समाचार

पूर्वप्रम भट्टराई र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौँ, १३ पुस । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग आज चिनियाँ कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको टोलीले भेटवार्ता गरेको छ । अध्यक्ष भट्टराई निवास टोखामा आज भएको भेटमा आपसी हित, द्विपक्षीय चासो र दुई देशको सम्बन्धका बारेमा छलफल भएको थियो । यस्तै उपमन्त्रीले सन् २०१५ मा तिब्बत जाने क्रममा चेङ्दुमा भएको भेटको स्मरण गर्दै पुनः भेट्न पाउँदा खुशी व्यक्त गरे । उपमन्त्रीले आफूहरु २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वर्ष पुग्ने… पुरा पढौ

निकुञ्जभित्र बाघ आतंक, एकैदिन दुई अर्ना मार्यो

चितवन, १३ पुस । चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा बाघ पसेर दुई वटा अर्ना मारेको छ ।निकुञ्जको पुरानो पदमपुरमा रहेको खुल्ला खोरमा आज दुई वटा अर्ना मृत फेला परेका हुन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार खोरभित्र दुई वटा माउँ पोथी मृत अवस्थामा भेटिएका हुन् । खोरभित्रै रहेको बाघलाई निकुञ्जका प्राविधिकले आजै नियन्त्रणमा लिएर निकुञ्जको भित्री इलाकामा छाडेको उनले जानकारी दिए । सरकारको विसं २०७१ को निर्णयानुसार २०७३ को माघ १२ देखि २८ गतेसम्म १६ दिनको अन्तरालमा यहाँ १५… पुरा पढौ

सरकार र उखु किसानबीच सहमति, आन्दोलन स्थगित

काठमाडौं, १३ पुस । उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनरत उखु किसान र सरकारबीच सहमति भएको छ । मङ्सिर २८ गतेदेखि आन्दोलन गर्दै आएका किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीबीच आज मन्त्रालयमा भएको बार्तामा चार बुँदे समझदारी भएको जनाइएको छ । एक्काइस दिनभित्र सबै चिनी उद्योगको बक्यौता रकम उपलब्ध गराउन सहमति भएको मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले जानकारी दिए। उनका अनुसार १६ दिनदेखि आन्दोलनरत किसानले मङ्गलबारबाट आन्दोलनका सबै कार्यक्रम स्थगित गरेर जिल्ला फर्कने सहमति भएको… पुरा पढौ

आधिकारिकता विवाद निरुपण हुन अझै दुई महिना लाग्न सक्ने

काठमाडौं, १३ पुुस । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आधिकारिकता र चुनाव चिह्नसम्बन्धी विवाद निरुपण हुन अझै कम्तीमा दुई महिना लाग्ने सङ्केत देखिएको छ । विवाद निरुपणका लागि अपनाउनुपर्ने विधि, प्रक्रिया र समयका आधारमा नेकपाभित्रको हालको विवाद छिनोफानो गर्न उक्त समयावधि लाग्ने अनुमान गरिएको हो । केन्द्रीय समितिको निर्णयको आधिकारिता दाबी गर्ने पक्षले दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विवाद प्रारम्भ भएको मितिले ३० दिनभित्र आयोगसमक्ष आधार तथा प्रमाण पेश गर्नुपर्ने ऐनमा व्यवस्था छ । नेकपा (दाहाल–नेपाल) समूहले उक्त ऐनमा व्यवस्था… पुरा पढौ

नेकपा संसदीय दलको छुट्टाछुट्टै बैठक

पोखरा, १३ पुस । गण्डकी प्रदेशमा नेकपा संसदीय दलको २ फरक बैठक बोलाइएको छ । नेकपाका ओली निकट र प्रचण्ड–माधव निकट पक्षका सांसदको छुट्टाछुट्टै बैठक बोलाइएको हो । प्रदेशसभाका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले प्रचण्ड–माधव पक्षको बैठक जारी रहेको जनाए । उनका अनुसार सभामुखबाहेक बैठकमा पूर्व माओवादीका १२ सांसदमध्ये सभामुख नेत्रनाथ अधिकारी पदीय मर्यादा हिसाबले उपस्थित छैनन् । उता, ओली पक्षको प्रदेश कमिटिको बैठक जारी छ । बैठक सकिएपछि संसदीय दलको बैठक बस्ने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । प्रतिनिधिसभा… पुरा पढौ

काँग्रेसको विरोध प्रदर्शन

पोखरा, १३ पुस । सरकारले संसद् विघटन गरेको विरोधमा नेपाली काँग्रेसले आज कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ । कास्की काँग्रेसको समन्वयमा क्षेत्रीय समितिको आयोजनामा जिल्लाका ३ निर्वाचन क्षेत्रमा फरक फरक प्रदर्शन गरिएको हो । कास्की क्षेत्र १ को अर्घाैंचोक, क्षेत्र २ को सभागृहचोक, क्षेत्र ३ को पोखरा जिरो किलोमिटर तथा हरिचोकबाट प्रदर्शन सुरु गरिएको थियो । क्षेत्र १ को तालचोकमा, २ को सिमलचौरमा र ३ को बागलुङ बसपार्कमा विरोध सभा भएको थियो । वक्ताहरुले ओली नेतृत्वको सरकारले… पुरा पढौ

सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता, कर्मचारीसहित तीन पक्राउ

बनियानी, १३ पुस । नागरिकतासम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रशासन कार्यालय गौरीगञ्जका कार्यालय प्रमुख ३७ वर्षीय धनञ्जयकुमार साह, सोही कार्यालयका कार्यालय सहयोगी २४ वर्षीय आसिर आलम र गौरादह–७ का ५९ वर्षीय कृष्णप्रसाद तिम्सिनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । उनीहरुले साविक जुरोपानी–८, हाल गौरादह नगरपालिका–७ स्थायी ठेगाना देखाएर अमृत राईलाई ०४–०६–७७–००५९१ नम्बरको नागरिकता, दीपिका राईलाई ०४–०६–७७–००५९२ नम्बरको नागरिकता र… पुरा पढौ

करोड लागतमा कृषि फार्म

बागलुङ, १३ पुस । गलकोट नगरपालिका–५ हरिचौरका टोपबहादुर खत्रीलाई केही वर्षअघिसम्म आर्थिक उपार्जनका लागि कुन पेशा अपनाउने भन्नेमा द्विविधा थियो । कमाउन विदेश जाने चक्करले पनि उनलाई नअल्मलाएको होइन । अन्ततः सोचीसम्झी खत्री नयाँ निर्णयमा पुग्नुभयो–उत्पादनमा लाग्ने, आत्मनिर्भर बन्ने उनको त्यो लक्ष्य ‘दरमखोला एग्रीकल्चर एण्ड लाइभस्टक फार्म’मार्फत अब पूरा हुँदैछ । व्यावसायिक कृषिमार्फत आर्थिक समृद्धिमा टेवा दिने कार्कीको योजनामा सोही नगरपालिका–७ मल्मका छुमबहादुर थापाको समेत साथ छ । नाताले सालाभेना पर्ने थापा र खत्री मिलेर कृषि र पशुपन्छीपालनमा लगानी भित्र्याएका… पुरा पढौ

प्रहरी र ‘विप्लव’ समूहबीच संखुवासभामा गोली हानाहान

काठमाडौं, १२ पुस । संखुवासभामा विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।चैनपुर–४ मैदानेमा विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायरिङ गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो । प्रहरी स्रोतका अनुसार विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड गोली चलाएका छन् । प्रहरीले करिब २० राउण्ड फायर गरेको छ । ०७७ मंसिर १ मा पनि चैनपुरस्थित मैदानेमा विप्लव समूहले प्रहरीलाई लक्षित गरेर फायरिङ गरेका थिए । आईतबार सोही ठाउँमा गोली हानाहान भएको हो । ०७६ असार १६ मा पनि संखुवासभाको… पुरा पढौ

राष्ट्रियसभाको अधिवेशन पुस १७ गते

काठमाडौं, १२ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम राष्ट्रियसभाको अधिवेशन यही पुस १७ गते आह्वान गरेकी छन् । संविधानको धारा ९३ को उपधारा १ बमोजिम अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा शुक्रबार अपराह्न ४ बजे बैठक बस्ने राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत आज जानकारी दिएका छन् । पुरा पढौ