समाचार

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

पोखरा, २ वैशाख । गण्डकी प्रदेश सरकारको चालू सातौं अधिवेशन अन्त्य भएको छ ।मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश सरकारले नेपालको संविधान धारा १८३ को उपधारा (२) बमोजिम प्रदेशसभाको चालु अधिवेशन वैशाख १ गते मध्यरातदेखि अन्त्य गरेको हो ।चालु अधिवेशन २०७७ चैत २५ देखि सुरु भएको थियो । मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी हुँदा सरकारले संसद अधिवेशन अन्त्य गरेको हो । राष्ट्रिय जनमोर्चा नेपालले सरकारलाई दिँदै आएको समर्थन बुधबारदेखि फिर्ता लिने निर्णय गरेपछि गुरुङ सरकार धरापमा परेको छ । नेकपा एमाले… पुरा पढौ

राष्ट्रिय मेयर सम्मेलन, ६ बुँदे पोखरा घोषणापत्र जारी

पोखरा, २ वैशाख । पोखरामा स्थानीय तहका प्रमुखहरूको प्रथम राष्ट्रिय मेयर सम्मेलन भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा २ दिनसम्म भएको सम्मेलनले १६ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनपछिको अवधिका सिकाइ, समस्या र आगामी योजनाबारे छलफल गरी आगामी दिनमा के–कस्ता रणनीतिहरू अपनाउने भन्ने विषयमा घोषणापत्र जारी गरिएको पोखरा महानगर प्रमुख मानबहादुर जिसीले बताए । उनका अनुसार सम्मेलनबाट जारी घोषणापत्र देशका ७५३ वटै पालिकामा इमेलमार्फत पठाएर सुझाव सङ्कलन गरी वैशाख १० गते अन्तिम… पुरा पढौ

मापदण्डविपरीत पशु ढुवानी गर्ने ३६ सवारी कारवाहीमा

भरतपुर, २ वैशाख  । चितवनमा मापदण्डविपरीत पशु ढुवानी गर्ने ३६ सवारी साधन कारवाहीमा परेका छन् । चालु आर्थिक वर्षको हालसम्म ३६ सवारी साधनले मापदण्डविपरीत पशु ढुवानी गरेको पशु क्वारेन्टाइन चेक पोष्ट रामनगर चितवनका प्रमुख डा कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार चालु आव २०७७-०७८ को भदौमा चार, असोजमा आठ, कात्तिकमा दुई, मङ्सिरमा दुई, पुसमा नौ, माघमा पाँच र फागुनमा छ वटा सवारी साधन कारवाहीमा परेका छन् । मापदण्डविपरीत ढुवानी गर्ने व्यक्ति वा फार्मलाई दण्ड वा जरिवाना गरेवापत चालु आवको… पुरा पढौ

भारतको पश्चिम बङ्गालको निर्वाचनका लागि पूर्वी नाका सिल

झापा, २ वैशाख । भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको बताए । उनका अनुसार सो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइएको छ । पुरा पढौ

लोकपर्व जुडशीतल मनाइँदै

जनकपुरधाम, २ वैशाख । मिथिलाञ्चलमा आज लोकपर्व जुडशीतल हर्षोल्लासपूर्वक मनाइँदैछ । यस पर्वलाई विशिष्ट कृषि संस्कृति मानिएको छ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरूवा पर्व भनी मनाउने गरेको छ । वस्तुतः दुवै पर्वको उद्देश्य सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान गर्नु रहेको छ । मिथिलाञ्चल मुख्यतः कृषि प्रधान क्षेत्र भएकाले यहाँ मनाइने चाडपर्वमा कृषि संस्कृतिको प्रभाव देखिन्छ । फलतः यस पर्वमा पनि कृषि कर्मबाट उत्पादित उत्पादनको प्रयोग उदाहरणीय एवं… पुरा पढौ

भानुभक्त प्राणी उद्यानमा १६ प्रजातिका चरा फेला

दमौली, २ वैशाख । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानमा १६ प्रजातिका चराचुरुङ्गी फेला परेका छन् । वन्यजन्तु सप्ताहको अवसरमा भएकाे अवलाेकनमा प्राणी उद्यानभित्र पर्ने जङ्गलमा १६ प्रजातिका चरा फेला परेका हुन् । त्यसक्रममा थप चार प्रजातिका चराहरुको आवाज पहिचान गरिएको प्राणी उद्यानका संरक्षण अधिकृत रुपक महर्जनले जानकारी दिए । पहिचान भएका चराहरुको फोटोसहित रेकर्ड राखिएको छ । गत वर्ष हिउँदको समयमा यसै क्षेत्रमा १४१ प्रजातिका चराहरु रेकर्ड गरिएको थियो । “गर्मी समयमा पाइने विभिन्न चराहरुको अवलोकन गरी तिनको तथ्याङ्क… पुरा पढौ

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले शुक्रबार विश्वासको मत लिने

कर्णाली, २ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् । उनले प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै नेपालको संविधानको धारा १८८ को (२) बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरे । कर्णाली प्रदेशसभामा ठूलो दल नेकपा एमालेले नेकपा (माओवादी केन्द्र) नेतृत्वको प्रदेश सरकारलाई यसअघि दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिनुपर्ने बाध्यता आइपरेको हो । एमाले संसदीय दलको बैठकले यही चैत ५ गतेदेखि प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता… पुरा पढौ

जात्रामय बन्यो भक्तपुर र थिमि, बिस्का जात्रामा हजारौँको भीड

भक्तपुर, १ वैशाख : नयाँ वर्षको दिन भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का जात्रा हेर्न आज विभिन्न जिल्लाबाट सर्वसाधारणको भीड लागेको छ । परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्का जात्रा बुधबार बिहानैदेखि शुरु भएको छ । जात्रा हेर्न भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायतका बिभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ । जात्राको चौथो दिन चैत ३१ गते अर्थात् पुरानो वर्षको बिदाइको पूर्वसन्ध्यामा भक्तपुर नगरपालिका–५ योसिङ्खेलमा ५५ हात लामो लिङ्गो ठड्याउने परम्परा भए पनि यसवर्ष आज दिउँसोसम्म पनि लिङ्गो उठाउन सकेको छैन । हिजो साँझदेखि… पुरा पढौ

मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार धरापमा, राजमोकाे समर्थन फिर्ता

पोखरा, १ वैशाख । गण्डकी प्रदेश सरकारलाई चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले दिँदै आएको समर्थन फिर्ता लिएको छ । पार्टी अध्यक्ष अध्यक्ष चित्रबहादुर केसीले बुधबार प्रेस वक्तव्य नै जारी गरेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका हुन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रेस वक्तव्य उल्लेख छ । जनमोर्चाले यसअघि प्रतिनिधिसभा विघटन गरेका केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको घोषणा गरे पनि गुरुङ… पुरा पढौ

जनतामा आशा जगाउने काम भएको छ: प्रम ओली

काठमाडौं, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतामा आशा जगाउने ढंगले काम गरिरहेको दाबी गरेका छन् । नयाँ वर्ष २०७८ को अवसरमा बुधवार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् । उनले प्रतिकूलताका बावजुद विगत वर्षमा सरकारले जनताको विश्वास जितेको र नयाँ वर्षमा पनि केही उल्लेख्य काम गर्ने बताए । उनले निर्दिष्ट लक्ष र गन्तव्यका साथ काम गरिरहेको समेत बताए । ‘जनतामा आशा जगाउने काम गरेका छौं, जनतामा असन्तुष्टि भड्काउने प्रयास भएपनि सरकार त्यसबाट किँचित… पुरा पढौ