समाचार

सेनाको इतिहास गर्विलो,भरपर्दो र विश्वसनीय: प्रधानमन्त्री

काठमाडौं, ३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सेनाको इतिहास गर्विलो,भरपर्दो र विश्वसनीय रहेकाे बताएका छन् । संवेदनशील र गहन राष्ट्रिय सुरक्षा विषयबारे निरन्तर अनुसन्धान र छलफल आवश्यकता रहेको औँल्याए । ‘पृतनापति समन्वयात्मक बैठकको प्रधानमन्त्री कार्यालयबाटै भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले नेपाली सेनामा रणनीतिक तहमा सञ्चालन हुने यस्ता छलफल र अन्तक्र्रियाले राष्ट्रिय सुरक्षाका चुनौती पहिल्याउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । रक्षामन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीले भने, “सेनाको संलग्नता र यसले सम्पादन गर्ने सबै कार्य उच्च राष्ट्रिय महत्वका… पुरा पढौ

प्रेस काउन्सिलको अनलाइन बाहेक अन्य सेवा बन्द

काठमाडौं, २ कात्तिक । प्रेस काउन्सिल नेपालले आफ्ना वरिष्ठ अधिकृतसहित चार जनामा कोरोना सङ्क्रमण देखिएपछि सेवा बन्द गरेकाे छ । कर्मचारी पनि बिरामी पर्न थालेकाले अनलाइन सेवाबाट हुनेबाहेकका अन्य सेवा बन्द गरेको प्रेस काउन्सिले जानकारी दिएकाे हाे । काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले साेमबारदेखि अर्को व्यवस्था नभएसम्म कर्मचारीले घरबाट नै अनलाइन उजूरी र अनुगमन गर्नेबाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिएका छन । पुरा पढौ

सञ्चार संस्थासँग सहकार्य गर्ने संचारमन्त्रीको भनाइ

काठमाडाै‌, २ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासङ्घसहितका सरोकार भएका संस्थासँग छलफल र सहकार्य गरेर अघि बढ्ने बताएका छन्। मन्त्री निवास पुल्चोकमा महासङ्घका पदाधिकारीसँग भएको भेटमा उनले सञ्चार क्षेत्रको हित हुने गरी आवश्यक नीति, कानून र संरचना निर्माण गरिने बताउँदै प्रेस स्वतन्त्रताको संरक्षण, प्रवद्र्धन, स्वतन्त्र प्रेसको व्यावसायिक र संस्थागत विकास एवम् पत्रकारको पेशागत हितका पक्षमा आफू सदैव अडिग रहने पनि स्पष्ट पारे । महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सञ्चार क्षेत्रमा विद्यमान समस्या समाधानका लागि सरकारबाट हुनुपर्ने… पुरा पढौ

महानगरद्वारा सिङमा हरियो रङ भएका खसी,भेंडा,च्याङ्ग्रा मात्र खरीद गर्न आग्रह

काठमाडौं, २ कात्तिक । काठमाडौं महानगरपालिकाले उपभोक्तालाई सिङमा हरियो रङ भएका खसी, बोका, भेंडा, च्याङ्ग्रा जस्ता चौपाया खरीद गर्न आग्रह गरेको छ । बडादशैंका लागि काठमाडौं ल्याइएका निरोगी खसी-बोका तथा भेंडा-च्याङ्ग्राको सिङमा हरियो र रोगीलाई रातो लगाइने गरेको बताइएकाे छ । कामपा पशु सेवा विभागले मासुका लागि चौपाया बिक्रीवितरण हुने स्थानमा पुगी दशैँका लागि बिक्रीका लागि राखिएका चौपायाको स्वास्थ्य परीक्षण गर्दा ज्वरो आए-नआएको, नाकबाट सिगान बगे-नबगेको, झोक्राएको-नझोक्राएको, पातलो दिसा भए-नभएको, चोटपटक भए-नभएको जस्ता सामान्य स्वास्थ्यावस्थाका विषयमा पशु चिकित्सकले परीक्षण गरेपछि… पुरा पढौ

भक्तपुरमा सबै सरकारी कार्यालयकाे सेवा बन्द

भक्तपुर, २ कात्तिक । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ । काठमाडौं उपत्यकाभित्र कोभिड–१९ सङ्क्रमितको जोखिम बढेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन । पछिल्लो समय काठमाडौं उपत्यकामा कोभिड–१९ को सङ्क्रमणको दर अत्यधिक बढिरहेकाले सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमा सेवाग्राहीको भीडभाड अत्यधिक भई सेवाग्राहीमा समेत सङ्क्रमण फैलन सक्ने अवस्था भएको उल्लेख गरिएकाे छ । गत असोज २६ गते बसेको… पुरा पढौ

खसीबोका बिक्री गरेर कृषककाे डेढ करोड आम्दानी

दमौली, २ कात्तिक । दशैँ नजिकिँदै गर्दा तनहुँका विभिन्न ठाउँका कृषकले खसीबोका बिक्री गरेर डेढ करोडभन्दा बढी आम्दानी गरेका छन् । जिल्लाको घिरिङ गाउँपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका तथा लमजुङको मध्यनेपाल नगरपालिका र सुन्दरबजार नगरपालिकाका कृषकले असोजमा मात्रै रु एक करोड ७३ लाख ३० हजार बराबरको खसीबोका बिक्री गरेका छन् । खसीबोका बिक्रीका लागि स्थानीय स्तरमा सहकारी संस्थाले बजारीकरणको व्यवस्था गरिदिएका थिए । यस अवधिमा कृषकले एक हजार १२५ खसीबोका बिक्री गरेका छन् । भिमाद नगरपालिका–९ भानुमतिको अतिप्रिय… पुरा पढौ

पहिलो पटक रक्तदान गर्दै जन्मदिन मनाइन ज्योत्स्नाले

पाेखरा, २ कात्तिक । पाेखरा ३ की ज्योत्स्ना उदासले जन्मदिनको अवसरमा पहिलो पटक रक्तदान गरेर जन्मदिन मनाएकी छन । ९९ बर्षका हजुरबुबा दूधमान उदास र हजुरआमा सन्तमाया उदासको अभिभावकत्वमा रक्तदान कार्यक्रम सम्पन्न भएको हाे । रक्त सँञ्चार केन्द्र कास्कीको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा आफन्तजन र साथीहरू गरी १५ जनाले रक्तदान गरेका थिए । रक्तदाताहरू प्रकाशमान उदास, ज्योति उदास , ज्योत्स्ना उदास , सुभेच्छा तुलाधर , शान्ति उदास , अमृत पालक , सबनम पालक , सोनम पालक , एलिसा श्रेष्ठ,… पुरा पढौ

रेबान पोखराको अध्यक्षमा बराल निर्वाचित

पोखरा, १ कार्तिक । रेष्टुरेन्ट तथा बार एसोशियसन नेपाल (रेबान) पोखराको अध्यक्षमा लक्ष्मण बराल निर्वाचित भएका छन् । शनिबार सम्पन्न १४औं अधिवेशनले बराललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको बताइएकाे छ । रेबानकाे निवर्तमान अध्यक्षमा भीमसेन भुजेल, प्रथम उपाध्यक्षमा नरेश भट्टराई, द्वितीय उपाध्यक्षमा विश्वराज पौडेल, महासचिवमा विकास भट्टराई, कोषाध्यक्षमा लोक गुरुङ, सचिवमा भीष्मराज पौडेल, सहकोषाध्यक्षमा रोशनजंग कार्की चयन भएका छन् । सदस्यहरुमा दोर्जे लामा, योगेश भट्टराई, वसन्त गौतम, राजेन्द्र ढकाल, वैभव पौडेल र वीरेन शेरचन निर्वाचित भएका छन । रेष्टुरेण्ट एण्ड बार… पुरा पढौ

उदयपुर भदौरेमा भएकाे दुर्घटनामा ५ जनाकाे मृत्यु

उदयपुर, २ कात्तिक । उदयपुरको कटारी नगरपालिका १४ स्थित भदौरेमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका अन्य तीन जना घाईते भएका छन् । उनिहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ । बा २० च ७१७१ नं को स्कारपियो गएराति दुर्घटनामा परेको हो । गाडी सडकबाट झण्डै साढे ८ सय मीटर तल खसेको प्रहरीले बताएको छ । दुर्घटनामा परेर ओखलढुंगाका राम बहादुर सार्कि र कर्ण बहादुर सार्किको ज्यान गएको छ भने अन्यको सनाखत… पुरा पढौ

ग्रामीण कृषि सडक चार महिनापछि सञ्चालन

मुग्लिन, २ कात्तिक । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिका ग्रामीण पहाडी भेगमा सडक विस्तार गर्ने क्रम चलिरहेको छ । धेरैजसो बस्तीमा सडक पुगे पनि वर्षात् शुरु भएपछि सडक प्रायः बन्द हुने गर्छन् । यसपटक पनि गत असारबाटै यहाँका अधिकांश सडक वर्षासँगै झरेको पहिरोले अवरुद्ध हुनपुग्यो । केही सडकमा अझै सवारी गुड्न सकेका छैनन् । गत असारदेखि बन्द रहेको साविकको चण्डीभञ्ज्याङ गाविसको कार्यालय रहेको ढुङ्ग्रे गाउँ जोड्ने वडा नं ६ स्थित जलविरे–चण्डीभञ्ज्याङ ग्रामीण कृषि सडक शनिबारबाट पूर्णरूपमा सञ्चलानमा आएको छ… पुरा पढौ