समाचार

बडादशैंको दोस्रो दिन ब्रह्मचारिणी माताको पूजा

काठमाडौं, २ कार्तिक । बडादशैंको दोस्रो दिन आज शक्तिपीठहरुमा ब्रह्मचारिणी माताको पूजा आराधना गरिँदैछ । नवरात्रमा नवदुर्गा भवानीको पूजा गर्ने परम्परा भएअनुसार आज ब्रह्मचारिणीको पूजा चलन रहेको छ । घटस्थापनको दिनमा कोत तथा घर घरमा विधिपूर्वक जमरा राखेपछि नवरात्र सुरु भएको मानिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने चलन रहेको छ । बडादसैँ… पुरा पढौ

पृतनापति सम्मेलन आजदेखि

काठमाडौं, २ कात्तिक । नेपाली सेनाले आज आइतबारदेखि तीनदिने पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका साथै कोभिड–१९ प्रतिकार्यमा प्राप्त भइरहेको सफलता, आँकलन र भावी रणनीतिबारे समीक्षा हुने जनाइएको छ । सम्मेलन यसपालि भर्चुअल माध्यमबाट हुनेछ । नेपाली सेनाले प्रत्येक ६ महिनामा नियमितरुपमा यसखालको सम्मेलन गर्दै आएको थियो । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले सेनाका पृतनापतिले सम्मेलनक्रममा सम्बन्धित स्थानबाट आ–आफ्ना कार्य क्षेत्रमा भएगरेका उपलब्धि, देखिएका चुनौती र समाधानका लागि चालिनुपर्ने कदमबारे रायसुझावसहितको प्रस्तुतीकरण गर्ने बताए । सेनाको पूर्वी कामु पृतनापति… पुरा पढौ

वीरगञ्जबाट २३ किलो सुन बरामद

पर्सा, १ कात्तिक । वीरगञ्ज महानगरपालिका वडा नं ५ रेशमकोठीबाट आज पर्सा प्रहरीले रु १७ करोडभन्दा बढी मूल्यको अवैध सुन बरामद गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले गणेश अपार्टमेन्टको ३०३ नम्बर फ्लाटमा छापा मारी २३ किलो २५७ ग्राम सुन बरामद गरेको हो । भारत, विहारको रक्सौलस्थित हरैया निवासी अशोक सिन्हा बस्दै आएको फ्ल्याटमा अवैध सुन राखिएको पूर्वसूचनाका आधारमा कारबाही गर्दा एक किलो सय ग्रामलगायत विभिन्न तौलका २३ किलोभन्दा बढी सुन र दुई किलो २६२ ग्राम चाँदीका भाँडा बरामद गरिएको… पुरा पढौ

नेपालमा थपिए ३१६७ कोरोना संक्रमित

काठमाडौं, १ कात्तिक । नेपालमा शनिबार ३ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार देशभरमा ३ हजार १ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ पुगेको छ । गएको २४ घण्टामा नेपालमा कुल १५ हजार ४ सय ३८ जनाको कोरोना परीक्षण भएको हो । गएको २४ घण्टामा १ हजार ८ सय जना निको भए ।… पुरा पढौ

कोरोना फैलिन नदिन कटुवालबाट सन्देश प्रवाह

म्याग्दी, १ कात्तिक । कोभिड–१९ को रोकथामका लागि म्याग्दीका गाउँबस्तीमा कटुवाल र माइकिङ गरेर सन्देश प्रवाह गराइएको छ । इमेल, इन्टरनेट, रेडियो, टेलिभिजन र पत्रपत्रिका जस्ता आम सञ्चारमाध्यमको सहज पहुँच नभएका दुर्गम र विकट बस्तीमा कटुवाल परिचालन गरेर कोरोनासम्बन्धी सन्देश प्रवाह गराएका हुन् । कटुवालहरुले अतिआवश्यक कामबाहेक शहरबजारमा नजान, भेला नगर्न, साबुनपानीले हात धुन, शहरबाट आएकालाई अलग्गै बस्न, ज्वरो, रुघाखोकी लागेमा स्वास्थ्य संस्थामा जान अनुरोध गरिरहेका छन् । कोरोनाका बारेमा जानकारी गराउन कटुवाल हर्कजीत विश्वकर्मालाई घोक हाल्न (सबैले सुन्ने गरी… पुरा पढौ

पोखराका ४७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु

पोखरा, १ कात्तिक । पोखरा महानगरपालिका वडा १७ का ४७ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको शुक्रबार साँझ पोखराको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार मध्यान्हमात्र विज्ञप्तिमार्फत् पुष्टि गरेको हो । गत असोज २३ मा कोरोना पुष्टि भएका उनमा श्वासप्रश्वासमा समस्या तथा निमोनिया देखिएको थियो । योसहित गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ । चरकमा अघिल्लो सातामात्रै अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो । यसैबीच,… पुरा पढौ

वडा सदस्यको कोरोना सङ्क्रमणका कारण मृत्यु

चितवन, १ कात्तिक । खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनी क्यान्सर रोगबाटसमेत पीडित थिए । भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनमा असोज २८ गते सङ्क्रमण पुष्टि भएको थियो । आईसोलेसनमा रहनुभएकोमा उनलाई असोज ३० गते अस्पताल भर्ना गरिएको थियो । खोकी र श्वासप्रश्वासमा समस्या रहेको उनको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा मृत्यु भएको हो ।… पुरा पढौ

कामपाले दियो ‘मेयर्स रिसर्च फेलोसिप’

काठमाडौँ, १ कात्तिक । विभिन्न फरक फरक विधामा अध्ययन अनुसन्धान गर्नका लागि काठमाडौँ महानगरपालिकाले १० जनालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान गरेको छ । कामपा सहरी योजना आयोगले नीति–निर्माण तहमै अनुसन्धानको संस्कृति बसाल्ने र त्यसलाई कार्यान्वयन तहमा लैजाने उद्देश्यसहित पहिलो चरणमा १० जनालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान गरेको हो । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आगामी नीति तथा कार्यक्रममा समावेश गरी कार्यान्वय चरणमा लैजान सहज हुने गरी व्यावहारिक पक्षलाई समेत ध्यानमा राखेर अनुसन्धान तयार पार्न अनुसन्धान कर्तालाई सुझाव दिनुभएको छ । अनुसन्धानका… पुरा पढौ

देशभर शक्तिपीठमा नित्य पूजा मात्र, भक्तजनको दर्शनका लागि खुला नगरिने

काठमाडौँ, १ कात्तिक । नेपालीको महान चाड बडादशैँकाे अवसरमा यस वर्ष देशभरका शक्तिपीठमा नित्य पूजा गरी भक्तजनको दर्शनका लागि खुला नगरिने भएको छ । काठमाडौँ उपत्यका लगायत धेरै जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले शक्तिपीठमा पुजारीले नित्य पूजा एवं आरती गरी भक्तजनलाई प्रवेश गर्न नदिइने भएको हो । पशुपति क्षेत्रमा रहेको गुह्येश्वरी, जयवागेश्वरी लगायत शक्तिपीठ दर्शनार्थीका लागि नखोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । उपत्यकामा कोरोना भाइरसका सङ्क्रमित बढिरहेकाले पुजारीबाट हुने नित्य पूजा आराधना गरी मन्दिर सर्वसाधारणका लागि नखोलिने कोषका… पुरा पढौ

गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय: प्रम ओली

काठमाडाै, १ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताएका छन् । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले गरिबी अन्त्य र समृद्धि स्थापना गर्दै देशमा आधुनिक कृषि, औद्योगिक विकास, रोजगारी सिर्जना, उद्यमशीलता, सामाजिक सुरक्षा र अवसरको न्यायोचित वितरण गर्ने बताए। सन्देशमा उनले गरिबीबाट समृद्धितर्फ र जनतालाई विपन्नताबाट सम्पन्नतातर्फ लैजाने राष्ट्रिय आकांक्षा पूरा गर्न सार्थक उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । संयुक्त राष्ट्र सङ्घले सन् १९९३ देखि… पुरा पढौ