समाचार

निषेधाज्ञाकाे निर्णय गरेसँगै नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड

काठमाडौं, १४ वैशाख । काठमाडाैंकाे गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो । अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका सार्वजनिक यातायात सोमबारको उक्त निर्णयसँगै भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन् । काठमाडौका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबार दुई दिन यात्रुलाई घर… पुरा पढौ

लागूऔषध किन्न टेलिकमको तार चोर्ने पक्राउ

झापा, १४ वैशाख । मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–७ को नयाँ बसपार्क क्षेत्रमा नेपाल टेलिकमको केबुल तार चोरी भएपछि विगत एक सातादेखि पूर्वीनाका काँकडभिट्टाका १५० टेलिफोन अवरुद्ध भएका छन् भने इन्टरनेट सेवा बन्द छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालका अनुसार नेपाल टेलिकमको केवल तार चोरी गर्ने गिरोहका दुई जना भारतको पानीट्याङ्कीबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मेचीनगर–६ का १६ वर्षीय एक… पुरा पढौ

ब्राउनसुगरसहित दुई युवा पक्राउ

उदयपुर, १४ वैशाख । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित गाईघाट बजारबाट ब्राउनसुगरसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ब्राउनसुगरसहित पक्राउ पर्नेमा त्रिनपा–३ मिलनचोकका ३४ वर्षीय श्यामकुमार चौधरी र सोही स्थान बस्ने अर्का २८ वर्षीय रेवत खातीलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बेलुकी त्रिनपा–३ को मिलनचोकको एक स्थानमा ब्राउनसुगर कारोबार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले सम्बन्धित स्थानमा छापा मार्दा २०० ग्राम ब्राउनसुगरसहित दुई युवालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको प्रहरीले बताएको छ ।… पुरा पढौ

काठमाडौं उपत्यकामा बिहीबारदेखि १ साता निषेधाज्ञा, अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द

काठमाडौं, १३ बैशाख । काठमाडौं उपत्यकाका ३ जिल्लामा बैशाख १६ गते बिहीबार बिहान ६ बजेदेखि २२ गते राती १२ बजेसम्मका लागी निषेधाज्ञा जारी भएकाे छ । उक्त समयमा अत्यावश्यक बाहेकका सबै सेवा र यातायात बन्द हुनेछन । काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको सोमबार बसेको बैठकले उपत्यकामा कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएकाे छ। प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको आदेश अनुसार वैशाख १६ देखि एक हप्तासम्म खाद्य… पुरा पढौ

मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव पेस

पोखरा, १३ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेस गरिएको छ । प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत सोमबार बसेको प्रदेशसभाको बैठकको सुरुमै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदस्य दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले अविश्वासको प्रस्ताव पेस गरेका हुन् । अविश्वासको प्रस्ताव पेस गर्दै काँग्रेसका पोखरेलले मुख्यमन्त्री गुरुङले प्रदेशको विकास गर्न नसकेको आरोप लगाए । करिब दुइतिहाई नजिकको सरकारले जनभावना विपरीत काम गरेको भन्दै यसको असर प्रदेशमा परेकोले आफूहरु बाध्य भएर अविश्वासको प्रस्ताव पेस गरेको उनको भनाइ छ ।… पुरा पढौ

अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, १३ वैशाख  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो । मन्त्रालयका वरिष्ठ सहायक प्रशासक डा समीरकुमार अधिकारीले भारतमा सङ्क्रमणको अवस्था खराब भई अक्सिजन नपाएर सङ्क्रमितको मृत्यु भइरहेकाले नेपालमा पनि त्यस्तो अवस्था नआओस् भन्नाका लागि त्यस्ता उद्योगधन्दा केही समय बन्द गर्न… पुरा पढौ

‘सरल, शालीन र सादगी जीवन मनमोहनका गुण’

काठमाडौं, १३ वैशाख । प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २२ औँ स्मृति दिवसका अवसरमा आज ललितपुरस्थित मनमोहन स्मृति प्रतिष्ठानमा श्रद्धाञ्जलि व्यक्त गरिएको छ । उपप्रधानमन्त्री एवं नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेललगायतले सो स्थानमा पुगी पार्टीका तत्कालीन अध्यक्षप्रति श्रद्धाञ्जलि व्यक्त गरे । कोभिड–१९ को महामारीका कारण उनको स्मृतिमा थप कार्यक्रम आयोजना गरिएको छैन । सो प्रतिष्ठानका अध्यक्ष पोखरेलले नेता अधिकारीले स्थापना गरेका आदर्श, सिद्वान्त र मूल्यमान्यता कम्युनिष्ट पार्टीका हरेक सदस्यका लागि आज पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको बताए… पुरा पढौ

संगम माविको अभिभावक भेटघाट तथा घरदैलो कार्यक्रम

पोखरा, १३ बैशाख । अन्नपूर्ण गा.पा. वडा नं. ६,चन्दक्रोटमा अवस्थित संगम माध्यमिक विद्यालयले अभिभावक भेटघाट तथा घरदैलो अभियानको शुरुवात गरेको छ । बर्षेनी विद्यार्थी संख्या घट्दै गएपछि विद्यालय व्यवस्थापन समितिको निर्णयानुसार विद्यालयले अभिभावक भेटघाट तथा घरदैलो कार्यक्रम गरेको बताइएको छ । अभियानमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयमा अध्यापनरत शिक्षक–शिक्षिकाहरु एवम् स्थानीय बुद्धिजीविहरुको सहभागिता रहेको थियो । अभियानमा सहभागीहरुले अन्नपूर्ण–६, लुम्लेमा रहेका अभिभावकहरुको टोलटोलमा गई आगामी शैक्षिक सत्रदेखि विद्यालयमा सञ्चालन गरिने २२ बुँदे सुधार योजनाबारे जानकारी गराइएको थियो । उक्त अवसरमा… पुरा पढौ

पलाञ्चोक भगवती मन्दिर अनिश्चितकालका लागि बन्द

बनेपा, १३ वैशाख । कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि बढ्दै गएकाले सर्वसाधारणको भिडभाड हुन नदिन पलाञ्चोकमा रहेको पलाञ्चोक भगवती मन्दिरमा अनिश्चितकालका लागि पूजा र दर्शन गर्न रोक लगाइएको छ । पाँचखाल नगरपालिकाले आइतबारदेखि नित्य पूजा बाहेकका अरु अन्य पूजापाठलगायतका सम्पूर्ण क्रियाकलाप बन्द गरेको हो । नगरपालिका प्रमुख महेश खरेलले विश्वभरि फैलिँदै गएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण नेपालमा समेत बढ्दै गइरहेको र मठमन्दिरमा दर्शनार्थीको भिडले कोरोना सङ्क्रमणको जोखिम अझै बढ्ने सम्भावना भएकाले नगरपालिकाको नगरस्तरीय विपद् व्यवस्थापन समितिको यही वैशाख १०… पुरा पढौ

सार्वजनिक कार्यक्रममा सहभागी नहुन आग्रह

काठमाडौं, १३ वैशाख । सरकारले सार्वजनिक समारोह र सार्वजनिक स्थलमा कार्यक्रम नगर्न तथा नगराउन तथा सहभागी नहुन आग्रह गरेको छ । सबै व्यक्तिलाई सामाजिक उत्तरदायित्व निर्वाह गरी संवेदनशिल बनिदिनुहुन तथा सार्वजनिकस्थलमा कुनै गतिविधि भए खबरदारी सहित कारबाहीको दायरामा ल्याउन आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचना मार्फत व्यक्ति व्यक्तिबाट गर्न सक्ने भूमिकाबाट कसैलाई पनि विचलित हुन नदिन र खबरदारी गर्न अनुरोध गरेको छ । मन्त्रालयले आमसञ्चारमा समाचार पढ्दा, अन्तर्वार्ता लिँदा वा कुनै पनि कार्यक्रमका समाचार बनाउँदा मास्कको… पुरा पढौ