समाचार

वैदेशिक रोजगारीलाई लाभदायी बनाउन सरकार गम्भीर

काठमाडौं, ३ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीलाई सबैले अनुभूति गर्न सक्ने गरी सुरक्षित, व्यवस्थित, मर्यादित तथा तुलनात्मकरूपमा बढी लाभदायी बनाउन सरकार गम्भीरतापूर्वक अगाडि बढेको बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज शुभकामना दिँदै उनले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक र तिनका परिवारको सुरक्षा, हित र कल्याणलाई सुनिश्चित गर्ने सवालमा देखिएका चुनौतीको सामना गर्दै यसको समुचित व्यवस्थापनका लािग निरन्तर अगाडि बढिरहेको बताए । नेपालमा श्रमिकको अधिकारका लागि नीतिगत तथा कानूनी आधार तयार भइसकेको… पुरा पढौ

६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाह भत्ता रु १० हजार

बनेपा, ३ पुस । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले निरन्तर ३० वर्षसम्म काम गरेर ६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाहका लागि मासिक रु १० हजार भत्ता र आपत्कालीन अवस्थामा रहेकालाई सहयोग गर्ने कोष स्थापना गरेर कार्यान्वयनमा ल्याउने काम भइरहेको बताएका छन् । ‘ नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाको २८औं स्थापना दिवस तथा वार्षिक साधारणसभामा बनेपामा भएकाे कार्यक्रममा उनले ती काम छिट्टै कार्यान्वयनमा आउने बताए । उनले महासङ्घको पहलमा रु पाँच करोड ३४ लाखको ‘पत्रकार सम्मान वृद्धि कोष’ स्थापना… पुरा पढौ

टीकापुर घटनाका दोषी रेशमलाल चौधरी र लक्ष्मण थारूलाई जन्मकैद

डोटी, ३ पुस । उच्च अदालत दिपायल राजपुरले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार रातिसम्म उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलालीले यसअघि गरेको आदेश सदर गरेको हो । अदालतले लक्ष्मण थारूलाई पनि जन्मकैदको सजाय सुनाएको छ । यसअघि घटनाका अर्का दोषी थारूलाई भने जिल्ला अदालत कैलालीले धरौटीमा छाडेको थियो । एक प्रहरी वरिष्ठ उपरीक्षक तथा सात प्रहरी र एक नाबालकको ज्यान जाने गरी विसं २०७२ भदौ… पुरा पढौ

सवारी साधनको जोरविजोर प्रणाली हट्यो, सुरक्षा सतर्कता पालना गर्न सरकारको अपिल

काठमाडौं, ३ पुस । काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर–बिजोर प्रणाली आज शुक्रबारदेखि हटेको छ । जिल्ला प्रशासन कार्यालयले पुस ३ गतेदेखि लागू हुनेगरी जोर÷बिजोर प्रणाली हटाएको हो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले सूचना जारी गर्दै आजबाट जोर–बिजोर प्रणाली हटाएको जानकारी गराएका हुन् ।जिल्ला प्राशसन कार्यालय काठमाडौंमा बिहीबार बसेको बैठकमा यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिले सार्वजनिक सवारीमा समेत जोर–बिजोर लागू गर्दा भीड बढेर कोरोना भाइरसको संक्रमणको जोखिम अझ बढेको बताएका… पुरा पढौ

दोधारा चाँदनी नगरपालिका आजदेखि पुस ९ गतेसम्म बन्द

कञ्चनपुर, ३ पुस । काेरोना सङ्क्रमण बढेसँगै दोधारा चाँदनी नगरपालिका एक हप्तासम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ । कारोना सङ्क्रमण फैलिएपछि बिहीवार दिउँसो बसेको नगरपालिकाको आपत्कालीन बैठकले आजदेखि पुस ९ गतेसम्मका लागि नगरपालिका क्षेत्र बन्द गर्ने निर्णय गरेको हो । विद्युत् प्राधिकरणको फ्युज कार्यालय, नगरपालिकास्थित किराना पसल, हार्डवेयर पसल, खाद्यान्न पसल बिहान १० बजेदेखि १ बजेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी खुल्न पाउने निर्णय गरिएको छ । दूध ढुवानी, औषधि पसल २४ सै घण्टा सञ्चालन हुनेछन । अति आवश्यक… पुरा पढौ

वैज्ञानिक वनका नाममा अनियमितता गर्नेलाई कारवाही गर्न निर्देशन

काठमाडाैं, ३ पुस । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले वैज्ञानिक वन व्यवस्थापनका नाममा अनियमितता गर्नेलाई छानविन गरी कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान अयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ । समितिको बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम कार्यविधिका आधार सञ्चालित भएकामा त्यसलाई खारेज गरी वन ऐनअनुसार दिगो वन व्यवस्थापन कार्यक्रममा लगेर अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । वैज्ञानिक वन व्यवस्थापनका नाममा अनियमितता भएको सम्बन्धमा समितिकै उपसमितिले तयार गरेको प्रतिवेदनमाथिको छलफलपछि बैठकले समुदायिक वनले बनाएका कार्ययोजनाका आधार नभई प्रदेशले रणनीति बनाएर मात्र वैज्ञानिक… पुरा पढौ

पार्किङको शुल्क नउठाउन पोखरा चेम्बर अफ कमर्शको आग्रह

पोखरा, २ पुस । पोखरा चेम्बर अफ कमर्श कास्कीले आवश्यक पूर्वाधारको निर्माणबिना पार्किङ शुल्क नउठाउन आग्रह गरेको छ । चेम्बरले पोखराको लागि ब्यवस्थित पार्किङको लागि जग्गा व्यवस्थापन गर्न पोखरा महानगरपालिकासंग माग गरेको छ । चेम्बरका महासचिव उमराज बास्तोलाले पार्किङलाई व्यवस्थित गर्न निजीक्षेत्रसंग सहकार्य गर्न अपिल गरेका छन् । कोरोना भाइरसको प्रकोप तथा लकडाउनमा परेका व्यवसायीलाई राहतको व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै विज्ञप्तिमा व्यक्तिको घर तथा व्यवसायीको पसल अगाडी पार्किङ शुल्क तिर्नुपर्ने व्यवस्था अव्यवहारिक भएको प्रतिक्रिया दिएको छ । पोखरा महानगरले घोषणा… पुरा पढौ

सांग्रिला बैंकद्वारा स्काउटलाई जाडोमा न्यानो ज्याकेट हस्तान्तरण

काठमाडौं, २ पुस । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले भक्तपुरस्थित नेपाल स्काउट मध्यपुर थिमि स्थानीय परिषदलाई ज्याकेट हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले परिषदलाई जाडाेमा न्यानाे बनाउन ज्याकेट हस्तान्तरण गरेको जनाएको छ । नेपाल स्काउट मध्यपुर थिमिका स्वयंम सेवकहरुलाई जाडो याममा गरिएको सहयोगले दैनिक कार्य सम्पादनमा सहयोग पुग्ने विश्वास गरिएको प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताएका छन् । कार्यक्रममा बैंकको तर्फबाट सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख संचालन अधिकृत अपूर्वप्रसाद जोशीले नेपाल स्काउट मध्यपुर थिमिका स्थानीय आयुक्त हरिबहादुर श्रेष्ठलाई… पुरा पढौ

कुइनेमङ्गलेमा ठूलोखोला जलविद्युत्को निर्माण हुने

बेनी, २ पुस । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेको सो आयोजनाले ढाँचा र आधारभूत पूर्वाधार निर्माणको तयारीमा जुटेको आयोजनाका व्यवस्थापक अनुरोध अधिकारीले जानकारी दिए । उनका अनुसार रघुगङ्गा नदीस्थित फेदीखोलामा मुहान रहने आयोजनामा तीन हजार ३७७ मिटर लामो सुरुङमार्गबाट ल्याइएको पानीलाई छरीस्थित रघुगङ्गा नदिको किनारमा रहने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने छ । आयोजनाले बन्दीघाटसम्म पुगेको सडकको ट्रयाकलाई छरी हुँदै अगाडि बढाइसकेको छ ।… पुरा पढौ

७२ लाख खर्चेर सात वटा पदमार्ग बन्ने

बलेवा, २ पुस । कोरोना महामारीका कारण सुनसान रहेका जिल्लाका पर्यटकीयस्थलमा मंसिरको तेस्रो साताबाट मात्रै सामान्य चहलपहल देखिन थालेको छ । धार्मिक पर्यटकीय क्षेत्र हुन् वा प्राकृतिक पर्यटनको सम्भावना बोकेका क्षेत्र, झण्डै नौ महिनापछि सामान्य आन्तरिक पर्यटकको आउजाउ हुन थालेको छ । कोरोना महामारीका कारण पर्यटकीय क्षेत्र सुनसान मात्रै भएनन्, तीनै तहका सरकारले ती क्षेत्रको विकासका लागि विनियोजन गरेका बजेटको कार्यान्वयन गर्ने कामसमेत प्रभावित भए । महामारीको मारबाट विस्तारै तङ्ग्रिँदै गरेको बागलुङको पर्यटन क्षेत्रको विकासका लागि गण्डकी प्रदेश सरकारले विनियोजन… पुरा पढौ