समाचार

निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीति स्वीकृत

काठमाडौं, १७ पुस । निर्वाचन आयोगले ‘निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीति–२०७७’ स्वीकृत गरेको छ । निर्वाचनका सबै चरण र प्रक्रियालाई लैङ्गिक तथा समावेशी बनाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनका माध्यमबाट लोकतन्त्रको संस्थागत विकास गर्ने ध्येयले आयोगले सो नीति स्वीकृत गरेको हो । आयोगका अनुुसार लैङ्गिक तथा समावेशी विषयमा भएका संवैधानिक व्यवस्था, निर्वाचनसम्बन्धी विद्यमान कानून, पन्ध्राैं योजनालगायत विभिन्न आवधिक योजनामा समावेश भएका लैङ्गिक समानता, महिला सशक्तिकरण र समावेशीकरणसम्बन्धी नीति दिगो विकासका लक्ष्यका आधारमा उक्त नीति तयार गरिएको हो… पुरा पढौ

कोरोना महामारीमा सडक महोत्सव, अपेक्षाभन्दा बढी दर्शक

पोखरा, १७ पुस । कोरोना महामारीको बेवास्ता गर्दै हजारौं मानिस पोखरा सडक महोत्सवमा रमाएका छन् । अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा आयोजित २२ औं पोखरा सडक महोत्सवमा न्यू इयर इभ मनाउन पोखरासहित विभिन्न ठाउँबाट गएराति लेकसाइडमा आन्तरिक पर्यटकको घुइँचो थियो । विगतमा जस्तो आतिशवाजी यसपालि नभए पनि उनीहरुले आपसमा शुभकामना साटासाट गर्दै मध्यरातमा फेवाताल किनारबाट नयाँ वर्षको भव्य स्वागत गरे । गत वर्षदेखि सुरु कोभिड–१९ को प्रभाव १० महिनायता पनि कायमै रहेको बेला आयोजित महोत्सवमा मानिसको ठेलमठेल भिड… पुरा पढौ

अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन हुने कार्यक्रम बनाउन मन्त्री अर्यालको निर्देशन

काठमाडौं, १७ पुस । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन हुने खालका कार्यक्रम बनाउन कर्मचारीहरुलाई निर्देशन दिएकी छिन् । मन्त्रालयको कार्यभार सम्हालेसँगै मातहतका निकायहरुको ब्रिफिङ लिने क्रममा बिहिवार मन्त्री अर्यालले कृषि विभाग र पशुसेवा विभागमा पुगेकी थिइन् । पुल्चोकस्थित विभागहरुको अनुगमन, निरिक्षण गर्दै मन्त्री अर्यालले विभागले हालसम्म सञ्चालन, सम्पन्न तथा शुचारु गर्दै आएका कार्यक्रमहरुका बारेमा जानकारी लिइन् । कृषि विभागको ब्रिफिङ कार्यक्रमलाई सम्बोधन गर्दै कृषि मन्त्री अर्यालले रासायनिक मलको प्रयोग पूर्णरुपमा बन्द गर्नसक्ने अवस्था अहिले… पुरा पढौ

प्रहरी गुनासो पेटिका विस्तार

वाग्मती, १७ पुस । प्रहरीले जनतालाई पु¥याउँदै आएको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन वाग्मती प्रदेश प्रहरी कार्यालयले विभिन्न स्थानीय तहमा शुरु गरेको प्रहरी गुनासो पेटिका थप विस्तार गर्ने योजना अघि बढाइएको छ । यसअघि प्रदेशभित्रका १० जिल्लाका २८ स्थानीय तहमा मात्रै सीमित राखिएको गुनासो पेटिका अब प्रदेशका अन्य सबै पालिकामा समेत राख्ने गरी तयारी अघि बढाइएको हो । तीन चरणमा प्रहरी गुनासो पेटिका प्रदेशका सबैजसो स्थानीय तहमा राखिने छ । सुझाव पेटिकामा प्राप्त सुझावले प्रहरी सङ्गठनलाई थप बलियो बनाउन सघाउ… पुरा पढौ

मुख्यमन्त्री गुरुङद्वारा पालिकास्तम्भ उद्यान उद्घाटन

लमजुङ, १७ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पालिकास्तम्भ उद्यान उद्घाटन गरेका छन् । मध्यनेपाल नगरपालिकाको आर्थिक सहयोगमा बेँसीशहर नगरपालिका वडा नं ८ मा रहेको जिल्ला प्रशासन कार्यालय लमजुङ परिसरमा उद्यान बनेको हो । नवर्निर्मित उद्यान उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले स्थानीय तह एकदमै नजीकको सरकार भएकाले शासन सत्तामा प्रत्यक्ष निगरानी गर्न जनतालाई आग्रह गरे । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले लमजुङ जिल्लाका चारचार नगरपालिका र गाउँपालिकाका साथै जिल्लाको नक्शासहितको उक्त उद्यानको अध्ययनअवलोकनबाट जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राही… पुरा पढौ

शासक बन्न ओलीले संसद भंग गरे : कांग्रेस वरिष्ठ नेता पौडेल

पोखरा, १६ पुुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू शासक बन्नका लागि संसद भंग गरेको आरोप लगाएका छन् । ‘ओलीको चुनाव गराउने मनसाय पनि छैन, सर्वसत्तावाद र निरंकुशतातर्फ सरकार अगाडि बढाएका छन्,’ उनले भने । ४५ औं राष्ट्रिय मेलमिलाप दिवस अवसरमा पोखरामा बिहीबार आयोजित कार्यक्रमा बोल्दै कांग्रेस वरिष्ठ नेता पौडेलले संसद भंग गरेर अन्तर्राष्ट्रिय खिचतानीको भुमरीमा देशलाई पार्न खोजेको आरोप लगाए । उनले जनताको थलो भंग गरेर देशलाई अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको अखडा बनाई अफ्गानिस्तानजस्तो बनाउन… पुरा पढौ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) कास्कीको बृहत कार्यकर्ता भेला भोलि

पोखरा , १६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीको बृहत  कार्यकर्ता भेला भोलि पुस १७ गते पोखरामा हुने भएको छ। पार्टिमा स्पस्ट दुइ धार देखिएपछि प्रधानमन्त्री के पि ओलि पक्षले बिहान ११:३० बजे पोखराको सभागृहमा भेला आयोजना गरेको हो । भेलालाइ नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, स्थायी कमिटी सदस्य एबम् गण्डकी प्रदेशका मुख्य मन्त्री समेत् रहेका पार्टीका गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्य एबम् गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ र केन्द्रीय सदस्य… पुरा पढौ

जनाधिकारको रक्षा नै मेलमिलाप नीतिको लक्ष्य होः देउवा

काठमाडौं, १६ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनाधिकारको रक्षा नै मेलमिलाप नीतिको लक्ष्य रहेकाे बताएका छन् । साथै उनले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संवर्धन गर्नु कांग्रेसको प्रमुख जिम्मेवारी रहेको बताए । राष्ट्रिय एकता तथा मेलमिलापको दिवसका अवसरमा पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले आज आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले विभिन्न समुदाय र हिमाल, पहाड र तराई–मधेसबीच मेलमिलापको मूल माध्यम लोकतान्त्रिक संविधान नै भएको उनकाे भनाइ थियाे । सभापति देउवाले बिपी कोइरालाले २०३३ सालमा राष्ट्रिय एकता र… पुरा पढौ

काठमाडौंको तापक्रम शून्य डिग्रीतिर

काठमाडाैं, १६ पुस । काठमाडौंको न्यूनतम तापक्रम आज शून्य दशमलव ८ डिग्रीमा झरेको छ । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । काठमाडौँसहित देशभर चिसो बढेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ । काठमाडौं उपत्यकाको तापक्रम अबकाे केही दिन निरन्तर घट्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । “उपत्यकाको तापक्रम माइनसमा पुग्ने सम्भावना भने कमै छ”, मौसमविद् प्रधानाङ्गले भने । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम… पुरा पढौ

प्रदेश १ मा नेकपा बिवादः शेरधनलाई हटाएर आचार्य बने दलको नेता

काठमाडौं, १६ पुस । नेकपा प्रचण्ड-माधव समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड-माधव समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको छ । पुरा पढौ