मुख्य समाचार

मन्त्री खड्काले सरोकारवालासँग बसेर टुंग्याए ढल्केबर-सीतामढी प्रसारण लाइनको जग्गा विवाद

काठमाडौं, ७ असोज । ढल्केबर–सीतामढी ४००/२२० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाइनको जग्गासम्बन्धी विवाद टुङ्गिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज सो क्षेत्रको स्थलगत अनुगमन गरी जग्गाको क्षतिपूर्तिसम्बन्धी विवाद निराकरणमा सक्रियता देखाएसँगै लामो समयदेखिको विवाद टुङगिएको हो । अरुण तेस्रो जलविद्युत आयोजनाले निर्माण गरेको ढल्केबरदेखि सीतामढीको ४००/२२० केभी डबल सर्किट प्रसारण लाइनको दुई किलोमिटर बढी लामो प्रसारण लाइनले चर्चेको जग्गा (राईट अफ वे)मा विवाद भएपछि मन्त्री खड्का आफैले सरोकारवालासँग बसेर समस्याको समाधान गरेका हुन्। समस्या समाधानसँगै लाइन… पुरा पढौ

पोखरा रोयलका १० संकल्प प्रस्ताव अनुमाेदन, सदस्यलाई ९.४८ प्रतिशत लाभांश दिईने

पाेखरा, ७ असाेज । “सुखी सदस्य, दिगो सहकारी” को परिकल्पना बोकेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सहकारी क्षेत्रमा देखिएका समसामयिक समस्या समाधान गर्न र सदस्य सेवाका लागि १० वटा संकल्प प्रस्ताव र सदस्यहरुलाई ९.४८ प्रतिशत शेयर लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । कारोबारको आधारमा बचत तर्फको कारोबारमा २.१३ प्रतिशत र ऋण तर्फको कारोबारमा २.२३ प्रतिशत अतिरिक्त लाभ वितरण गर्ने प्रस्ताव पारित गरेको छ । तीन वटा एकाई… पुरा पढौ

दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्ण: प्रधानमन्त्री ओली

काठमाडौं, ७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित मुलुकहरुलाई दिगो विकासका लक्ष्य प्राप्त गर्न वार्षिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को ४० प्रतिशत खर्च गर्नुपर्ने अवस्था रहेकाले वित्तीय स्रोत व्यवस्थापन चुनौतीपूर्ण बनेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित मुख्यालयमा आयोजित ‘समिट अफ द फ्युचर’को सहअध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले बहुपक्षीय विकास साझेदार र विकसित मुलुकहरुले उपलब्ध गराउने भनिएको वित्तीय स्रोत परिचालनका लागि आग्रह गरे। “दिगो विकासका लक्ष्य पूरा गर्न अल्प विकसित देशहरुलाई ठूलो स्रोतको आवश्यक पर्छ,… पुरा पढौ

क्रियटिभ इकोनोमीको विकासमा साझेदारी गर्न महासंघ अध्यक्ष ढकालको आह्वान

काठमाडाैं, ७ असाेज । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा साना र मझौला उद्यमहरू अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेकाले लगानी बढाउन र निर्यात बजारमा थप सहुलियतका लागि आह्वान गरेका छन् ।   एसियाली व्यापार प्रवर्द्धन फोरम एटीपीएफको थाइल्यान्डको राजधानी बैंककमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले  समावेशी समृद्धि: एसियाली व्यापार अर्थतन्त्रमा एसएमईको सशक्तीकरणका मुद्दामा साझा आर्थिक दृष्टिकोणका लागि पनि आग्रह गरेका हुन् । नेपालमा, साना तथा मझौला उद्योगहरूले जिडिपीको लगभग २२ प्रतिशत योगदान गर्ने भएकाले सो क्षेत्रको… पुरा पढौ

सेयर बजार राताम्मै, कारोबार साढे ५ अर्बमा सिमित

काठमाडौं, ७ असोज । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजार राताम्मै भएको छ । सम्पूर्ण सूचकहरु राताम्मै हुँदा कारोबार रकममा बढोत्तरी देखिएन । नेप्सेमा पछिल्ला दिनहरुमा भईरहेको गिरावटले लगानीकर्ताहरुलाई फेरि पर्ख र हेरको स्थितिमा पुर्याएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५९.०२ अंकले घटेर २५२९.३३ विन्दुमा झरेको छ । नेप्सेमा २.२८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ९.०२ अंकले घटेर ४५४.४० विन्दुमा रहेको छ । नेप्सेका अनुसार १३ वटै उपसमूहहरु राताम्मै भएका छ । कुल… पुरा पढौ

हिमालय उर्जाकाे १४ लाख ४६ हजार कित्ता सेयरकाे लिलामी बिक्री खुला

काठमाडौं, ७ असाेज । हिमालय उर्जा विकास कम्पनीले आजदेखि सेयर लिलामीमा बिक्री खुला एकाे छ । कम्पनीले १४ लाख ४६ हजार ३५९ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएकाे हाे । लगानीकर्ताहरू घटीमा रूपैयाँ १०० काे आधार बनाएर बोलपत्रमा सहभागि हुन पाउनेछन्। सेयर खरिद गर्न चाहने लगानीकर्ताले घटीमा १०० कित्ता र बढीमा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसका लागि असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले यसअघि ९९ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएकाे थियाे । त्याे बेलामा बिक्री हुन बाँकी… पुरा पढौ

अन्तर्राष्ट्रिय शान्ति दिवस र विश्व शान्तिका चुनौतीहरु (विचार)

काठमाडौं, ७ असोज । संयुक्त राष्ट्रसङ्घको स्थापना नै सन् १९४५ मा युएन चार्टरमार्फत दोस्रो विश्व युद्धपछि विश्वमा शान्तिसुरक्षा कायम गर्ने र आर्थिक, सामाजिक र मानवीय समस्यामा सहयोग र सहकार्य गर्ने उद्देश्यबाट भएको हो । विश्वका १९३ देश सदस्य रहेको यो संस्थाको सबैभन्दा शक्तिशाली संरचना चाहिँ सुरक्षा परिषद् हो, जसले विश्व शान्ति सेनाको परिचालनलगायत सबै महत्वपूर्ण राजनीतिक निर्णयहरु गर्दछ । युएनका शान्तिसम्बन्धी अरू संरचनाहरुमा शान्ति सेना परिचालन, महासभा, महासचिवको कार्यालय, मानवअधिकार परिषद्, अन्तर्राष्ट्रिय अदालतहरु छन्भने यसले मानवीय सहायता, निःशस्त्रीकरण, शरणार्थीलगायतका सवालहरुमा… पुरा पढौ

संविधान संशोधनका लागि दलहरूबीच छलफल सुरु भएकाे छ : सभामुख घिमिरे

मोरङ,७ असोज । सभामुख देवराज घिमिरेले संविधान संशोधनका विषयमा राजनीतिक दलबीच छलफलको पहल सुरु भइसकेको जानकारी दिएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संशोधन कसरी गर्ने, प्रक्रिया के हो, कुन विषयमा र कहिले संशोधन गर्ने भन्ने विषयमा राजनीतिक दलबीच बृहत्तर समझदारीको आवश्यक रहेको बताए। त्यसअवसरमा उनले सङ्घीयता कार्यान्वयनका लागि कानुन अभाव रहेको पनि बताए। सभामुख घिमिरेले निजामती सेवा ऐन, प्रहरी सङ्गठन सञ्चालनसम्बन्धी ऐन, शिक्षा ऐन निर्माण गर्न सकियो भने संविधान कार्यावन्यनमा देखिएका समस्या समाधान हुने धारणा राखे। उनले… पुरा पढौ

५ अर्बको ट्रेजरी बिलकाे आज बोलकबोल

काठमाडौं, ७ असाेज । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज रूपैयाँ ५ अर्बको ट्रेजरी बिल बोलकबोल गर्दैछ । चालु आर्थिक वर्ष सुरु भएपछि सरकारले नयाँ ट्रेजरी बिलको बोलकबोलबाट रूपैयाँ २५ अर्ब आन्तरिक ऋण उठाइसकेको छ । कार्यालयका अनुसार यसदिन ९१ दिनकाे लागि रूपैयाँ ५ अर्ब बराबरको नयाँ ट्रेजरी बिल बोलकबोल हुँदैछ । यसका लागि दिउँसो ३ बजेसम्म अनलाइनबाट सहभागी हुन पाइने छ । यसकाे निष्कासन भाेलि हुनेछ । भदौ ३१ गते पनि १८२ दिनकाे ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट २.९९ प्रतिशत कायम… पुरा पढौ

सुनमा फेरि नयाँ रेकर्ड: तोलाको १ लाख ५९ हजार २ सय पुग्याे

काठमाडौं, ७ असोज । दिनदिनै सनको भाउले रेकर्ड कायम गरिरहेको छ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा आज रुपैयाँ ४ सयले भाउ बढेको जनाएको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । यसदिन छापावाल सुन तोलामा ४ सयले बढेर तोलाको १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो भाउ अहिलेसम्मै उच्च हो । यसअघि आईतबार छापावाल सुन तोलाको… पुरा पढौ