मुख्य समाचार

लायन्समा नयाँ सदस्यता वृद्धि : मिसन १.५ अभियान

काठमाडाैं, २७ असार । विश्वको सबैभन्दा ठुलो समाजिक संस्था लायन्स क्लब्स् इन्टरनेसनलले मानवीय सेवाकाे क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलिरहेकाे छ। धेरै सेवाका कार्यहरू सम्पन्न गर्न सेवाका हातहरू बढाउने लक्ष्य अनुरूप लायन्स इन्टरनेसनलले मिसन १.५ नाममा नँया सदस्यता वृद्धि गर्ने अभियानलाई प्राथमिकताका साथ अघि बढाइरहेकाे छ । यो अभियान २०२७ सम्म रहनेछ । साेही अनुरूप नेपालकाे मल्टिपल डिष्ट्रिक्ट ३२५ अन्तर्गतका १५ वटा डिष्ट्रिक्टले याे अभियानलाइ सफल बनाउन उत्तिकै प्राथमिकता दिएर कार्य गरिरहेका छन। क्लबहरूमा स्थायी सदस्यहरूको सङ्ख्या बढाउन र याे अभियानलाइ सफल… पुरा पढौ

केहि दिन मनसुन सक्रिय हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं, २७ असार । मौसम पूर्वानुमान महाशाखाले आजदेखि असार २९ गते बिहानसम्म मुलुकका अधिकांश क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कताका लागि आग्रह गरेको छ । महाशाखाका अनुसार हाल मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग÷सिमाना आसपास) रहेको छ । आज रातिबाट उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ । साथै भोलिदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ । यी… पुरा पढौ

मौद्रिक नीतिका सन्दर्भमा राष्ट्र बैंकलाई नाडाले दियाे यस्ताे सुझाब

काठमाडौं, २६ असार । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले नेपाल राष्ट्र बैंक समक्ष बिद्यमान अटोमोवाइल क्षेत्रका समस्याहरुलाई अवगत गराउँदै आगामी मौद्रिक नीतिको लागि सुझाबहरू दिएको छ । अटोमोवाइल क्षेत्रले नेपालको जिडिपिमा महत्वपूर्ण योगदान पुर्याइरहेकाे छ । यो क्षेत्रले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाखौं नेपालीहरुलाई रोजगार प्रदानगरी राष्ट्रिय विकासमा ठूलो भूमिका निभाउदै आएको छ । अटोमोवाइल सेक्टरमा आर्थिक सुस्ततासंगै अटो सेक्टरमैत्री नीतिको अभावले गर्दा सम्पूर्ण क्षेत्र नै संकटमा परिरहदा समग्र अटोमोवाइल बजारमा ६८ प्रतिशत गिरावट देखिएको छ । यो क्षेत्रले अहिले… पुरा पढौ

नेप्सेमा २३.२५ अंकको बृद्धि, पौने ६ अर्बको कारोबार

काठमाडौं, २६ असार । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजार उकालोको यात्रामा गएको छ । अघिल्लो दिन मात्रै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नीजि क्षेत्रसंगको छलफलमा नयाँ मौद्रिक नीति नीजि क्षेत्रमैत्री हुने बताएका थिए । नीजि क्षेत्रको अपेक्षा अनुसारकै मौद्रिक नीतिमा राष्ट्र बैंक रहेको जनाएको भोलिपल्टै आज नेप्से सकारात्मक लयमा देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २३.२५ अंकले बढेर २१७५.४० विन्दुमा उक्लिएको छ । नप्सेमा १.०८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.८२ अंकले… पुरा पढौ

धितोपत्र बोर्डले किन रोक्यो रिलायन्सको आईपीओ ?

काठमाडौं, २६ असार । नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ प्रणालीमार्फत जारी गर्न लागेको रिलायन्स स्पिनिङ मिलको आईपीओ रोकेकाे छ । रिलायन्सको वित्तीय विवरणलाइ आधार मानेर लेखा समितिले उठाएको प्रश्न तथा नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल बक्यौता तिर्न ताकेता गर्दै लाइन कटौती गरिदिएपछि बोर्डले तत्काल आईपीओ जारी प्रक्रिया रोक्ने निर्णय गरेको बताइएकाे छ । कंपनीद्वारा प्रकाशित वित्तीय विवरण र विद्युत महशुल बक्यौताका कारण उक्त कम्पनीको आईपीओ विवादमा आएको बताइएकाे छ । सार्वजनिक लेखा समितिले रिलायन्सको आईपीओमा जुन प्रश्न उठाएको छ, त्यो… पुरा पढौ

माछापुच्छ्रे बैँकको एटिएम मेसिन तोडफोड गर्ने दुईजना पक्राउ

काठमाडौं, २६ असार । माछापुच्छ्रे बैँकको एटिएम मेसिन तोडफोडको अभियोगमा दुईजना पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुढानिलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकस्थित मामाछापुच्छ्रे बैँकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा नुवाकोट किस्पाङ गाउँपालिका–१ घर भई हाल बुढानिलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले एटिएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई आज बिहान पक्राउ गरिएको जानकारी दिए। पुरा पढौ

चितवनमा सङ्घीय सरकारले विनियोजन गरेको पुँजीगत रकमकाे ७३ प्रतिशत खर्च

चितवन, २६ असार। सङ्घीय सरकारले जिल्लाका लागि विनियोजन गरेको पुँजीगत रकममध्ये ७३ दशमलव ८२ प्रतिशत खर्च भएको छ । जिल्लाको भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको रकममध्ये रु चार अर्ब ४१ करोड ६९ लाख ५३ हजार छ सय २४ खर्च भएको हो । सङ्घबाट पुँजीगत खर्चका लागि रु पाँच अर्ब ९८ करोड ३२ लाख ३५ हजार सात सय ८० विनियोजन भएकामा ७३ दशमलव ८२ प्रतिशत खर्च भएको जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख एकनारायण शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार… पुरा पढौ

सिटिजन्स बैंककाे संचालकमा बैकर अनिल ज्ञवाली नियुक्त

काठमाडाैं, २६ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको संचालकमा अनिल ज्ञवाली नियुक्त भएका छन। २०८१ आषाढ २४ गते सोमबार बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार ज्ञवालीलाई बैंकको संचालकमा नियुक्त गरेको हो ।नव नियुक्त संचालक ज्ञवालीसँग बैंकिंग क्षेत्रमा करिव साढे ३ दशक काम गरेकाे अनुभव छ। शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित ज्ञवालीले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सकेका छन। वाणिज्य बैंकमा सहायक प्रबन्धकबाट बैंकिंग पेशा शुरु गरेका उनीसँग नेपालका ठूला २… पुरा पढौ

बुधबार सुनको भाउ स्थिर, चाँदीमा गिरावट

काठमाडौं, २६ असार । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा सामान्य गिरावट भएको छ । यसदिन छापावाल सुनको भाउ स्थिर रहेर कारोबार भईरहेको छ भने चाँदीमा रुपैयाँ १५ ले गिरावट भई कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार पनि छापावाल सुन तोलाको १ लाख ४४ हजार १ सय… पुरा पढौ

नेपालमा टेलिअफ्थाल्मोलोजी’ परियोजना सुरू, आँखा उपचारको पहुँच बढाउने लक्ष्य

काठमाडौं, २६ असार । नेपाल नेत्रज्योति सङ्घले नूर दुबई फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा ‘टेलिअफ्थाल्मोलोजी’ परियोजना सुरू गरेको छ । सो परियोजनाले ‘टेलिअफ्थाल्मोलोजी’मार्फत नेपालको दुर्गम क्षेत्रका वासिन्दामा आँखा उपचारको पहुँच बढाउने लक्ष्य लिएको छ । तीन वर्षका अवधिमा सङ्घअन्तर्गतका १५ केन्द्रमार्फत परियोजनाले प्राथमिक हेरचाह, विशेषज्ञ परामर्श र तालिमसमेत प्रवाह गर्ने मङ्गलबार आयोजित कार्यक्रममा जानकारी दिइयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल, नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्त, नेपालका लागि युएईका राजदूत अबदुल्लाह अल सम्सी र… पुरा पढौ