समाचार

पूर्वतयारी भए विपद्काे प्रभावकारी प्रतिकार्य गर्न सकिने : गुरूङ

गण्डकी, १२ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्भावित विपद्का बारेमा सामुदायिक सचेतनाका साथै पूर्वतयारी र चुस्त व्यवस्थापन भए मात्र विपद्लाई सफलतापूर्वक सामना गर्न प्रभावकारी प्रतिकार्य गर्न सकिने बताए । भूकम्प स्मृति दिवसका अवसरमा आज जारी सन्देशमा उनले गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको बारपाकलाई केन्द्रविन्दु बनाएर २०७२ साल वैशाख १२ गते बिहान ११ः५६ बजे गएको भूकम्पका र त्यसपछिका पराकम्पका कारण देशले ठूलो जनधनको क्षति बेहोर्नुपरेको उल्लेख गरेका छन् । उक्त कहालिलाग्दो दिन र त्यसपश्चात् सिर्जना भएको भयावह अवस्थाको दुःखका साथ… पुरा पढौ

‘जसरी हुन्छ जनतालाई बचाऔं’

काठमाडौ‌‌, १२ वैशाख प्रतिनिधिसभा सदस्यले जनताको जीवन रक्षा पहिलो ‍प्राथमिकता भएकाले कोभिड–१९ नियन्त्रणका सबै संयन्त्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले विगतबाट पाठ सिकेर कमजोरी हटाउँदै स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरी नागरिकको जीवनरक्षामा लाग्न संसदीय समितिमार्फत आह्वान गरेका हुन । “कानून निर्माता हामीले जनतालाई बचाउन के गर्ने हो, त्यो हेरौँ, अब हाम्रो एउटै उद्देश्य हुनुपर्छ, कसरी हुन्छ जनतालाई बचाऔँ भन्ने, त्यसमा सांसदको भूमिका के हुने, संसदीय समितिले कसरी योगदान दिने”, नेकपा (एमाले)का सदस्य नवराज सिलवालले भने, “त्यसतर्फ समितिको ध्यान… पुरा पढौ

प्रधानमन्त्रीद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

काठमाडौं, १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । प्रधानमन्त्रीले आज ट्वीट गर्दै नेपाल, मलेसिया र नेदरल्याण्डसबीच सम्पन्न त्रिदेशीय अन्तरराष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएकाेमा बधाई दिएका हुन । शनिबार सम्पन्न नेपाल र नेदरल्याण्डसबीच भएको फाइनल प्रतियोगितामा नेपाल विजयी भएको थियो । “नेपालले नेदरल्याण्डसलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार विजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टीमलाई हार्दिक बधाई”, ट्वीटमा लेखिएकाे छ । पुरा पढौ

त्रिशूलीमा खस्दा दुई मजदुर बेपत्ता, तीनको उद्धार

चितवन, १२ वैशाख । भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशूलीमा खस्दा दुई बेपत्ता भएका छन् । तीन जनाको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान ९ बजेतिर पुलमा काम गर्दै गर्दा फलामसहित मजदुर खसेका थिए । दुई जना त्रिशूलीमा बेपत्ता भएको र फलामले च्यापिएका तीन जनाको उद्धार गरिएको उहाँले जानकारी दिए । उद्धार गरिएकालाई उपचारका लागि भरतपुरतर्फ ल्याइँदै गरेको छ । बेपत्ताको खोजी थालिएको छ ।… पुरा पढौ

हुम्ला भित्रिने मुख्य नाकामा कडाइ, सर्वसाधारण चिन्तित

सिमकोट, १२ वैशाख । जिल्ला प्रवेश गर्ने मुख्य नाका सिमकोट विमानस्थल र तीनवटा अन्य पैदलमार्गका नाकामा कडाइका साथ निगरानी बढाइने भएको छ । हुम्ला प्रवेश गर्ने मुख्य स्थान नेपालगञ्ज र सुर्खेतमा कोरोना भाइरसको प्रकोप बढेपछि जिल्लामा सावधानी अपनाउने निर्णय गरिएको हो । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसबाट बच्नका लागि कडाइसाथ सावधानी अपनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । यसका लागि सिमकोट विमानस्थलमा एक चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मी सम्मिलित टोलीले कडा निगरानीका साथ जाँच गर्ने गर्ने… पुरा पढौ

गोरखा भूकम्पको छैटौं स्मृति दिवस मनाइँदै

काठमाडौं, १२ वैशाख । छ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको छैटौँ स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यशाला गोष्ठीको आयोजना गरेको छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिने र त्यसमाथि विज्ञले टिप्पणी गर्नुहुने कार्यक्रम रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए । विसं २०७२ वैशाख १२ गते शनिबार मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको ७.६ रेक्टर स्केलको भूकम्प… पुरा पढौ

पद्म नर्सिङ होमको साधारण सभा सम्पन्न

पोखरा, ११ बैशाख । पद्म नर्सिङ होम प्रा लि को साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । संस्थाको २२औं, २३औं, २४औं र २५औं साधारण सभा सिटी स्क्वायरको सभा हलमा सम्पन्न भएको हो । सभामा पद्म नर्सिङ होमका कार्यवाहक अध्यक्ष तथा प्रवन्ध निर्देशक डा. यज्ञमान शाक्यले कम्पनीको आ.व. २०७३ -७४ देखि २०७६-७७ सम्मको वर्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सो प्रतिवेदन सर्वसम्मतले परित भएको थियो । सभाले आ.व. २०७७-७८ को लागि कम्पनीको लेखापरीक्षकमा एल.भट्टराई एण्ड एशोसियट्सका लिला भट्टराईलाई नियुक्त गरेको… पुरा पढौ

सञ्चारिका समूहद्वारा पत्रकार पौडेल र काफ्ले सम्मानित

पोखरा, ११ वैशाख । सञ्चारिका समूह गण्डकीले पत्रकार सुष्मा पौडेल र प्रतीक्षा काफ्लेलाई पुरस्कृत गरेको छ । सञ्चारिका पत्रकारिता पुरस्कारबाट समूहकी पूर्व अध्यक्ष समेत रहेकी पत्रकार पौडेललाई नगद २५ हजार १ सय रुपैयाँ सहित सम्मान गरिएको हो । यस्तै, गुरुङ ब्यूटी एकेडेमी अवार्डबाट कान्तिपुरमा कार्यरत काफ्लाई नगद १० हजार १ सय रुपैयाँसहित सम्मान गरिएको हो । पोखरामा शनिबार आयोजित समारोहमा गण्डकी प्रदेश उपसभामुख सिर्जना शर्माले उनीहरुलाई सम्मान गर्दै पत्रकार महिलाहरु पुरुषसरह अगाडि बढ्दै गएकोमा खुसी व्यक्त गरिन् । दुवै पुरस्कार… पुरा पढौ

धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो – प्रधानमन्त्री

काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहरा निर्माण सम्पन्न हुँदा खुशी अनुभव भएको बताएका छन्। ६ वर्षअघिको भूकम्पले भत्किएको धरहरा नजिकै बाहिरी आवरण उस्तै देखिने धरहरा निर्माणपछि आज आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले इतिहाससँग जोडिएको ऐतिहासिकस्थल पुनःनिर्माण हुनु देशकै लागि गौरवको विषय भएको बताए । “इतिहास झल्कने, आधुनिकता टल्कने गरी धरहरा पुनःनिर्माण भएको छ, सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो, आइफल टावरमा जस्तै हावा… पुरा पढौ

आगलागीमा आठ घर जले

लहान, ११ वैशाख । सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिका– २ पर्सा टोलमा आगलागी हुँदा करीब ५० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको छ । स्थानीय रवीन्द्र साहको घरबाट गएराति अचानक सल्केको आगो फैलिएर आगलागी हुँदा सचिन्द्र, वीरेन्द्र, आनन्द , लाले , धीरेन्द्र , लछुराम र रामलोचन साह लगायतको आठ घर जलेर खरानी भएको प्रहरीले जनाएको छ । आगलागीमा परी आन्नपात, गरगहना, लत्ताकपडा, नगद, राईस मिललगायतका सम्पूर्ण सरसमान जलेर नष्ट हुँदा सो परिमाणको क्षति भएको लक्ष्मीपुर गाउँपालिका– २ का वडाध्यक्ष धर्मेन्द्र राय… पुरा पढौ