समाचार

चोरी शिकार नियन्त्रणमा युवाको भूमिका महत्वपूर्ण

नवलपुर, २० फागुन। चोरी शिकार नियन्त्रणका लागि युवाको भूमिका महत्वपूर्ण हुने सरोकारवालाले बताएका छन् । ‘वन र जीविकोपार्जन, पृथ्वीमा दिगो जीवनको आधार’ भन्ने नारासहित मनाइएको विश्व वन्यजन्तु दिवसका अवसरमा आयोजित कार्यक्रममा सरोकारवालाले समुदायमा हुने वन्यजन्तु चोरी शिकारलाई नियन्त्रण गर्नका लागि युवाहरु सक्रिय हुनुपर्नेमा जोड दिए । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा आयोजित कार्यक्रममा सिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले वनजङ्गल र जैविक विविधतालाई संरक्षण गरी उचित मात्रामा प्रयोग गर्नसके दिगो जीविकोपार्जन गर्न सकिने बताए । उनले वन्यजन्तु मुलुकको महत्वपूर्ण निधि… पुरा पढौ

नयाँ चरणको कोरोना विरुद्धको खोप आइतबारदेखि, सर्वसाधारणले पनि लगाउन पाउने

काठमाडौं, २० फागुन। काठमाडौंमा बसोबास गर्ने सर्वसाधारण नागरिकलाई आइतबारदेखि खोप दिइने भएको छ । काठमाडौं महानगरपालिका अन्तर्गत ३२ वटै वडामा आइतबारदेखि यस्तो खोप कार्यक्रम सञ्चालन हुने काठमाडौ‌ं महानगरपालिकाले जनाएको छ । दोस्रो चरणको यो खोप कार्यक्रम अन्तर्गत आइतबारदेखि ५५ वर्ष भन्दा माथिका नागरिक, विभिन्न क्याम्पसका प्राध्यापक, विद्यालयका शिक्षक, सार्वजनिक यातायातका चालक, सहचालकलाई खोप लगाउने उल्लेख गरिएको छ । खोपका लागि १५ वटा केन्द्र तोकेको छ । जसमा शुक्रराज ट्रपिकल अस्पताल टेकु, बीर अस्पताल, क्षेत्रपाटी चिकित्सालय, प्रसुती गृह, सिभिल हस्पिटल, मदरल्यान्ड… पुरा पढौ

दुई चिकित्सकसँग दोस्रो पटक स्पष्टीकरण माग

वाग्मती, २० फागुन । वाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडामा अवस्थित हेटौँडा अस्पतालमा कार्यरत दुई चिकित्सकलाई दोस्रो पटक स्पष्टीकरण सोधिएको छ । दुवै चिकित्सकले आफ्नो कार्यालय समयमा जिम्मेवारीपूर्वक भूमिका निर्वाह नगरेको पाइएकाले डा बुद्धीराज पाण्डे र डा साजित अन्सारीलाई अस्पतालका निमित्त प्रमुख सुपरिटेन्डेन्ट डा प्रवीण श्रेष्ठले २४ घण्टे स्पष्टीकरण सोधेका हुन । अन्सारी ड्युटीको समयमा पनि व्यक्तिगत क्लिनिकमा काम गरेको भेटिएको र पाण्डेले अस्पतालमा आएका बिरामीलाई निजी मेडिकलमा औषधि खरिद गर्न पठाउने गरेको पाइएकाले स्पष्टकीरण सोधिएको थियो । यसअघि पाण्डे र… पुरा पढौ

कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्दै

काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक शुक्रबार बोलाएको छ । बैठक यही फागुन २१ गते अपराह्न १ बजे सङ्घीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुने पार्टी सचेतक पुष्पा भुसालले जानकारी दिए । सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सो सम्बन्धमा परेका विभिन्न रिट निवेदनको सुनुवाइ गर्दै सर्वाेच्च अदालतले यही फागुन ११ गते… पुरा पढौ

रोकिएन कालीगण्डकी दोहन : सङ्कटमा शालिग्राम

गलकोट, १९ फागुन । वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी मापदण्ड तयार गरे पनि क्रसर व्यवसायीको मनोमानी कायमै छ । ठेक्का नलाग्ने समयमा समेत रातारात दोहन हुँदै आएको कालीगण्डकीमा अहिले टेण्डरपश्चात् सम्झौता विपरित दिउँसै ठूला उपकरणकै प्रयोग गरेर दोहन भइरहेको छ तर स्थानीय सरकार र सरोकारवाला निकाय मूकदर्शक बनिरहेका छन् । अहिले बागलुङ र पर्वत जिल्ला जोड्ने गरी निर्माण भएको नेपालकै लामो झोलुङ्गे पुलमुनि निर्वाधरूपमा ठूला… पुरा पढौ

राउटे अगुवाद्वारा मुख्यमन्त्री शाहीसँग खाना र पाल माग

कर्णाली, १९ फागुन । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राउटे अगुवा दिलबहादुर शाहीले भेटेका छन् । आफ्ना जनताका लागि खानाको समस्या भएको भन्दै मङ्गलबार मुख्यमन्त्री शाहीको कार्यकक्षमा पुगेका दिलबहादुरले गुराँस गाउँपालिकाले चार महिनासम्म भत्ता नदिएको गुनासो पोखे । गाउँपालिकाले दिने प्रतिव्यक्ति मासिक रु तीन हजार नपाउँदा खानलाई चामल किन्न नसकेकाले भोको पेटमा सरकारसमक्ष बिन्ती बिसाउन आएको उनले बताए । “मेरा जनता भोकले मर्न आँटे । म पनि भोकै यहाँ आएको छु”, उनले भने, “पेटभन्दा ठूलो केही छैन । सरकारले भत्ता… पुरा पढौ

जङ्गी अड्डामा आजदेखि पृतनापति समन्वयात्मक बैठक हुँदै

काठमाडौं, १९ फागुन । नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डामा बुधबारदेखि पृतनापति समन्वयात्मक बैठक गर्दैछ । महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा हुन लागेको उक्त बैठकमा पृतनापतिबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तु स्थिति प्रतिवेदन पेश हुने सैनिक जनसम्पर्क सूचना निर्देशनालयले जनाएको छ । महानिर्देशनालय र विभागीय प्रमुखबाट आन्तरिक सुदृढीकरणको क्षेत्रमा भए–गरेका कार्यबारे प्रस्तुतीकरण एवं छलफल हुनेछ । सेनाले वार्षिक रुपमा दुई पटक पृतना बैठक गर्दै आएको छ । सेनाका सातै प्रदेशमा एक–एक तथा काठमाडौँ उपत्यकामा एक पृतना छ । सेनाको… पुरा पढौ

जनशक्तिले नै देश विकासशील मुलुककाे लागि सिफारिस भएको हाे: मेयर जिसी

पाेखरा, १८ फागुन । नेपालमा उत्पादन भएकाे जनशक्तिकाे कारणले नै संयुक्त रास्ट्र संघ मातहतको विकास नीति सम्बन्धी समितिले नेपाललाई विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस गरेकाे पाेखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले बताएका छन् । पाेखरा महानगरपालिका शिक्षा महाशाखा एवं राेज फाउन्डेसनकाे सहकार्यमा संचालित किशोरी स्वास्थ्यमा विद्यालय प्रधानाध्यापकहरूकाे भूमिका सम्बन्धि एक दिने अन्तरकृया साथै निःशुल्क सेनेटरी प्याड भेन्डिङ्ग मेसिन वितरण कार्यक्रममा जिसीले यस्तो बताएका हुन । नेपाल सरकारकाे चालु आ.व २०७६/०७७ काे निति तथा कार्यक्रममा देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूका लागि सेनिटरी… पुरा पढौ

उद्योग वाणिज्य संघको कार्यसमितिलाई पोखरा ४ को स्वागत तथा बधाई

पोखरा, १८ फागुन । पोखरा महानगरपालिका वडा नम्बर ४ ले पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिहरुलाई बधाई तथा स्वागत गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, वडाध्यक्ष शंकरप्रसाद बास्तोला, वडा सदस्यहरुले अविर तथा माला लगाएर स्वागत गरेका हुन । कार्यक्रममा मेयर जिसीले विकासका लागि व्यापारिक घरनासँगै त्यसका सञ्चालकहरुसँग सहकार्य गर्नु अपरिहार्य रहेको बताए । पोखरा नगर क्षेत्रमा उत्पादन भएका बस्तुहरुलाई कसरी प्रवद्र्धन गर्ने भन्ने कुरामा महानगर र वाणिज्य संघ… पुरा पढौ

म्याग्देमा भूमि आयोगको लगत सङ्कलन कार्यालय

दमौली, १८ फागुन । तनहुँको म्याग्दे गाउँपालिकामा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत सङ्कलन एकाइ कार्यालय स्थापना गरिएको छ । गाउँपालिकामा स्थापना गरिएको सो कार्यालयको आज म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना र आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले उद्घाटन गरे । भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने सरकारको लक्ष्यबमोजिम गठन भएको आयोगले प्रभावकारीरुपमा काम सम्पन्न गर्नुपर्ने म्याग्दे गाउँपालिकाका मायादेवी रानाले बताइन । आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले आयोगले यो पटक जसरी पनि भूमिहीनलाई लालपुर्जा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।… पुरा पढौ