मुख्य समाचार

अपर हेवाखोला हाइड्रोपावरको एजिएम आज

काठमाडौं, २६ असार । अपर हेवाखोला हाइड्रोपावरको साधारण सभा आज बस्दैछ । सभा तारकेश्वर पार्टी प्यालेस गौशाला काठमाडौंमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । यसपटक सभामा लाभांशकाे प्रस्ताव छैन ।  सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान, हर हिसाबका बारेमा छलफल गरि पारित गरिनेछ । यस्तै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककेा नियुक्ति र पारिश्रमिक ताेकिनेछ । सभााबाट सर्वसाधारण समूहतर्फका १ सञ्चालको चयन गरिनेछ । साथै स्वतन्त्र सञ्चालक चयनकाे प्रस्तावलाई अनुमोदन गरिने भएकाे छ ।  कम्पनीले साधारण सभाकाे प्रयोजनका लागि… पुरा पढौ

आज अमेरिकी डलर र यूरोको भाउ घट्यो

काठमाडौं, २६ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ घटेको छ । साथै युरोको भाउ पनि घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ २८ पैसा र बिक्रिदर… पुरा पढौ

चीन र श्रीलङ्कासँग डिजिटल कारोबार सम्झौताको अन्तिम तयारी हुँदैछ : गभर्नर अधिकारी

काठमाडौं, २६ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चीन र श्रीलङ्कासँग डिजिटल भुक्तानी कारोबारसम्बन्धी सम्झौता अन्तिम चरणमा पुगेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिसम्बन्धी अन्तरक्रियामा बोल्दै गभर्नर अधिकारीले चीनको ‘अलि पे’ र श्रीलङकाको ‘लंका पे’सँग डिजिटल भुक्तानी कारोबारका लागि निकट भविष्यमै सम्झौता हुने बताए । भारतसँग डिजिटल कारोबार सुरु भएसँगै कारोबार बढेकोसमेत उल्लेख गरे। नेपालमा भारतीय रुपैयाँ २५ हजारसम्म मात्र नगद बोक्न मिल्ने प्रावधान पाँच सयभन्दा ठूला दरका नोटका… पुरा पढौ

पुनःनिर्माणपछि आकर्षक बन्दैछ पाल्पा दरबार सङ्ग्रहालय

रामपुर (पाल्पा), २५ असार । ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको केही संरचनाको पुनः निर्माण अन्तिम चरणमा पुगेको छ । दरबारलाई थप पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने ध्येयले पुराना जीर्ण संरचनाको पुनःनिर्माण थालिएको थियो । लुम्बिनी प्रदेश सरकार , पुरातत्व विभाग र तानसेन नगरपालिकाको सहकार्यमा दरबार क्षेत्र परिसरमा ढुङ्गा छाप्ने, पर्खाल बनाउने र जीर्ण भएको मूलढोका पुनःनिर्माण जारी छ । दरबारको सुरक्षार्थ बनाइएको पर्खाल र यसभित्रको संरचनामा ढुङ्गा बिछ्याउने काम यस आर्थिक वर्षभित्रै सक्नेगरी धमाधम भइरहेको छ । पुन ः निर्माणक लागि… पुरा पढौ

काठमाडौं महानगरको नीति तथा कार्यक्रम र बजेट पारित

काठमाडौं, २६ असार । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । राष्ट्रियसभा गृहमा आज बसेको १५औँ नगरसभाको पाँचौँ बैठकबाट महानगरको नीति तथा कार्यक्रम र बजेट पारित गरिएको हो । बैठकमा नगरप्रमुख बालेन्द्र साहले पेस गरे संशोधित नीति तथा कार्यक्रम र बजेटलाई नगरसभा सदस्यले सर्वसम्मत पारित गरेका हुन् । बैठकमा नगरसदस्यले बजेटमाथि आ–आफ्नो धारणा राखे। नगरप्रमुख साहले नगरसदस्यले उठाएको विषय र सुझावलाई यथासम्भव समावेश हुने गरी बजेट र नीति तथा कार्यक्रम… पुरा पढौ

७८ वर्षयताकै सर्वाधिक वर्षा कञ्चनपुरमा ६२४.० मिलिमिटर

काठमाडौं, २६ असार । नेपालमा वर्षा मापन भएको ७८ वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा सर्वाधिक पानी परेको छ । यही असार २३ र २४ गते कञ्चनपुरको दोधारामा २००३ सालयताकै सर्वाधिक वर्षा भएको पाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरको दोधारा, हनुमान नगर र सुन्दरपुरमा २००३ सालयताकै बढी वर्षा भएको छ । यही असार २४ गते बिहान ०८ः४५ बजे मापन गरिएको प्रारम्भिक तथ्याङ्कअनुसार २४ घण्टाको अवधिमा दोधारामा ६२४.० मिलिमिटर, हनुमान नगरमा ५७३.६ मिलिमिटर… पुरा पढौ

कर्णाली प्रदेश सरकारको वार्षिक खर्च ६० प्रतिशत मात्रै

कर्णाली, २५ असार । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ मा वार्षिक खर्च प्रगति ६० दशमलव ३४ प्रतिशत गरेको छ । चालु आवमा प्रदेश सरकारले रु ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार बजेट ल्याएको थियो । प्रदेश सरकारद्वारा चालु आवका लागि विनियोजित कूल बजेटमा रु २० अर्ब १५ करोड ३९ लाख ७३ हजार एक सय ६२ (६० दशमलव ३४ प्रतिशत) खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका कायममुकायम प्रदेश लेखा नियन्त्रक दीपेन्द्र मगरातीले जानकारी दिनुभयो । जसमा… पुरा पढौ

नेप्से २१५२.१४ विन्दुमा उक्लियो, साढे ५ अर्बको कारोबार

काठमाडौं, २५ असार । सेयर बजारमा करेक्सन भएको भोलिपल्टै आज नेप्से उकालोको यात्रामा गएको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारले उकालोको यात्रा तय गरेपछि लगानीकर्ताहरुको मनोबल बढेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नयाँ मौद्रिक नीति आएपछि आशाका नयाँ चरणहरु शुरु हुने र बजारमैत्री नीतिको कारण सुधारका संकेतहरु देखिएको बताएका छन् । राष्ट्र बैंकको लचिलो नीतिको कारण बजारको माहोल सकारात्मक बन्ने अपेक्षामा रहेका लगानीकर्ताहरुको चहलपहल हुनुले मंगलबार नेप्सेमा १५.७९ अंकको बृद्धि भएको… पुरा पढौ

सहकारीका समस्या बारे रजिष्ट्रार र पूर्व रजिष्ट्रारसँग छलफल

काठमाडौँ, २५ असार । प्रतिनिधिसभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले संसद्ले दिएको कार्यादेशअनुसार आज सहकारी विभागका रजिष्ट्रार र पूर्वरजिष्ट्रारसँग छलफल गरेको छ । छलफलका क्रममा रजिष्ट्रार एवं पूर्वरजिष्ट्रारले नीतिगत, संरचनागत र प्रक्रियागत सुधार गरिनुपर्नेमा जोड दिएको समिति सचिव बबिता मिश्रले जानकारी दिइन् । समितिले सरोकार भएका निकायसँग कागजात मगाएर, ती निकायका कुरा सुन्ने, बुझ्ने लगायतका अध्ययन गरिरहेको उनले बताएकी छन। समितिले सहकारीका पीडितसँग समेत छलफलको तयारी गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको… पुरा पढौ

सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं, २५ असार । प्रतिनिधिसभाका सांसदहरूले बाढीपहिरोलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसद अनिता देवीले बाढीपहिराले देशका विभिन्न स्थानमा यातायात अवरुद्ध, पठनपाठन ठप्प, खेतीयोग्य जमिन पानीमा डुबानमा परेका बताउँदै यस्तो अवस्थामा सरकारले के गरिरहेको छ भनी प्रश्न गरे। सांसद अम्बरबहादुर रायमाझीले अविरल वर्षाका कारण उदयपुरका विभिन्न गाउँपालिकामा सडक र विद्युत् सेवा अवरुद्ध, खानेपानी, टेलिफोन सेवा बन्द भएकाबारे सरकारको ध्यानाकर्षण गराए। सांसद ईश्वरीदेवी न्यौपानेले बाढीपहिराले वितण्डा मच्चाएका बेला सरकारको नेतृत्व गरेका दलहरूको ध्यान सरकारको आयु लम्ब्याउनमा केन्द्रीत… पुरा पढौ