मुख्य समाचार

एनएमबि लघुवित्तकाे साधारण सभा आज, यस्ता छन् एजेण्डा

काठमाडौं, २१ असार। एनएमबि लघुवित्त वित्तीय संस्थाको ११ औं वार्षिक साधारण सभा आज पोखरामा बस्दैछ । सभा होटल बाराही पोखरामा बिहान ११ः३० बजे डाकिएकाे छ। सभाबाट संस्थापक सेयरधनीहरुबाट १ जना र सर्वसाधारण सेयरधनीबाट २ जना सञ्चालक चयन गरिने भएकाे छ । यस्तै  स्वतन्त्र सञ्चालक र बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालक पनि चयन गरिने भएकाे छ।  सभाले अन्य उपयुक्त लागेका वित्तीय संस्थासँग मर्जरमा जाने भए त्यसकाे कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई… पुरा पढौ

गृहसचिव अर्यालद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन

काठमाडौं, २१ असार । गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे भएको छलफलमा उनले देशभर मनसुन भित्रिएसँगै हुनसक्ने विपद्जन्य घटना व्यवस्थापन गर्न आफ्ना जिल्लाका स्थानीय पालिकासँग सहकार्य एवम् समन्वय गरेर पूर्वतयारी अवस्थामा रहन निर्देशन दिए । प्रदेश सरकार, निजी क्षेत्र,सामाजिक संस्थाहरू परिचालनका निम्ति समन्वय गर्न एवं सडक… पुरा पढौ

सिटिइभिटीका विद्यार्थीलाई ऊर्जा मन्त्रालयका परियोजनामा सहभागी गराइने

काठमाडौं, २१ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद् (सिटिइभिटी)का विद्यार्थीलाई कार्यस्थलमा आधारित सीपमूलक तालिममा सहभागितासम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापछि सिटिइभिटी विद्यार्थीलाई ऊर्जा मन्त्रालयका परियोजनामा अप्रेन्टिससिप मोडेलमा सहभागी गराइनेछ । आज शिक्षामन्त्री सुमना श्रेष्ठ र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले सिंहदरबारमा आयोजित एक कार्यक्रममा उक्त समझदारीपत्रमा हस्ताक्षर गरे। सम्झौतापत्रमा हस्ताक्षरपछि शिक्षामन्त्री सुमना श्रेष्ठले हाम्रो शिक्षाले श्रम बजारको मागअनुसारको सीप दिन सक्नुपर्ने बताइन्। “सोह्रौँ योजनाले पनि ७०–३० अर्थात् ७०… पुरा पढौ

आगामी ३ दिन भारी वर्षाको सम्भावना

काठमाडौं, २१ असार । आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीनदिने मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको हो । कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । त्यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा तथा थोरै स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।… पुरा पढौ

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा न्यायाधीशबीच राय बाझियो, अब सुनुवाइ पूर्ण इजलासमा

काठमाडौं, २१ असार । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र सारङ्गा सुवेदीबीच उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने वा नपर्ने विषयमा राय बाझिएको छ । न्यायाधीशबीच राय बाझिएपछि उक्त विवाद अब तीन जना वा तीनभन्दा बढी न्यायाधीशसहितको पूर्ण इजलासमा सुनुवाइ हुनेछ । सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछाने संलग्नता रहेको देखिएको उल्लेख गर्दै अधिवक्ता अनुपम भट्टराइले गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेका थिए । निर्धक्क, निष्पक्ष र स्वतन्त्र भएर अनुसन्धान गर्न दिनुः न्यायाधीश मल्ल न्यायाधीश सपनाप्रधान… पुरा पढौ

ईयूको सहयोगमा क्रिएसनको १ करोड २० लाख अनुदान

काठमाडौं, २० असार । युरोपियन युनियन (ईयु) को सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट परियोजनाअन्तर्गत प्लास्टिकजन्य फोहरमैला उद्यम व्यवस्थापनका लागि रु एक करोड २० लाख बराबरको अनुदान रकम दिइने भएको छ । युरोपिएन युनियन (ईयु) को सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट परियोजनाअन्तर्गत तीन प्रदेशका छ निजीस्तरमा प्लास्टिकजन्य फोहरमैला उद्यमलाई सो अनुदान प्रदान गरिने परियोजनाका प्रमुख युनिस घिमिरले जानकारी दिए । वाग्मती प्रदेशबाट तीन, मधेस प्रदेशबाट दुई र लुम्बिनी प्रदेशबाट एक गरी जम्मा छ प्लास्टिकजन्य फोहरमैला उद्यम सञ्चालन गरिरहेका निजी संस्थालाई मूल्याकङ्नका… पुरा पढौ

निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिँदैछौँः मन्त्री बस्नेत

काठमाडौं, २० असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले निजी क्षेत्रलाई कानुनी व्यवस्थासहित विद्युत् व्यापारमा संलग्न गराउन लागिएको बताएका छन्। विनियोजन विधेयक, २०८१ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइका सम्बन्धमा सांसदहरुले उठाएको प्रश्नको जवाफमा मन्त्री बस्नेतले कानुनी व्यवस्था गरेर सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिका लागि आवश्यक व्यवस्था गर्न लागिएको जानकारी दिए। विद्युत् उत्पादनका क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएको निजी क्षेत्रलाई नेपालमा खपत भएर बढी हुने अतिरिक्त विद्युत् निर्यातका लागि अन्तरदेशीय विद्युत् व्यापारको अनुमति दिने प्रक्रिया अगाडि बढाइएको उनको भनाइ… पुरा पढौ

उकालो यात्रामा नेप्से, ६ अर्ब ४८ करोडको कारोबार

काठमाडौं, २० असार । ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार संचालनका लागि नयाँ समिकरण बनेपछि उकालो लागेको सेयर बजारको यात्राले निरन्तरता पाएको छ । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार पनि नेपाली सेयर बजारमा देखिएको सकारात्मक लयले लगानीकर्तामा उत्साह थपिएको छ भने कुल कारोबार पनि उत्साहजनक भईरहेको छ । नयाँ अर्थमन्त्रीमा बजारमैत्री र बजारले रुचाएका पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल नयाँ गठबन्धनबाट सरकारको अर्थमन्त्री बन्ने चर्चा चलेसंगै अर्थ बजार उकालोतर्फ गईरहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार… पुरा पढौ

किन घट्दैछ वीरगञ्ज भन्सारको राजस्व ? (आलेख)

वीरगञ्ज, २० असार । मुलुकको सबैभन्दा ठूलो व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयबाट हुने आयात खुम्चिएसँगै राजस्व सङ्कलन पनि उत्साहजनक देखिएको छैन । यो कार्यालय हुँदै चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा रु पाँच खर्ब ५२ अर्ब ९५ करोड रकम बराबरको वस्तु तथा सामान आयात भयो । जबकि गत वर्षको सोही अवधिमा भने रु छ खर्ब ४४ अर्ब छ करोड बराबरको आयात भएको थियो । चालु आवको ११ महिनामा मात्रै गत आवको सोही अवधिको तुलनामा १४ दशमलव १५ प्रतिशत अर्थात् रु… पुरा पढौ

दीर्घकालीन असर पर्ने काम नगर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह

काठमाडौं, २० असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन ध्यानाकर्षण गरेको छ । एमाले महासचिव शङ्कर पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा एमालेले विश्वासको मत फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हुँदा दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरिएको जनाएको हो । संसद्का दुई ठूला दल एमाले र नेपाली कांग्रेसबीच एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न यही असार १७ गते समझदारी भई असार… पुरा पढौ