समाचार

सबैको प्रतिनिधित्व हुनेगरी राजधानी भालुवाङ प्रस्ताव गरियाे:मुख्यमन्त्री पोखरेल

रुपन्देही, २० असोज । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं ५ को राजधानी दाङको भालुवाङले प्रदेशका सबैको प्रतिनिधित्व गरेको बताएका छन् । यसले प्रदेशका सबैको मनोविज्ञानको प्रतिनिधित्व पनि गरेको छ, त्यसैले प्रदेशको राजधानी भालुवाङ प्रस्ताव गरिएको हो, मुख्यमन्त्री पोखरेलले भने । यसमा अन्यथा सोच्नुपर्ने कारण नभएको पनि उनले बताए । पोखरेलले भने, प्रदेशको राजधानी दाङको भालुवाङ प्रस्ताव गर्नु भनेको प्रदेशका सबै वासिन्दाको भावनालाई कदर गरिएको हो । लुम्बिनी, राप्ती र भेरी अञ्चलको लागि केन्द्र बनाएर राजधानी भालुवाङ… पुरा पढौ

मन्त्री ढकालद्वारा अस्पतालका निर्देशकसँग छलफल

काठमाडाै, २० असाेज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ अस्पतालका निर्देशकसँग भर्चुअल माध्यमबाट छलफल गरेका छन् । कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि अग्रपङ्क्तिमा रहेर काम गरिरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलगायतले भोगिरहेका समस्या, गरिरहेका नियमित काम र स्वास्थ्य मन्त्रालयसँगको अपेक्षाका बारेमा उनले जानकारी लिएका हुन् । सो अवसरमा मन्त्री ढकालले सबैको सहयोगले मात्र कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न सकिने भएकाले ठोस उपचार नदेखिएको अवस्थामा सावधानीपूर्ण जीवनशैलीका लागि सबैलाई प्रेरित गर्नुपर्ने बताए। नजीकै आइरहेको चाडपर्वमा हुने भीडभाडले कोभिड–१९ को जोखिम… पुरा पढौ

अध्यक्ष कोरोना सङ्क्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द

सप्तरी, २० असोज । सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजक कोरोना सङ्क्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको छ । राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुुबै जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको हो । गाउँपालिकाका अध्यक्ष ६० वर्षीय पुरुष र कृषि शाखाका संयोजक ५७ वर्षीय पुरुषमा आइतबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले अर्को सूचना नभए सम्मका लागि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको बताए । स्वास्थ्य कार्यालय सप्तरीले गाउँपालिकाका अध्यक्षसहित… पुरा पढौ

धरानमा थप एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु

धरान, २० असोज । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा थप एक पुरुषको कोरोना सङ्क्रणबाट आज विहान मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका–३ का ६४ वर्षीय पुरुष रहेका प्रतिष्ठानका प्रवक्ता डा आशिस श्रेष्ठले जानकारी दिए । मधुमेह तथा क्षयरोगबाट पीडित ती पुरुषलाई श्वास प्रश्वासमा समस्या आएपछि गत असोज १२ गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन उनँको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या… पुरा पढौ

कोरोना महामारीकै बीच खुलेका विद्यालय बन्द गर्न आग्रह

लहान, २० असोज । जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न स्थानीय तहमा सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । बैठकले सामाजिक दुरी कायम गरी सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । विद्यार्थीहरुको विद्यालयमा उपस्थिति नगराइ वैकल्पिक सिकाइ विधि अपनाउन आग्रह गर्ने निर्णय भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए । कोरोना सङ्क्रमणको जोखिम कायम जारी रहेका बेला विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थिति गराइ पठनपाठन गर्दा जोखिम बढ्ने उनले बताए । यहाँका मिर्चैया तथा गोलबजार नगरपालिका र… पुरा पढौ

चाडपर्व नजिकिएसँगै प्रहरीले सक्रियता बढायो

काठमाडौं, २० असोज । चाडपर्वलाई लक्षित गरी प्रहरीले सुरक्षा सक्रियता र निगरानी बढाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार सम्भावित जोखिम क्षेत्रको पहिचान गर्दै मातहतका प्रहरी कार्यालयले उच्च निगरानी बढाएको जानकारी दिए । उनका अनुसार मुख्यगरी खाद्य वस्तुमा कालोबजारी हुने, अखाद्य वस्तुलाई विक्री वितरण गर्ने, मिति सकिएका वस्तुमा नयाँ मिति राखेर विक्री गर्ने तथा कानुन विपरितका कार्य गर्न सक्ने भएकाले त्यसतर्फ प्रहरीले निगरानी बढाएको छ । यस्तै चोरी, तस्करी र आपराधिक गतिविधिसमेत हुन सक्नेतर्फ पनि… पुरा पढौ

कोरोना कहरकै बीच सडक विस्तार तीव्र

बनेपा, २० असोज । कोरोना कहरकै बीचमा लाकुरीभञ्ज्याङ–कुशादेवी–पनौती–नमोबुद्ध–चौकीडाँडा सडक विस्तारले तीव्रता पाएको छ । विपी राजमार्गको वैकल्पिक मार्गको रुपमा हेरिएको सो सडकको विस्तारलाई वाग्मती प्रदेश सरकारकाले सहयोग गरेको छ । विस्तारित सडक यालेबाट पनौती, शंखु, नमोबुद्ध हुँदै दाप्चा जोडिने र अर्को शंखु दाहालटार हुँदै कटुञ्जेवेंशीमा जोडिनेछ । रयाले–कुशादेवी–पनौती–दाहालटार खण्डलाई लुम्बीनी/खानी ब्राइट जेभीले रु ३८ करोड ८३ लाख १० हजार २३२ मा सम्पन्न गर्ने जनाइएको छ । यसका लागि विसं २०७६ भदौमा सम्झौता गरी आगामी विसं २०७७ फागुन भित्रमा सम्पन्न गर्ने… पुरा पढौ

‘कृषि क्षेत्रको अभिवृद्धि : मादीको समृद्धि’

कास्की,२० असोज । जिल्लाको मादी गाउँपालिकाले सबै वडामा एक-एक वटा तरकारी तथा फलफूलका नर्सरी स्थापना गर्ने भएको छ । ‘कृषि क्षेत्रको अभिवृद्धि मादीको समृद्धि’ को नारालाई आत्मसात् गर्दै फलफूल तथा तरकारीको उत्पादनमा जोड दिएको गाउँपालिकाले जनाएको छ । साथै ‘एक वडा एक नर्सरी’ कार्यक्रम सञ्चालन मार्फत् पालिका भित्र तरकारी तथा फलफूलको उत्पादनमा प्रवद्र्धन गरी आत्मनिर्भर बन्ने लक्ष्य गाउँपालिकाले लिएको छ । कृषकलाई गाउँमै फलफूल तथा तरकारीको विरुवा सहज रुपमा उपलव्ध गराउन सो कार्यक्रम शुरु गरिएको हो । कोरोनाका कारणले विदेशबाट… पुरा पढौ

एच नाइन भाइरसको खतरा बढ्यो, धमाधम कुखुरा मर्न थाले

भरतपुर,२० असोज । कुखुरामा एच नाइन भाइरस देखिएपछि भरतपुरका किसानले पालेका कुखुरा धमाधम मर्न थालेका छन् । भरतपुर महानगरपालिका ६ केशरबागका किसान खेमराज पाठकले पालेका ५ हजार बढी लेयर्स जातका कुखुरा मरेका हुन । ती मरेका कुखुरालाई सोमबार खाल्डो खनेर गाडिएको छ । केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा एच नाइन भाइरस पुष्टि भएको थियो । यसपछि मरेका कुखुरालाई गाड्ने काम गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका प्रमुख डा दयाराम चापागाईले जानकारी दिए । “काठमाडौँमा… पुरा पढौ

दमक नगरप्रमुखलाई कोरोना पुष्टि

झापा २० असोज । झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उनँलाई सङ्क्रमण पुष्टि भएको हो । उनकी पत्नी लीला ओली र छोरा अनिल ओलीलाई समेत कोरोना पोजेटिभ देखिएको छ । मेयर ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिए । नगरप्रमुखसहित एक वडाध्यक्षलाई सङ्क्रमण पुष्टि भएपछि नगरपालिका आजदेखि ४ दिनका लागि बन्द गरिएको छ । पुरा पढौ