समाचार

प्रजातान्त्रिक विचार समाजद्वारा विरोध प्रदर्शन

काठमाडौं, ३० माघ । प्रजातान्त्रिक विचार समाजले प्रतिनिधिसभा विघटनप्रति असहमति जनाउँदै माइतीघरमण्डलामा आज विरोध प्रदर्शन गरेको छ । समाजले धर्ना दिँदै विधिको शासन, प्राज्ञिक र नागरिक स्वतन्त्रता कायम गर्न, मानवाधिकारको सम्मान गर्न र प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रताको सम्मान गर्न माग गरेको छ । धर्नापछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष डा केदार नरसिंह केसी, नेपाल प्राध्यापक सङ्घका अध्यक्ष बुद्धबहादुर थापा, नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष हरिहर दाहाल, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरही, चिकित्सक प्रा डा गोविन्द केसी, नेपाल शिक्षक सङ्घका… पुरा पढौ

उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना

काठमाडाैं, ३० माघ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना रहेको छ । राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । राती देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भागका… पुरा पढौ

‘छोरा भन्दा कम छैनन् जिम्मेवारी र कर्तव्यमा छोरीहरु’

पोखरा ३० माघ । छोरा हुँदैमा सवै थोक हुन्छ भन्ने हाम्रो समाजको रितिथिती र परम्परालाई यहाँका दुई छोरीहरुले चुनौती दिएका छन् । छोरा नभएपनि आमाप्रति जिवित हुँदा र मृत्यु भएपछि छोराले गर्नुपर्ने सवै व्यवहार देखाएर उनीहरु समाजका लागि पनि अनुकरणीय बनेका हुन् । पोखरा महानगरापलिका वडा नं. १७ पाण्डवटोलस्थित स्वर्गीय आमा तिल कुमारी ढकालकोे स्याहार सुसार र मृत्यु पश्चात अन्तिम संस्कार गरेर जन्मदिने आमाप्रति छोरीहरु अप्सरा ढकाल र तुलसी ढुङ्गानाले सन्तानको जिम्मेवार भूमिका निर्वाह गरेका हुन् । २०६१ साल फागुन… पुरा पढौ

सोनाम-ग्याल्वो ल्होसारको शुभकामना : देउवा

काठमाडौं, ३० माघ । नेपािली कांग्रेसका सभापति शेर बहादुर देउवाले तामाङ जातिकोे “सोनाम ल्होसार” तथा शेर्पा जातिको “ग्याल्वो ल्होसार’ अर्थात् नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका तामाङ तथा शेर्पा समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा नेपाली कांग्रेस र मेरो व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गरेका छन् । सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जात–जातिको आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेका छन् ।… पुरा पढौ

विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचानः राष्ट्रपति

काठमाडौं, ३० माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको बताएकि छन् । सोनाम ल्होसार, २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै उनले विविधतामा एकतामाथि गर्व गर्ने आधार हामीलाई यी चाडपर्वले दिएको स्पष्ट पारिन । सन्देशमा राष्ट्रपतिले भनेकि छन्, “यस्ता पर्वले हाम्रा मौलिक संस्कृति प्रवद्र्धन गर्न, सामुदायिक ऐक्यबद्धता एवं सामाजिक सद्भाव अभिवृद्धि गर्न र बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।” चन्द्र पात्रोअनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन… पुरा पढौ

कवि अधिकारीको कविता संग्रह “टुक्राटाक्री” बजारमा

पोखरा, २९ माघ । कवि एबं लेखक रविकिरण अधिकारीको नयाँ कविता संग्रह “टुक्राटाक्री” हालै प्रकाशित भएको छ । २०११ साल माघ १९ गते लमजुङ दुराडाँडामा जन्मेका कवि तथा लेखक अधिकारीले जिबनका भोगाईका आफ्ना अनुभुतीलाई यो कविता संग्रह मार्फत पस्केका छन् । लामो समय शिक्षण पेशा र विभिन्न गैह्रसरकारी संस्थामा कार्यरत रहेका अधिकारीले देश विदेशमा भ्रमण रहँदा विभिन्न परिवेशमा सृजना गरेका कवितालाई लिपिबद्ध गर्दै ४४वटा कविता यो संग्रहमा संग्रहित गरेर पाठक समक्ष ल्याएका छन । कवि अधिकारीले आफ्ना कविता मार्फत देशप्रेम… पुरा पढौ

बेमौसम चलिरहेकाले रासायनिक मलको बिक्री प्रभावित

वीरगञ्ज, २९ माघ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशीक कार्यालयसँग पर्याप्त मात्रामा युरिया मल भए पनि बेमौसम चलिरहेकाले यसको बिक्री प्रभावित भएको छ । शुरुशुरुमा गहुँ छर्ने समय भएकाले युरिया मलको अत्याधिक माग रहेको थियो । अहिले अफसिजन भएकाले उक्त मल बिक्री हुन नसकेको प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले राससलाई बताउनुभयो । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सो कार्यालयले युरिया मल तीन हजार ६२७ दशमलव छ मेट्रिक टन, डिएपी दुई हजार २२८ दशमलव २५० मेट्रिक टन र पोटास ३५३ दशमलव ६५… पुरा पढौ

निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम

धनुषा, २९ माघ । प्रदेश नं २ सरकारले प्रदेशका निजामती कर्मचारीको अनिवार्य अवकाशको सन्दर्भमा उमेरको हदलाई ६० वर्ष कायम गरेको छ । प्रदेशसभाबाट २०७७ कात्तिक ३ गते पारित भई २०७७ माघ १६ गते प्रदेश प्रमुख कार्यालयमा दर्ता भएको विधेयकलाई नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम बुधबार प्रदेश प्रमुख तिलक परियारले प्रमाणीकरण गरेको प्रदेश निजामती सेवा ऐन, २०७७ मा प्रदेश निजामती कर्मचारीले ६० वर्ष पूरा भएपछि सेवाबाट अनिवार्य अवकाश पाउने व्यवस्था रहेको छ । सो ऐनबमोजिम अनिवार्य अवकाश वा… पुरा पढौ

नेकपा नेतृ झाँक्री राज्य विरुद्ध कसूरकाे आरोपमा पक्राउ

काठमाडौं, २९ माघ । नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले आज पक्राउ गरेको छ । काठमाडाैं शंखमुलस्थित निवासमै गएर प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ गर्ने समयमा झाँक्रीलाई प्रहरीले राज्य विरुद्धको कसूर गरेको लिखित पक्राउ पूर्जी थमाएको थियो । राज्यविरुद्धको कसूर, दफा ५८ अनुसार प्रहरीले झाक्रिलाई पक्राउ पूर्जि दिएपछि झाँक्रीले गिरफ्तारी दिएकी हुन । यस प्रकारको कसूर गर्नेलाई ७ वर्षसम्मको कैद तथा ७० हजार रुपैयाँ सम्मको जरिवाना वा दुबै सजाय हुने कानूनी व्यवस्था रहेको छ । झाँक्री पक्राउ… पुरा पढौ

शुक्रबारदेखि पुनः वर्षा र हिमपातको सम्भावना

काठमाडौं, २९ माघ । पश्चिमी वायुको आंशिक प्रभावले आज वाग्मती, गण्डकी र प्रदेश नं एक मा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा हुने भएको छ । पश्चिमी वायुको प्रभावले भोलिबाट देशभर मौसम बदली भई उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताए । “शुक्रबारदेखि आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदली भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ”, उनले भने। मौसमविद्का अनुसार पश्चिमी वायुको प्रभावले ठूलो पानी पर्ने… पुरा पढौ