समाचार

मिथिलामा आज ‘बेलनौत’ विधि सम्पन्न गरिँदै

महोत्तरी, ६ कात्तिक । बडादशैँ पर्वको छैटौँ दिन आज बिहीबार महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘बेलनौत’ विधि सम्पन्न गरिँदै छ । पर्वका अवसरमा देवी दुर्गाका प्रतिमा बनाइएका देवी दुर्गाको आँखा उघार्ने प्रयोजनका लागि ‘बेलनौत’ विधि गरिने मैथिल परम्परा रहँदै आएको छ । ‘बेलनौत’ को अर्थ ‘बेललाई निम्ता दिनु’ भन्ने हुन्छ । मिथिला क्षेत्रमा बडादशैँ पर्वमा माटो मुछेर बनाइएका देवी प्रतिमाको आँखा सप्तमीका दिन खोल्न (उघार्न) बेल (फल) को भेट्नो प्रयोग गरिने परम्परा छ । यसका लागि एक दिनअघि षष्ठी तिथिका दिन मध्याह्नपछि… पुरा पढौ

लमजुङ कालिका मन्दिरमा महाकालीको मूर्ति स्थापना

लमजुङ, ६ कात्तिक । लमजुङको बेँसीशहर नगरपालिका–३ मा अवस्थित लमजुङ कालिका मन्दिरमा महाकालीको मूर्ति स्थापना गरिएको छ । यस मन्दिरमा श्रदालु तथा भक्तजनले पूजा गर्ने क्रममा देखिनेखालको मूर्ति नभएको गुनासो गरेसँगै मन्दिरमा देखिने खालको ठूलो मूर्ति स्थापना गरिएको हो । घटस्थापनाको दिनमा काठमाडौँबाट मूर्ति ल्याएर स्थापना गर्नुअघि गर्नुपर्ने विधिवत प्रक्रिया पूरा गरेपछि शुभसाइत हेरेर बुधबार बिहान ११ बजेको समयमा विधिवतरूपमा पूजा आराधना गर्दै मूर्ति स्थापना गरिएको छ । मूर्ति स्थापना गर्नुअघि मूर्तिलाई शक्ति दिनका लागि विभिन्न प्रक्रिया पूरा गरेर स्थापना… पुरा पढौ

गण्डकीका सांसदले पनि फिर्ता गरे दसैं भत्ता

पाेखरा, ६ कात्तिक । गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, राष्ट्रिय जनमाेर्चाका सांसदले दसैं भत्ता फिर्ता गरेका छन्। नेकपा संसदीय दलको नेतासमेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदीय दलका सबै सदस्यकाे भत्ता फिर्ताको निर्णय भएको र साे रकम प्रदेशकाे काेराेना काेषमा जम्मा गरिने बताए। संसदीय दलमा नेकपाका ४० सांसद छन्। मन्त्रिपरिषद्काे बैठकले मुख्यमन्त्री तथा मन्त्रीहरुको भत्ता फिर्ताको निर्णय गरेकाे र दिउँसाे दलको छुट्टै निर्णय भएको उनले जानकारी दिए । प्रमुख प्रतिपक्षी दल… पुरा पढौ

रासायनिक मल आउने क्रम जारी

वीरगञ्ज, ५ कात्तिक । विगत दुई महिनादेखि पर्सामा रासायनिक मल पोटासको अभाव देखिएसँगै अब यो अभाव समाप्त भएको छ । आजदेखि रासायनिक मल पोटास आउन थालेपछि सो अभाव समाप्त भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले जनाएको छ । चार हजार ५०० मेट्रिक टन पोटासमध्ये आज मात्र ५०० मेट्रिक टन पोटास मल आएकाले सो अभाव समाप्त भएको र दशैँपछिलगत्तै बाँकी रहेको चार हजार मेट्रिक टन पोटास आउने सो कार्यालयका प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले राससलाई बताए। तेस्रो मुलुक बेलारुसबाट भारतको वैशाखापटनम… पुरा पढौ

एकै दिन ५७ सय ४३ जनामा संक्रमण

काठमाडौं, ५ कात्तिक। नेपालमा गएकाे २४ घण्टामा थप ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले साे जानकारी दिएका हुन्। गएकाे २४ घण्टामा २० हजार १ सय १८ पिसिअार टेष्ट गरिएको हाे । काठमाडौं उपत्यकामा मात्र ३ हजार १ सय ७ जना संक्रमित थपिए । तीमध्ये काठमाडौ जिल्लाका मात्र २ हजार ३ सय ९१, भक्तपुरमा १ सय ७३ र ललितपुरमा ५ सय ४३ जना… पुरा पढौ

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

कावासोती, ५ कात्तिक । भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने संस्थाले भारतीय प्रहरीको समन्वयमा ती बालकलाई उद्धार गरी नेपाल फर्काइएको हो । उद्धार गरिएका ती बालक नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाका हुन् । वैदेशिक रोजगारीका लागि भन्दै भारत पु¥याइएका ती बालकलाई उद्धार गरेर मङ्गलबार अभिभावकको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले जानकारी दिए । उनका अनुसार रोजगारीका लागि लगिएका ती बालकलाई भारतको… पुरा पढौ

उधाेगपति वसन्त चाैधरीलाई कोरोना संक्रमण

काठमाडाैं, ५ कात्तिक । उधाेगपति तथा कवि वसन्त चौधरीलाई कोरोना भाइरसकाे संक्रमण पाेजेटिभ देखिएकाे छ । आज बिहान ट्वीट गर्दै उनले संक्रमण पाेजेटिभ देखिएकाे लेखेका छन । ट्वीटमा चाैधरीले केही लक्षणहरु पनि देखिएको बताएका छन् । आफू निरन्तर डाक्टरकाे सम्पर्कमा रहेकाे र सल्लाह लिइरहेकाे बताएका छन् । चाैधरी हाल हाेम आइसोलेसनमा बसेका छन् । उनले आफुसंग सम्पर्कमा आएकाहरूलाई चिकित्सकको सरसल्लाह लिन अनुराेध पनि गरेका छन् । पुरा पढौ

बालगृहमा अलपत्र अवस्थाका ११ बालबालिकाकाे उद्धार

सिमकोट, ५ कात्तिक । काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ । काठमाडौंको सहारा अन्तर्राष्ट्रिय बालगृह र केअर बालगृहमा अलपत्र अवस्थामा रहेका हुम्लासहित विभिन्न जिल्लाका ११ बालबालिकालाई उद्धार गरिएको हो । लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएका हिमाली नवीन समाजले ती बालबालिकालाई उद्धार गरी परिवारको जिम्मा लगाएको छ । उद्धार गरिएकामध्ये सात बालबालिकालाई जिल्ला बाहिर नेपालगञ्ज, काठमाडौँमा रहेका आफन्तलाई बुझाइएको छ भने बाँकी हुम्लाका चार जनालाई परिवारसँग पुनःमिलन गराइएको छ । गाउँका नातेदारले १२ कक्षासम्म… पुरा पढौ

नेपाल र चीनबीचकाे सम्झौता कार्यान्वयनको समय आएको छः प्रधानमन्त्री

काठमाडौं‌‌, ४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमापार रेलवे सञ्चालन र पूर्वाधार विकाससहित सम्पर्क सञ्जालका परियोजनामा नेपाल र चीनबीच भएका आपसी सम्झौताको व्यावहारिक कार्यान्वयनको समय आएको बताएका छन्। हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका राजनीतिक दलबीचको संयुक्त परामर्श संयन्त्रको आज आयोजित पहिलो भर्चुअल बैठकको सफलताको कामना गर्दै प्रधानमन्त्री ओलीले दुई देशका जनताको आपसी लाभका लागि बेल्ट एण्ड रोड इनिसियटिभमा नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको स्मरण गरेका थिए । बैठकमा प्रधानमन्त्रीको लिखित सन्देश राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद… पुरा पढौ

नेपालमा थप ३०९३ जनामा संक्रमण, २१०८ निकाे

काठमाडौं, ४ कात्तिक। नेपालमा गएकाे २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले साे जानकारी दिएका हुन्। गएकाे २४ घण्टामा १३ हजार ६ सय ६१ पिसिअार टेष्ट गरिएको हाे । काठमाडौं उपत्यकामा मात्र १ हजार ७ सय २ जना संक्रमित थपिए । तीमध्ये काठमाडौ जिल्लाका मात्र १ हजार ४ सय ३१, भक्तपुरमा १ सय ४८ र ललितपुरमा १ सय २३ जना संक्रमित हुन्।… पुरा पढौ