समाचार

सरकारद्वारा विप्लव नेतृत्वको नेकपासंग वार्ता गर्न गृहमन्त्री वादलको संयोजकत्वमा टोली गठन

काठमाडौं, १८ फागुन । सरकारले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसंग वार्ता गर्नका लागि सरकारी वार्ता टोली गठन गरेको छ । वार्ताका लागि आज सरकारको तर्फबाट वार्ता टोलीमा रहेका दुइजनाकाे नाम सार्वजनिक गरिएको हो । सरकारी वार्ता टोलीमा गृहमन्त्री राम बहादुर थापा 'वादल' तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा आयोजना गरिएको नेकपाकाे प्रदेशस्तरिय कार्यकर्ता भेलालाई संवोधन गर्ने कार्यक्रममा उनले विप्लव नेतृत्वका एक नेता तथा कार्यकर्तालाई पार्टीमा प्रवेश गराएका… पुरा पढौ

ताप्लेजुङ दोभान बजारमा आगलागीः ३५ घर जलेर नष्ट

फुङलिङ, १८ फागुन । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भइरहेको छ । आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताए । दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको जनाइएको छ । उनले भने, “आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गरेका छौंँ ।” ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी… पुरा पढौ

धवलागिरिमा किशोरी सम्मेलन

बागलुङ, १८ फागुन । बालविवाह र यौनजन्य हिंसा न्यूनीकरण तथा महिनावारी स्वच्छताका लागि प्रथम धवलागिरि गाउँपालिकास्तरीय किशोरी सम्मेलनले ११ बुँदे घोषणापत्र जारी गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा सोमबार भएको सम्मेलनमा सहभागी जनप्रतिनिधि, सरोकारवाला र किशोरीहरूले बालविवाह, यौनजन्य हिंसा न्यूनीकरण र महिनावारी स्वच्छता कायम गर्नेलगायत किशोरीहरूको शिक्षा, स्वास्थ्य र सुरक्षाका विषयमा घोषणापत्र जारी गरेका हुन् । गल्र्स फस्ट फण्डको सहयोग, धवलागिरि गाउँपालिकाको समन्वय र सङ्गम म्याग्दीको आयोजनामा भएको सम्मेलनमा ११ विद्यालयमा गठन भएका किशोरी सञ्जालका ४८ प्रतिनिधिको सहभागिता थियो ।… पुरा पढौ

आगलागीबाट रु ४० लाख बराबरको क्षति

तनहुँ, १८ फागुन । जिल्लाको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ । सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विद्युत् लाइनबाट विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनालगत्तै व्यास नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । होटलको पहिलो तलामा… पुरा पढौ

दुर्घटनामा दुईको मृत्यु

कावासोती, १८ फागुन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार दुर्घनामा परेका दुवै ट्रकका चालकको मृत्यु भएको हो । उनका अनुसार दुर्घटनामा परी ना६ख ३०११ नंको ट्रक चालक पोखरा महानगरपालिका–१५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ना७ख ७०२३ नंको ट्रकका चालक हेटौँडा उपमहानगरपालिका बस्ने ३४ वर्षीय राजकुमार… पुरा पढौ

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरी, १८ फागुन। महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो । बर्दिवासमा विसं २०७४ देखि बर्दिवास उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गर्दै आएको छ । यद्यपि गत वर्ष २०७६ मा भने कोभिड–१९ महामारीका कारण महोत्सव हुनसकेको थिएन । हिउँदमा आयोजना हुँदै आएको बर्दिवास महोत्सव यसपालि यही फागुन २५ गतेदेखि चैत ८ गतेसम्म १३ दिन आयोजना गर्न लागिएको बर्दिवास उद्योग वाणिज्य सङ्घका… पुरा पढौ

आफूमाथि सांघातिक आक्रमणको खतरा: प्रधानमन्त्री ओली

पोखरा, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि सांघातिक आक्रमणको सम्भावना रहेको बताएका छन् । पोखरामा सोमबार गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफूमाथि र आफ्नो पार्टीमाथि भएको षड्यन्त्रको विरुद्धमा आफू पनि नरहने सक्ने तर विधि र प्रक्रियाको लागि आफू लडिरहने प्रतिबद्धता व्यक्त गरे । उनले सम्पूर्ण रुपमा आफूमाथि प्रहार भएको दाबी गर्दै यदि शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्न पनि आग्रह गरे । उनले देश र पार्टीलाई अन्धकारको बाटोमा जान नदिनका… पुरा पढौ

अधिकमास परेकाले विसं २०७८ मा तीन वटा दशैं

काठमाडौं, १७ फागुन। विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । यसैगरी विसं २०७८ को चैत २६ गते शनिबार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको छ । बडादशैँका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैँ आगामी वर्ष असोज २१ गते बिहीबार घटस्थापना… पुरा पढौ

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं, १७ फागुन। आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ शुरु भएको जनाएको छ । अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ । यो समयमा अपराह्न तथा साँझतिर मेघगर्जन/चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने हुन्छ । विभागले मेघ गर्जन/चट्याङ, हावाहुरी र असिना पानीबाट हुनसक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ… पुरा पढौ

प्रधानमन्त्री ओली आज पोखरा आउँदै

पोखरा, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउँदै छन् । पोखरा अमरसिंहचौरमा तय भएको आमसभा सर्वोच्च अदालतको फैसलासँगै उत्पन्न परिणामका कारण स्थगन गरी उनलाई गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा सरिक गराउन लागिएको हो । सोक्रममा प्रधानमन्त्री ओलीले पोखरा रंगशाला निरीक्षण गर्नुका साथै नदीपुरस्थित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम छ । बिहान ११ बजे विमानबाट पोखरा विमानस्थल अवतरणपछि उनी गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यासपछि कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यतालिका छ । त्यसपछि पोखरा रंगशाला अवलोकन… पुरा पढौ