मुख्य समाचार

नेप्सेमा झिनो अंकको गिरावट, ४ अर्ब २० करोडको कारोबार

काठमाडौं, २० कात्तिक । तिहारपछि खुलेको नेपाली शेयर बजारको पहिलो कारोबार भएको दिन मंगलबार शेयर बजार ओरालो लागेको छ । यसदिन नेप्सेमा झिनो अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ०.२१ अंकले घटेको छ । नेप्से २६७७.४० विन्दुमा झरेको छ भने ०.२१२ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ०.८२ अंकले घटेर ४७७.९९ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ७ वटामा हरियो लागेको छ । बाँकी रहेका ६ वटामा रातो लागेको छ । कुल ३०२ कम्पनीहरुको… पुरा पढौ

विदेशी पर्यटकको सङ्ख्यामा पुनरुत्थान, अमेरिकी पर्यटक बढे

काठमाडौं, २० कात्तिक । सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार सात सय ३२ विदेशी पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार अक्टोबरमा कूल एक लाख २४ हजार तीन सय ९३ विदेशी पर्यटक आए । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा छ दशमलव चार प्रतिशतले बढी हो । सन् २०२३ को अक्टोबरमा एक लाख १७ हजार तीन सय छ पर्यटक आएका थिए । कोभिड–१९ (कोरोना महामारी) पूर्व अर्थात सन् २०१९ को तुलनामा ९२ दशमलव ९६ प्रतिशतले… पुरा पढौ

काबेली करिडोर प्रसारण लाइनकाे पुनः निर्माण सम्पन्न

काठमाडौं, २० कात्तिक । बाढीपहिरोले क्षति पुगेको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनःनिर्माण सम्पन्न भएको छ । गत असोज १२ गते माइखोलाको बाढीले काबेली करिडोर प्रसारण लाइन अन्तर्गत इलामको माई नगरपालिका–१ र ७ स्थित धोद्रेबेँसीमा चार वटा टावरमा क्षति पु¥याएको थियो । नेपाल विद्युत् प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत् आयोजनाले संयुक्त रुपमा पुनःनिर्माण गरी सोमबार दिउँसो ४ः३० बाट प्रसारण लाइन सञ्चालनमा ल्याएका हुन् । काम सुरु गरेको १९ दिनमा सम्पन्न… पुरा पढौ

सुनमा रु २८ सयले गिरावट, चाँदीको भाउ पनि घट्यो

काठमाडौं, २० कात्तिक । तिहारको बिदापछि खुलेको नेपाली सुनचाँदी बजारको पहिलो कारोबारको दिन मंगलबार आज सुनचाँदीको भाउमा गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २८ सयले गिरावट भएको जनाएको छ । यस्तै चाँदीमा रुपैयाँ ६० ले घटेको जनाएको छ । छापावाल सुनमा यसदिन रुपैयाँ २८ सयले घटेर तोलाको १ लाख ६८ हजार २ सय रूपैयाँ कायम गरिएको छ । यसअघि कात्तिक १५ गते छापावाल सुन तोलाको १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीमा… पुरा पढौ

सोल्टी होटलले बाेलायाे एजिएम, ३६ प्रतिशत लाभांस प्रस्ताव

काठमाडौं, २० कात्तिक । लाभांश लगायत विभिन्न प्रस्ताव पारित गर्न सोल्टी होटल लिमिटेडले पुष ४ गते साधारण सभा डाकेकाे छ । कम्पनीले यसपालि ३६.८४ प्रतिशत लाभांश दिने बताएकाे छ । यसअघि आर्थिक वर्ष २०७९–८० मा ३१.५८ प्रतिशत लाभांश वितरण गरिएको थियो । यसपटक केहि बढाएकाे कम्पनीले फेस भ्याल्यू १० रुपैयाँ रहेको जनाएकाे छ ।  यसमा १० प्रतिशत बोनस सेयर रहेकाे छ भने २६.८४ प्रतिशत नगद गरेर ३६.८४ प्रतिशत लाभांश वितरण गर्नेछ । साे प्रस्ताव पारित गर्नका लागि साधारण सभा नेपाल… पुरा पढौ

कोप-२९ : नेपालले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि-नोक्सानीको सम्बोधन’ विषयक बैठक गर्दै

काठमाडौं, २० कात्तिक । नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)मा ‘एजेण्डा’ लाई उठान गर्न विभिन्न तयारी गरेको छ । यही नोभेम्बर ११ देखि २२ तारिख (कात्तिक २६ देखि मङ्सिर ७ गते) सम्म अजरबैजानको बाकुमा हुने कोप–२९ सम्मेलनमा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेृतत्वमा सहभागिता जनाउँदैछ । उनले उद्घाटनका अवसरमा आयोजना हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’मा सम्बोधन गर्नेछन् । यसका साथै नेपालले आफ्ना एजेण्डा माथि विश्वको ध्यानाकर्षण गराउन नोभेम्बर १३ तारिखमा… पुरा पढौ

समता घरेलु लघुवित्तकाे एफपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं, २० कात्तिक । समता घरेलु लघुवित्त वित्तीय संस्थाकाे एफपीओमा आवेदन दिनका लागि आज मंगलबार एक दिन बाँकी रहेकाे छ । संस्थाले कात्तिक १२ गतेदेखि एफपीओ बिक्रीमा ल्याएकाे थियाे । लघुवित्तले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपछि शेयर पूँजी संरचना रेसियाे संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्न एफपीओ बिक्रीमा ल्याएकाे हाे । लघुवित्तका अनुसार रुपैयाँ ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर खुलाएकाे हो। माग अनुसारकाे आवेदन… पुरा पढौ

धानखेत मासेर किबीखेती : बजारमा उच्च माग

गलकोट (बागलुङ), २० कात्तिक । एकपटकको लगानीले वर्षौसम्म आम्दानी दिने बहुगुणी फल किबीप्रति बागलुङका किसानको आकर्षण छ । काठेखोला गाउँपालिका–५ थामडाँडाका इन्जिनियर खिमानन्द कँडेलले १२ रोपनी जग्गामा किबीखेती गर्नुभएको छ । गत वर्ष पाँच सय केजी किबी बजार पठाउनुभएका उहाँको किबी बगैचामा यस पटक दोब्बर बढी उत्पादन भएको छ । गत वर्षदेखि उत्पादन दिन थालेको किबी वार्षिक रुपमा ५०० केजी भन्दा बढीका दरले उत्पादनमा वृद्धि हुँदै आएको छ । किबीको मूल्य क्रमशः घट्दै गए पनि उत्पादन बढ्दै गएको कँडेलको भनाइ… पुरा पढौ

पाँच करोड ठगी गरी फरार बिनुलाई कम्बोडियामा पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौं, २० कात्तिक । वैदेशिक रोजगारी ठगीलगायत मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ । सिन्धुपाल्चोक मान्खा ठेगाना भएकी बिनु शाक्यलाई इन्टरपोलको कम्बोडिया शाखासँगको समन्वयमा पक्राउ गरी ठगी मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ स्वदेश ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनले वैदेशिक रोजगारीमा सिङ्गापुर पठाइदिन्छु भनी ४० जनाभन्दा बढी व्यक्तिबाट रु पाँच करोड दुई लाख ९४ हजार ठगी गरी फरार भएकी थिइन् । आरोपी बिनु शाक्य र उदयपुर… पुरा पढौ

यस्तो छ आज निर्धारण गरिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, २० कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ८५ पैसा, स्वीस… पुरा पढौ