समाचार

वैशाख ११ गते धरहरा उद्घाटनको तयारी हुँदै

काठमाडौं, ३१ चैत । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गोरखा भूकम्पको छ वर्षका अवसरमा ऐतिहासिक सम्पदा धरहरा उद्घाटनको तयारी भएको बताएका छन । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले आयोजना गरेको भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रमको समापनमा उनले भूकम्प सङ्ग्रहालयलगायत संरचना पुनःनिर्माण बाँकी रहे पनि प्रतीकका रुपमा धरहरा आगामी वैशाख ११ गते उद्घाटन गरिने जानकारी दिए । भूकम्पले भत्किएका ९३ प्रतिशत घर पुनःनिर्माण सम्पन्न हुन लागेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए । भूकम्पले क्षतिग्रस्त ६१ प्रतिशत स्वास्थ्य संस्था,… पुरा पढौ

राष्ट्रिय सुरक्षाका लागि कूटनीतिक चातुर्य र आन्तरिक सुरक्षामा जोड

काठमाडौं, ३१ चैत । मुलुकको राष्ट्रिय सुरक्षा प्रवद्र्धनका लागि कूटनीतिक चातुर्य, आर्थिक विकास, सुरक्षा बलको सुदृढीकरण, कानूनी संरचना आलोचनात्मक नागरिक समाज, आकस्मिक तयारीलगायत विषयमा ध्यान दिनुपर्नेमा बुद्धिजीवीहरुले जोड दिए । आर्मी कमाण्ड एण्ड स्टाफ कलेज, शिवपुरी, काठमाडौँका आयोजनामा आज कलेजमा आयोजित ‘सङ्क्रमणकालमा राष्ट्रिय सुरक्षा चुनौतीहरु तथा नेपालका लागि अगाडिको बाटो’ विषयको राष्ट्रिय गोष्ठीमा उनीहरुले आन्तरिक सुरक्षा, स्वच्छ कर्मचारीतन्त्र, स्वस्थ्य मिडिया तथा शान्तिसेना र अन्य अन्तरराष्ट्रिय संस्थासँगको सहभागितामा जोड दिनुपर्ने सुझाव पनि दिए । राष्ट्रिय सुरक्षामा सेनाका अलावा राजनीतिक, आर्थिक तथा… पुरा पढौ

नयाँ कोराेना भाइरस पहिलेको भन्दा कडा, सतर्कता अपनाउन विज्ञकाे सुझाव

काठमाडौं, ३० चैत । कोभिड–१९ को नयाँ स्वरुपको भाइरस देखापरेपछि सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । पहिलेको भन्दा कडा खालको भाइरस रहेकाले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले अहिले देखिएको भाइरसले कडा खालको रहेकाले सर्तकता अपनाउन आग्रह गरे । “पहिल्यैकै भाइरसको नयाँ स्वरुपमा अहिलेको भाइरस देखिएको छ । यसको अर्को मानिसमा सार्न सक्ने क्षमता पनि बढी हुन्छ”, उनले भने, “त्यसैले स्वास्थ्यकाे मापदण्ड अपनाई भाइरस सर्नबाट बच्नुपर्दछ ।” भाइरसको… पुरा पढौ

अहिलेको मिसन ओली सरकार हटाउने हो: डा. कोइराला

पोखरा, ३० चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले देशलाई निकास दिन कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले पोखरामा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले सो कुरा बताएका हुन् । उनले संसदलाई काम नदिएर अनिर्णयको बन्दी बनाउने ओली सरकारलाई अब धेरै दिन राख्न नहुने बताए । उनले आगामी मंसिर वा चैतभित्र निर्वाचन गराउने गरी सबै दलको सरकार गठन हुनुपर्ने समेत बताए । नेकपा भित्रको विवादले नेपालको राजनीतिमा अस्थिरता आएको बताउँदै उनले… पुरा पढौ

पोखरामा गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी

पोखरा, ३० चैत । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी पोखरामा जारी छ । गोष्ठीको गृहमन्त्री रामबहादुर थापा बादलले उद्घाटन गरे । गोष्ठीमा प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित चारैसुरक्षा निकायका प्रमुखहरुको सहभागितामा छ । उनीहरुले सम्बन्धित जिल्लाको सुरक्षा स्थितिबारे जानकारी गराउँदै आफ्नो जिल्लामा शान्ति सुरक्षा मजबुद रहेको जनाएका छन् । गृहमन्त्री रामबहादुर थापा बादलले आगामी राजनीतिक समीकरणका कारण शान्ति सुरक्षामा पर्ने असरप्रति सजग रहन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् । गृह मन्त्रालय र गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन… पुरा पढौ

करेन्ट लागेर दम्पत्तीको मृत्यु

मकवानपुर, ३० चैत । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–९ शान्तिचोकमा आज बिहान करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ३५ वर्षीय समीर पाख्रिन र उनको श्रीमती ३० वर्षीया अन्सु पाख्रिन रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) जयश्वर रिमालले बताए । उनका अनुसार बिहान ९ बजे पाख्रिन दम्पतीले आफ्नो घरको मिटर बक्समा झोलिएको तारलाई फलामको डण्डीले उठाउन खोज्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरुको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक… पुरा पढौ

विद्यालय बन्द नगर्न सरकारलाई सुझाव

काठमाडौं, ३० चैत । कोरोना सङ्क्रमणको जोखिमबाट बच्न भन्दै विद्यालय बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज आयोजना गरेको छलफलमा सरोकारवालाले कोरोना सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न सुझाव दिएका हुन् । नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोककुमार ब्यान्जू श्रेष्ठले कोरोनाको महामारी देखाएर केन्द्र सरकारले विद्यालय बन्द गर्न निर्णय नगरी स्थानीय सरकारलाई जिम्मा दिनुपर्ने बताए । उनले कोरोना सङक्रमणको जोखिम कुनै ठाउँमा प¥यो भन्दैमा केन्द्र सरकारले सबै ठाउँका विद्यालय बन्द गर्न… पुरा पढौ

पोखरा जेसीज ४७ औं वर्षमा प्रवेश

पोखरा, ३० चैत । पोखरा जेसीज ४६ औ वर्ष पूरा गरी ४७ औ वर्षमा प्रवेश गरेको छ ।सन् १९७५ मा स्थापित भई सक्रिय युवा नागरिकहरुलाई विधिको शासन, विश्व बन्धुत्व, आर्थिक न्याय र मानवताको सेवासँग समाहित गर्दै युवाहरुमा नेतृत्व र व्यक्तित्व विकास गरी समाजमा योग्य नागरिक स्थापित गर्न पोखरा जेसीज सक्षम रहेको छ । प्रमुख अतिथि पोखरा जेसीजका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले शुभकामना व्यक्त गर्दै जेसीजले असल व्यक्ति बन्न सिकाउने, एउटा जिम्मेवार नागरिकले आफ्नो… पुरा पढौ

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं, ३० चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज दिउँसो २ बजे बोलाइएको बैठक स्थगित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको आज बिहान चितवनको रत्ननगरमा निधन भएपछि बैठक स्थगन गरिएको पार्टी कार्यालयले जनाएको छ । बैठकमा आसन्न १४औँ महाधिवेशन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची तय भएको थियो । पुरा पढौ

ट्याक्टर दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, ३० चैत । चितवनको राप्ती नगरपालिका–११ मा मजदूर बोकेको ट्याक्टर दुर्घटना हँुदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । आज बिहान उपचारका क्रममा थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–४ का ४५ वर्षीय सूर्यबहादुर श्रेष्ठ रहेका छन् । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले बताए । आइतबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय… पुरा पढौ