समाचार

वडाध्यक्षको संरक्षणमा १९ चेपाङ बालबालिका

मुग्लिन, २३ पुस । चितवनको इच्छाकामना गाउँपालिका–२ का १९ चेपाङ बालबालिकालाई वडाध्यक्ष पञ्चबहादुर चेपाङले संरक्षण दिएका छन्। वडाभित्र रहेका बाबुआमा नभएका, बाबुको मृत्युपछि आमा पुनः अर्कैसँग विवाह गरेर गएका, बाबुआमा अपाङ्गता, अशक्त भई पालनपोषण गर्न नसकेका र अपाङ्गता भएका बालबालिकालाई पालनपोषणसहित शिक्षा प्रदान गर्न वडाध्यक्ष चेपाङको पहलमा उनीहरुलाई स्थानीय एक विद्यालय भवनमा राखिएको हो । यस शैक्षिकसत्र २०७७ देखि खानाबस्न सुविधासहित ती बालबालिकालाई शिक्षा प्रदान गर्न स्थानीय राष्ट्रिय आधारभूत विद्यालय वल्र्याङमा राखिएको वडाध्यक्ष पञ्चबहादुर चेपाङले बताए । हाल विद्यालयका शिक्षक… पुरा पढौ

पार्टी विभाजनको कुनै औचित्य छैनः नेता गौतम

काठमाडौं, २३ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले हाल आफ्नो दल दुई समूहमा विभाजित देखिए पनि आफू कुनै समूहमा नभएको स्पष्ट गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले भने, “तीन वर्षमा पार्टी विभाजन गर्नु थियो भने एकता किन गर्नुपथ्र्याे ? पार्टीमा अन्तरपार्टी सङ्घर्ष र वादविवाद हुन्छ तर नेता त्यो हुन्छ जसले ती विवादमा समाधान दिन सक्छ ।” पार्टी विभाजनको कुनै औचित्यता नरहेको बताउँदै नेकपा उपाध्यक्ष गौतमले पार्टीका नेताहरुको कार्यशैलीमा सुधारका लागि आफूले प्रयास गरे… पुरा पढौ

जीप दुर्घटना : एकको मृत्यु, सात घाइते

गलकोट, २३ पुस । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जीप दुर्घटना हुँदा २६ वर्षीय चालक कमरा रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए । दुर्घटनामा घाइते हुनेहरुमा निसीखोला–३ का ५४ वर्षीय प्रेम विक, २७ वर्षीया बिरमला… पुरा पढौ

जनप्रतिनिधिले निजी खर्चमा बनाइदिए पक्की घर

दमक, २३ पुस । झापास्थित दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बरालसहितका जनप्रतिनिधिहरुले आफनो पारिश्रमिक तथा प्राप्त सेवा सुविधा बापतको रकमबाट वडाका एक विपन्न परिवारलाई पक्की घर बनाइदिएका छन् । वडा नं ३ स्थित बाघखोर चोकबाट करिब एक किलोमिटर नजिकैको टोलमा लामो समयदेखि बसोबास गर्दै आउनुभएकी ९४ वर्षीया धनमाया लामिछानेसहितको परिवारका लागि वडाध्यक्ष र वडा सदस्यहरुले तीन कोठाको पक्की घर बनाएर बुधबार हस्तान्तरण गरे । वडाध्यक्ष बरालले स्थानीयवासी र वडाका अन्य जनप्रतिनिधिहरुको रोहबरमा लामिछानेको परिवारलाई घरको साँचो प्रदान गरी घर हस्तान्तरण… पुरा पढौ

पत्रकार पक्राउप्रति महासङ्घको निन्दा

काठमाडौं, २२ पुस । नेपाल पत्रकार महासङ्घ काठमाडौँले शाखाका सचिव मोहनप्रसाद पन्त र केन्द्रीय पार्षद् मानध्वज लामालाई आइतबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले पक्राउ गरेको घटनाको निन्दा गरेको छ । टिभी टुडे टेलिभिजनको कार्यक्रम प्रस्तोतासमेत रहनुभएका पन्त र सञ्जालखबर डटकमका सम्पादक रहनुभएका लामालाई अकारण झुक्याएर निणन्त्रणमा लिई ब्यूरोको महाराजगञ्जस्थित कार्यालमा केही घण्टा राखिएको महासङ्घ शाखाले जनाएको छ । शाखाका अध्यक्ष सन्तराम बिंडारीको अध्यक्षतामा बसेको पदाधिकारी तथा उपलब्ध सदस्यको आकस्मिक बैठकले पनि सो घटनाको सत्यतथ्य छानबिन गरी दोषिमाथि… पुरा पढौ

मुक्तिनाथ १० महिनापछि खुल्यो

पोखरा, २२ पुस । मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथ १० महिनापछि संचालनमा आएको छ । कोभिड–१९ महामारीका कारण गत वर्ष चैतदेखि बन्द हुँदैआएको मुक्तिनाथ मुक्तिनाथ विकास समिति तथा वारागुङ मुक्तिक्षेत्रको पहलमा भक्तजनका लागि खुला गरिएको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले मुस्ताङी सहयोगले मुक्तिनाथधाम दर्शनका लागि खुला भएको बताए । मुस्ताङ जिल्ला टेक्न तथा मुक्तिनाथ दर्शनका लागि मुक्तिनाथ विकास समितिको निर्देशनमा कोरोना रोकथाम तथा प्रतिकार्यका लागि मुक्तिक्षेत्रमा आवश्यक स्वास्थ्य सुरक्षालाई मजबुद पािरएको जनाइएको छ । विदेशी पर्यटकलाई ७२… पुरा पढौ

विदेशमा सीप, नेपालमा लगानी

चितवन, २२ पुस । विदेशमा सिकेको सीपलाई स्वदेशमा भित्र्याएर एक युवाले होटल व्यवसायमा उदाहरणीय काम गर्न सफल भएका छन् । बेलायतमा छ वर्षसम्म होटल क्षेत्रमा आर्जन गरेको सीपलाई यहाँ प्रयोगमा ल्याइएको हो । रामग्राम नगरपालिका–५ पश्चिम नवलपरासीका ३२ वर्षीय गुरु पौडेलले स्वदेश फर्किएर त्यहाँको सीपलाई यहाँ प्रयोगमा ल्याएका हुन् । मुस्ताङको धवलागिरि टेक्निकल स्कूलमा होटल व्यवस्थापनसम्बन्धी अध्ययन र गोकर्णथली रिसोर्टको प्रयोगात्मक कक्षाले सन २००९ मा उनलाई रोजगारीका लागि बेलायत पुर्याएको हो । त्यहाँको छ वर्षको होटल रेष्टुरेन्ट क्षेत्रको जागिरपछि उनी… पुरा पढौ

कर्मचारीलाई व्यवस्थापन तालिम

बनेपा, २२ पुस । नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकामा कार्यरत कर्मचारीका लागि कार्यालय व्यवस्थापन, जिन्सी खरिद र लेखासम्बन्धी तालीम सम्पन्न भएको छ । नमोबुद्ध नगरपालिकाले आयोजना गरेको तालीममा नमोबुद्ध नगरपालिकाका ३२ र रोशी गाउँपालिकाका छ गरी ३८ कर्मचारीको सहभागिता थियो । तालिम ३ दिन चलेकाे थियाे । तालीमको समापन कार्यक्रममा नमोबुद्ध नगरपालिका प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले कर्मचारीले कार्यान्वयन गर्ने भएकाले जनप्रतिनिधिले तयार पारेका नीतिलाई तालीमले त्यसमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । नगरपालिकाले विगतमा पनि कर्मचारीलाई क्षमता विकासका लागि तालीम… पुरा पढौ

हुम्लामा चिसोले जनजीवन कष्टकर

सिमकोट, २२ पुस । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो । आइतबार अपराह्नदेखि सिमकोटलगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ । अत्यधिक चिसो र हिमपात भएपछि यहाँका नागरिक चिसो छल्न आगो ताप्ने गर्छन् । मौसम परिवर्तनसँगै… पुरा पढौ

पत्रकार महासङ्घलाई प्रोजेक्टर र नगद

बागलुङ, २२ पुस । पत्रकार महासङ्घ बागलुङ शाखालाई दुई प्रवासी नेपालीबाट प्रोजेक्टर र नगद सहयोग प्राप्त भएको छ । अन्तर्राष्ट्रिय बागलुङ समाजका महासचिव देव पौडेलले प्रोजेक्टर र बागलुङ समाज बेल्जियमका अध्यक्ष राजु थापाले नगद रु. २० हजार मङ्गलबार शाखा अध्यक्ष दिल शिरीषलाई हस्तान्तरण गरे । शाखाको नवनिर्मित भवनमा बनिरहेको तालिमकक्षका लागि पौडेलले प्राजेक्टर र फर्निचर व्यवस्थापनका लागि थापाले नगद सहयोग गरेकाे अध्यक्ष शिरीषले बताए । महासङ्घको संस्थागत क्षमता विकासलगायतमा समाजमार्फत आगामी दिनमा पनि सहयोग र सहकार्यलाई अघि बढाइने महासचिव पौडेलले… पुरा पढौ