाली कांग्रेसले आयोजना गरेको शुक्रबारको एक कार्यक्रममा उक्त बिचार व्यक्त गरेका हुन । ढकालले सुधारका लागि पहिलो सन्देश सबै राजनीतिक दलहरूले उद्यमी र व्यवसायीलाई प्रोत्साहन र समर्थन दिनुपर्ने रहेको बताए ।  सम्पत्ति निर्माण नगरी कुनै व्यक्ति, समाज वा देश धनी बन्न नसक्ने बताउँदै ढकालले यदि कुनै ठाउँमा बदमासी छ भने त्यसलाई नियन्त्रण गर्न सकिन्छ, तर समग्र… पुरा पढौ