मुख्य समाचार

नेप्से ५७.०३ अंकले घट्याे, कारोबार ७ अर्ब ३६ करोडमा सिमित

काठमाडौं, ३१ भदौ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजार राताम्मै भएको छ । पछिल्लो क्रममा सेयर बजारमा भईरहेको नकारात्मक लयले लगानीकर्ताहरुलाई फेरि पर्ख र हेरको अवस्थामा पुर्याएको छ । वर्तमान सरकार गठन भएको भोलिपल्ट बाट उकालो लागेको सेयर बजारमा ३० अर्बको कारोबार भएको थियो । पुनः घट्दै घट्दै आज भने साढे ७ अर्बको नजिक पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा रहेको छ । नेप्सेमा २.१६ प्रतिशतले गिरावट… पुरा पढौ

महासभामा नेपालको प्रतिष्ठा तल पर्ने कुनै काम गर्दिनः प्रधानमन्त्री ओली

काठमाडौं, ३१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा आफूूले नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने स्पष्ट गरेका छन्। महासभामा उठाइने विषयमा आज प्रतिनिधिसभालाई जानकारी गराउँदै उनले राष्ट्रसङ्घको वडापत्रको पालना गर्दै अरुको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र अरुको हस्तक्षेप पनि स्वीकार नगर्ने नेपालको नीतिबारे स्पष्ट गराउने उल्लेख गरे। उनले नेपालको संविधान, लोकतान्त्रिक मान्यता, सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको पहिचान, न्यायोचित राष्ट्रिय हित र अन्तर्राष्ट्रिय प्रतिबद्धताका विषय राख्ने “विकास र… पुरा पढौ

१० कम्पनीले ७ दिनमा स्पष्टिकरण नदिए कालोसूचीमा राखिने

काठमाडौं, ३१ भदाै । सार्वजनिक खरिद अनुगमन कार्यालयले १० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्न लागेकाे सूचना प्रकाशन गरेकाे छ । विभिन्न १० वटा सार्वजनिक निकायले १० वटा निर्माण कम्पनीहरुकाे बारेमा गरेकाे सिफारीसको आधारमा कालोसूचीमा राख्न लागेकाे जनाइएकाे छ । कार्यालयले दिइएकाे अवधिमा कालोसूचीमा राख्नु नपर्ने कारणहरु केहि भएमा ७ दिनभित्र त्यसकाे स्पष्टीकरण पेश गर्न सूचनामा लेखिएकाे छ ।  यसअघि ३० दिनको समय दिएर कमपनीहरुकाे लागि स्पष्टीकरण दिन भनिएकाेमा कम्पनिहरुले जवाफ दिएका थिएनन् । जवाफ निदएकाेपछि कार्यालयले ७ दिनभित्र स्पष्टिकरण मागकाे… पुरा पढौ

सुदूरपश्चिम प्रदेशमा विद्युतीय ऊर्जाको खपत बढाउन अनुदानमा इन्डक्सन चुलो

कञ्चनपुर, ३१ भदौ। स्वदेशी विद्युतीय ऊर्जाको खपत बढाइ वातावरण सन्तुलित बनाउन सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा ४ हजार इन्डक्सन चुलो अनुदानमा उपलब्ध गराइने भएको छ । विद्युतीय चुलो प्रवद्र्धन परियोजनाअन्तर्गत सामाजिक चेतना सङ्घ (साडा) नामक संस्थाले चुलो उपलब्ध गराउन लागेको हो। सो संस्थाका कार्यक्रम संयोजक शङ्करदत्त अवस्थीले दार्चुलाको महाकाली, शैल्यसिखर, बैतडीको दशरथचन्द पाटन, डिलाशैनी, बझाङको केदारस्यु, जयपृथ्वी, डडेल्धुराको अमरगढी, अजयमेरु, भागेश्वर, परशुराम, गन्यापधुरा, नवदुर्गा, कैलालीको धनगढी, गोदावरी र कञ्चनपुरको भीमदत्त बेदकोट, शुक्लाफाँटा, बेलडाँडीलगायत कार्यक्रम सञ्चालनमा रहेका पालिकामा चुलो उपलब्ध गराउन लागिएको… पुरा पढौ

फेरी बढ्याे सुनको भाउ, तोलाको १ लाख ५७ हजार ३ सय

काठमाडौं, ३१ भदौ । सुनको भाउ लगातार बढिरहेको छ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेर अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ १५ ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको… पुरा पढौ

आँखुखोला जलविद्युतको हकप्रद बाँडफाँड, बाँकी साढे १७ लाख कित्ता सेयर लिलाम बिक्रीमा

काठमाडौं, ३१ भदाै । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडकाे हकप्रद सेयर बाँडफाँड गरिएकाे छ। कम्पनीले गएकाे असार ३१ गतेसम्म कायम रहेका सेयरधनीहरुका लागि १ बराबर १.५ काे रेसियाेमा जारी गरेकाे हकप्रद सेयर बाँडफाँड गरेको हो। साे सेयर रुपैयाँ १०० अंकित दरकाे १ करोड २० लाख कित्ता खुलाइएकाे थियाे । सो सेयरका लागि आवेदन पेश गरेका ४१ हजार ३६२ जनालाई १ करोड २ लाख ४९ हजार ७५२ कित्ता आइतबार बाँडफाँड गरिएकाे हाे । बाँडफाँड हुन बाँकी रहेकाे १७ लाख ५० हजार २४८… पुरा पढौ

चितवनमा ५ सय मेट्रिक टन मह बिक्री गर्न सकस

चितवन, ३१ भदौ । चितवनमा उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ । कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन गरेको महलाई ब्राण्डिङ गरेर बजारमा ल्याइएको हो । पूर्वी चितवनको कालिका –६ खोलेसिमल बजारमा पौडेलले आफूले उत्पादन गरेको महलाई ब्रण्डिङ गरी महघरमार्फत बिक्री सुरु गरेकाे जानकारी दिए। उनले वार्षिक छ टन मह उत्पादन गर्दै आएका छन् । उनले भने, “महले बजार नपाएर घर थन्किने अवस्था भयो । यसलाई व्यावसायिक बनाएर अघि बढ्न लागेको हुँ ।” प्रधानमन्त्री कृषि आधुनिकीकरण… पुरा पढौ

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

काठमाडौं, ३१ भदौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर रु पाँच र पेट्रोलमा प्रतिलिटर रु चारले भाउ घटाएको हो । भारतीय आयल निगमबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार भाउ घटेर आएकाले आजबाट लागू हुने गरी मूल्य घटाइएको नेपाल आयल निगमले जनाएकाे छ । नयाँ खरिद मूल्य प्राप्त भएपछि निगमको आजै बसेको सञ्चालक परिषद् बैठकले भाउ घटाउने निर्णय गरेको हो । निगमको डिपो कार्यालयबाट १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा… पुरा पढौ

देश मेरो हो भन्ने भावना जागृत गराउन जरुरी छ : मन्त्री भण्डारी

काठमाडौं, ३१ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार र देश मेरो हो भन्ने भावना जागृत गराउने गरी काम गर्नुपर्ने बताएका छन् । राष्ट्रिय व्यावसायिक पहल (एनबिआइ) को १८औँ वार्षिक साधारणसभामा उनले हरेक नागरिकमा सरकार कुनै दलको नभइ मेरो हो भन्ने भाव जागृत गर्नुपर्ने बताए। उनले भने, “एकअर्काप्रति अविश्वास गरेर मात्रै हुँदैन, राज्य, देश र सरकार मेरो हो भन्ने भावना जागृत गरे सबैको हित हुन्छ । सरकारप्रति विश्वास गरौँ ।” मन्त्री भण्डारीले निजीक्षेत्र बलियो नभएसम्म देशको अर्थतन्त्र बलियो… पुरा पढौ

आज मुस्लिम धर्मावलम्बीका लागि बिदा

काठमाडौं, ३१ भदौ । सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने भएको छ । गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ । ‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ । पुरा पढौ