समाचार

प्रतिनिधिसभाको बैठक फागुन २३ गते बोलाउन सिफारिश

काठमाडौं, १५ फागुन । सरकारले यही फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिश गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको बैठकका लागि सिफारिश गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतको फैसलाअनुसार सरकारले प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते बोलाउने विषयमा छलफल भएको हो । सर्वोच्च अदालतले यही फागुन ११ गते १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन… पुरा पढौ

एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै

काठमाडौं, १५ फागुन । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज ब्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ । विधिपूर्वक एक महिने ब्रत गरेकाले माघ शुक्ल… पुरा पढौ

हुम्लामा ब्रोइलर रोक

हुम्ला, १४ फागुन । सुर्खेतमा बर्डफ्लु देखिएपछि त्यहाँबाट आयात हुने ब्रोइलर मासुमा रोक लगाइएको छ । सिमिकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले सुर्खेतबाट हवाइमार्ग हुँदै आयात हुने ब्रोइलरको मासु यही फागुन २० गतेसम्मका लागि रोक लगाइएको जानकारी दिए । सिमिकोट गाउँपालिकाको बैठकले नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्ग हुँदै ब्रोइलरको मासुमा रोक लगाइएको यहाँस्थित पशु सेवा शाखाले जनाएको छ । बैठकले पशुपंक्षीसमेत बजार अनुगमन गर्ने निर्णय पनि गरेको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी, उद्योग वाणिज्य सङ्घ वरिष्ठ उपाध्यक्ष छक्कबहादुर रोकायालगायत… पुरा पढौ

नेपालले कार्बन सञ्चितिबापत रु पाँच अर्ब प्राप्त गर्ने

काठमाडौं, १४ फागुन। नेपालले वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चितिबढाएबापत करीब रु पाँच अर्ब ९४५ मिलियन अमेरिकी डलर रकम पाउने भएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली र विश्वबैंकका देशीय निर्देशक फरिस अदाद–जेर्भोसबीच बुधबार भएको उत्सर्जन कटौती खरीद सम्झौतानुसार नेपालले सो रकम प्राप्त गर्नेछ । सो सम्झौतानुसार नेपालले पश्चिम तराईका जिल्लाका वनबाट ९० लाख टन कार्बनडाइअक्साइड उत्सर्जन घटाउने छ । यसरी वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत नेपालले सो रकम पाउन लागेको मन्त्रालयले जनाएको छ… पुरा पढौ

आमसञ्चारमाध्यमलाई जिम्मेवार हुन अध्यक्ष तिमिल्सिनाको आग्रह

काठमाडौं, १४ फागुन । राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपालको प्रतिनिधिमण्डलले सङ्घीय संसद्, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग आज भेटी पछिल्लो समय आमपाठक, स्रोतालाई भ्रममा पार्ने गरी समाचारमा देखिएको विकृतिप्रति चिन्ता व्यक्त गरेको छ । सो अवसरमा अध्यक्ष तिमिल्सिनाले आमसञ्चारमाध्यमलाई जिम्मेवार हुन आग्रह गरे । सङ्घका अध्यक्ष विनोद पहाडी, उपाध्यक्ष गोपाल बराइली, कोषाध्यक्ष भीम घिमिरे, केन्द्रीय सदस्य रीता बुढाथोकी र काठमाडौँ उपत्यका प्रदेश अध्यक्ष सुशील दर्नालसहितको प्रतिनिधि टोलीले आज सिंहदरबारस्थित कार्यकक्षमा उनीसँग भेटवार्ता गरेको हो । सरकारी सञ्चारमाध्यमलाई समावेशी बनाउन पहल… पुरा पढौ

मकवानपुरमा च्याउको बीउ उत्पादन केन्द्र सञ्चालन

टिस्टुङ, १४ फागुन । मकवानपुरको बकैया गाउँपालिका–७ हात्तिखोलामा ‘च्याउको बीउ उत्पादन केन्द्र’ स्थापना भएको छ । कोभिड–१९ ले आर्थिक क्षेत्रमा पारेको नकारात्मक असर कम गर्न सामूहिकरुपमा च्याउखेती गर्दै आएका किसान अब गाउँमै च्याउको बीउ उत्पादन हुने भएपछि खुशी भएका हुन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र बकैया गाउँपालिकाको आर्थिक सहयोगमा गाउँमै च्याउको बीउ उत्पादन केन्द्र स्थापना गरिएको बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले बताए । यसअघि च्याउको बीउ बाहिरबाट ल्याउँदा महङ्गो पर्ने गरेको र झन्झटिलोसमेत भएकामा गाउँमै उत्पादन केन्द्र सञ्चालनमा… पुरा पढौ

फागुन २३ देखि रूपा गाउँपालिकामा अध्यक्ष कप भलिवल प्रतियोगिता हुने

पोखरा, १४ फागुन । कास्कीको रुपा गाउँपालिकाले स्थानिय तह स्थापना दिवसको अवसरमा रुपा पहिचानः 'सबै क्षेत्रमा समृद्धिको अभियान'को नारासहित यस वर्ष विभिन्न सम्मान तथा भलिबल प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ । रुपा गाउँपालिकाले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर राष्ट्र निर्माण र राष्ट्रियताको संरक्षण र संवर्धनमा अतुलनिय योगदान पुर्याउने गाउँपालिकाभित्रका श्रष्टा, साहित्यकार लेखक तथा विभिन्न विधाबाट प्रतिनिधित्व गर्नुहुने राष्ट्रिय खेलाडीहरुलाई गाउँपालिकाको स्थापना दिवसको अवसरमा ताम्रपत्र, दोसल्ला र नगद १५ हजार १०१ बाट सम्मान गरिने अध्यक्ष नवराज ओझाले बताए ।… पुरा पढौ

पोखराको पहिलो आकाशे पुलकाे निर्माण अन्तिम चरणमा

पोखरा, १४ फागुन । पोखरामा दिनप्रतिदिन ट्राफिक व्यवस्थापन पेंचिलो बन्दै जाँदा यहाँका व्यस्त चोकहरुमा आकाशे पुलको आवश्यकता बढेको छ । सोही आवश्यकता महसुस गर्दै पोखरा महानगरपालिकाले पहिलोपल्ट वडा ८, सिर्जनाचोकमा पेडेस्टल ओभर हेड ब्रिज (आकाशेपुल) निर्माण योजना अन्तिम चरणमा पुर्‍याएको छ । २ करोड ३२ लाख रुपैयाँ लागतमा निर्माण गरिने सो पुल कोभिड–१९ प्रभावसँगै बिजुलीको हाइटेन्सन लाइन हटाउन तत्काल पहल नहुँदा समयसीमा भन्दा १ वर्ष बढी गुज्रिसकेको छ । महानगरले पोखराको सिर्जनाचोकमा आकाशे पुल निर्माण गर्ने योजना मुताबिक २ वर्षअघि… पुरा पढौ

कांग्रेस नेता जोशीलाई मस्तिष्कघात

काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्काघात भएको छ । गएराति स्वास्थ्यमा समस्या आई अप्ठ्यारो महसुस भएपछि उनलाई राति नै पहिले वीर अस्पताल र पछि थप उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ । पूर्वमन्त्री जोशीलाई बिहान २ः३० बजे नर्भिक अस्पताल पु¥याइएको र करीब ४ बजेतिर टाउकामा रगत जमेकाले शल्यक्रिया गरिएको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए । अस्पतालका न्यूरो सर्जन डा राजीव झा नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेको थियो । हाल उनको… पुरा पढौ

आलु खेतीलाई प्रथम सुपरजोन सिफारिस

हेटौंडा, १४ फागुन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकवानपुरको तरकारी जोनलाई सुपरजोनका लागि सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण जिल्ला परियोजना कार्यावन्यन समन्वय तथा अनुगमन समितिको बैठकले जिल्लाको तरकारी जोनलाई सुपरजोनका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो । समितिका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा सम्पन्न बैठकले सो सिफारिस गरेको जनाइएको छ । बैठकले विगत चार वर्षदेखि मकवानपुरमा सञ्चालित तरकारी क्षेत्रको कार्यक्षेत्रमा रहेको थाहा नगरपालिका–१ देखि १२ सम्म ६ सय हेक्टर तथा इन्द्रसरोवर गाउँपालिकाको कार्यक्षेत्रमा रहेका ४ सय ५० हेक्टर गरी… पुरा पढौ