समाचार

समृद्धि फाइनान्सले २ सय प्रतिशत हकप्रद दिने, भदौं ११ गतेसम्म कायम सेयरधनीले पाउने

काठमाडौं, ७ असोज । समृद्धि फाइनान्सको २ सय प्रतिशत हकप्रद सेयर असोज १६ गतेबाट बिक्री खुला हुने भएको छ । कम्पनीले १ः२ अनुपातमा ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा कात्तिक ६ गतेसम्म आवेदन दिन सकिनेछ । भदौ ११ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको बीओके क्यापिटल मार्केटले गर्नेछ । बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट कमलादी काठमाडौं तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा, पुतलीसडक र बुटवल शाखा कार्यालयबाट आवेदन सकिनेछ… पुरा पढौ

नारायणगढ–नौबिसे सडक एकतर्फी

काठमाडाै, ७ असाेज । नारायणगढ–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ । नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए । उता मुग्लिन–नौबिसे सडकखण्ड पनि एकतर्फी मात्र सञ्चलानमा छ । साे सडकखण्ड अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित बाँदरेभीर भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक एकतर्फी मात्र सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मझिमटार धादिङले जनाएको छ । सडक दुइतर्फी सञ्चलानमा… पुरा पढौ

अब नेपाली चियाको आफ्नै ब्राण्ड, १२ उद्योगका ट्रेडमार्क कार्यान्वयन

इलाम, ७ असोज । लामो रस्साकस्सीपछि अब नेपाली अर्थोडक्स चिया आफ्नै व्यापारचिह्नसहित विश्वबजारमा जाने भएको छ । अहिलेसम्म निर्यातकर्ताले आआफ्नै उद्योगको व्यापारचिह्न प्रयोग गरेर निर्यात गरिरहेकामा अब भने सरकारले जारी गरेको ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालयज’ नामक व्यापारिकचिह्न लागेको तयारी चिया विश्व बजारमा जाने भएको छ । ‘चियाको राजधानी’ इलामको फिक्कलमा मंगलबार सार्वजनिक गरिएपछि अब १२ उद्योगका चिया ट्रेडमार्कसहित जाने भएका हुन् । “अत्यन्तै धेरै सास्ती खेपेर ला्गो कार्यान्वयनमा आयो । अब हामीले नेपालको चिया भनेर बाहिर दिन सक्छौँ”,… पुरा पढौ

प्रदेश नं १ मा १६६ जना कोरोना सङ्क्रमित थप

बिराटनगर, ६ असाेज । प्रदेश न १ मा गएको २४ घण्टामा १६६ जना कोरोना सङ्क्रमित थपिएका छन् । त्यसमा ७३ महिला र ९३ पुरुष छन् । थपिएकामा सुनसरीमा ७६, मोरङमा ५६, झापामा २४, संखुवासभामा तीन, तेर्हथुममा एक र प्रदेश बाहिरका छ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा १९ महिला र १५ पुरुष गरी ३४ जनामा सङ्क्रमण भएको छ । सुनसरीकै दुहवीमा आठ महिला र १२ पुरुष, इटहरीमा आठ महिला र १२ पुरुष तथा रामधुनीमा… पुरा पढौ

कर्णालीमा ५५ सङ्क्रमित थपिए

सुर्खेत, ६ असाेज । कर्णाली प्रदेशभर मंगलबार थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल -पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र चौरजहारी अस्पलात रुकुमपश्चिम प्रयोगशालामा आज गरिएको पिसिआर परीक्षणमा ५५ जनामा सङ्क्रमण पुष्टि भएको हो । नयाँ सङक्रमितमा सुर्खेतका मात्रै ४२ जना छन् । यस्तै रुकुम पश्चिमका १२ र दैलेखका एकजनामा सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले जानकारी दिए । योसँगै प्रदेशभर कोरोना सङ्क्रमितको सङ्ख्या तीन… पुरा पढौ

गण्डकीमा कुल संक्रमित ३५२३ पुग्यो, २४ घण्टामा ४४ थप

पोखरा, ६ असोज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ५ सय २३ पुगेको छ । मंगलबारमात्रै ४४ संक्रमित थपिएका हुन् । तीमध्ये पोखराका १९ जना छन् । पोखरा वडा ७ स्थित प्रहरी कार्यालयमा कार्यरत ५ जना प्रहरी (पुरुष) छन् भने वडा १४ का ५८ वर्षीय पुरुष, २८ र ५० वर्षीया महिला, वडा ३ का ३० र ४५ वर्षीय पुरुषमा पनि संक्रमण देखा परेको छ । यस्तै, पोखरा वडा ९ का २४ वर्षीय पुरुष, १३ का १९ वर्षीय पुरुष,… पुरा पढौ

प्रेस काउन्सिलकाे ५१औ बार्षिकोत्सव सम्पन्न

काठमाडौं, ६ असोज । प्रेस काउन्सिल नेपालले ५१औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । बार्षिकोत्सवका अवसरमा देशभरबाट २६ जना पत्रकार र संस्थाहरु सम्मानित भएका छन । प्राप्त समाचार अनुसार यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई प्रदान गरिएकाे छ । काउन्सिलको ५१औँ वार्षिकोत्सव समारोहका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज श्रेष्ठलाई सो पुरस्कार प्रदान गरिएकाे हो । पुरस्कारको राशि रु एक लाख ५१ हजार छ । यस्तै प्रेस काउन्सिल आचारसंहिता पुरस्कार सेतोपाटी डटकमले… पुरा पढौ

मकवानपुरमा गाँजासहित ३ जना पक्राउ

मकवानपुर, ६ असोज । मनहरि गाउँपालिका–६ स्थित लोथर खोलाको बगरको बाटो प्लाष्टिकको बोरा बोकी हिँडिरहेका तीन जनालाई प्रहरीले रोकी जाँच गर्दा अवैध गाँजा फेला परेपछि उनीहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले उनीहरुलाई १०४ केजी अवैध गाँजासहित आज पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका–९ बस्ने २६ वर्षीय कपिल भन्ने रुप खड्का ठकुरी, सोही वडा बस्ने ३० वर्षीय टलकबहादुर घलान र सोही गाउँपालिका–४ बस्ने २७ वर्षीय मदन कोइराला रहेका छन् । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको… पुरा पढौ

खाडी मुलुकबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौं, ६ असोज । सरकारले १ अक्टोबर ९असोज १५० देखि खाडी मुलुक कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको छ। यसअघि भदौ १६ देखि शुरु भएको अन्तर्राष्ट्रिय उडानमा पीसीआर परीक्षण सहज नभएकाले ती मुलुक नियमित उडान भएको थिएन। अहिले चार्टर्ड र उद्धार उडानमात्र भइरहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खाडी मुलुकबाट नियमित उडानका लागि अक्टोबर महिनाको उडान सार्वजनिक गरेको छ। मन्त्रालयले यसअघि सेप्टेम्बर महिनाका लागि उडान तालिका सार्वजनिक गरेको थियो। पर्यटन मन्त्रालयका सचिव… पुरा पढौ

करेन्ट लागेर वडाध्यक्षको मृत्यु

सोलुखुम्बु, ६ असोज । माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको निधन भएको छ । मंगलबार बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते भएका ३९ वर्षीय तामाङको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्दइवा लिम्बूले जानकारी दिए । प्रहरीका अनुसार मंगलबार बिहान ८ः३० बजे रडसहित घरको छतबाट हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर घाइते भएका तामाङको जिल्ला अस्पताल थाप्लुमा उपचारको क्रममा मृत्यु भएको हो । उनको श्रीमती र तीन छोराछोरी रहेका छन् । पुरा पढौ