समाचार

प्रदेश ५ राजधानी विवाद चर्कियो

रुपन्देही, २० असोज : प्रदेश ५ सरकारले स्थायी राजधानी दाङको देउखुरी उपत्यका राख्ने प्रस्ताव अघि सारेपछि रुपन्देहीमा सडकदेखि सदनसम्म आन्दोलन चर्किएको छ । स्थायी राजधानी र नामबारे प्रदेश सरकारले सदनमा पेश गरेको प्रस्तावविरुद्ध सडक र सदनमा नेपाली कांग्रेसले आन्दोलन चर्काएको छ । सोमबार प्रदेशसभामा प्रदेश राजधानीको प्रस्तावविरुद्धको आन्दोलनमा जनता समाजवादी पार्टीले समेत कांग्रेसलाई साथ दियो । सत्ता पक्षकै कतिपय सांसद पनि प्रदेश राजधानी रुपन्देही नै हुनुपर्छ भन्ने पक्षमा देखिएका छन् जसले गर्दा कांग्रेस आन्दोलनका लागि थप बल पुगेको छ ।… पुरा पढौ

एकै पटक पाँच शिशुको जन्म !

काठमाडौँ, १९ असोज: तपाइ हामीले एक महिलाले तीन वा चारसम्म शिशु जन्माएको समाचार सुन्दै र देख्दै आएका थियाैं । सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले तीन र चार नभई एकै साथ पाँच शिशु जन्माएकी छन् । उनले सोमबार अस्पतालमा शल्यक्रियामार्फत पाँच शिशुलाई जन्माएको अस्पतालका निर्देशक डा सङ्गीताकौशल मिश्रको भनाइ छ । तीमध्ये एक मृत जन्मिएका छन् । बाँकी चार भने सकुशल छन् । उनका अनुसार आमा र बच्चाको अवस्था राम्रो छ । अक्सिजन दिनुपरेको… पुरा पढौ

प्रदेश ५ काे बैठक चल्दै गर्दा कांग्रेसका सांसदद्वारा कुर्सी टेबुल तोडफोड

बुटवल, १९ असोज । प्रदेश नं ५ को राजधानी र नाममा असहमति जनाउँदै विरोध गरिरहेका प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसदले आज प्रदेश सभा बैठक चल्दै गर्दा कुर्सी टेबुल तोडफोड गरेका छन । उनिहरुले माईक जडित टेबुलमा कुर्सी बजार्दा माईक पनि भाँचिएका छन । पहिलो चरणमा बसेको बैठक कांग्रेस सांसदहरुको विरोधको कारण दिउँसो २ वजेसम्म स्थगन भएकाे थियो । दोस्रो चरणमा बसेको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई प्रदेश नं ५ को नाम र राजधानी… पुरा पढौ

नेपालमा २४४० जनामा कोरोना पुष्टि, १९ जनाको मृत्यु

काठमाडौं, १९ असोज । नेपालमा गएको २४ घण्टामा २ हजार ४ सय ४० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर योसहित कुल सक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ७ पुगेको जनाए । सो अवधिमा १३ हजार ७ सय ८१ जनाको पीसीआर परीक्षण भएको हो । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १५३१ जना छन् । जसमा काठमाडौ जिल्लामा १ हजार १ सय ७८, भक्तपुरमा १ सय ३, ललितपुरमा… पुरा पढौ

गण्डकीमा कुल संक्रमित ४२३१ पुगे

पोखरा, १९ असोज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४२३१ पुगेको छ । प्रदेशमा सोमबारमात्र ५६ जना थप भएका हुन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार पोखराका मात्रै ३६ जना छन् । जसमा वडा १४ का २२ र ५१ का पुरुष, ५२ की महिला, वडा १७ का २० वर्षीय पुरुष, वडा १२ का ३६ वर्षीय पुरुष, वडा ३० कि ५१ वर्षीया महिला छन् । त्यस्तै वडा ३ का वर्ष २२ देखि ३८ सम्मका १० जना पुरुष,… पुरा पढौ

अनलाइन पत्रकार सञ्जालमा अवस्थी

काठमाडाै, १९ असाेज । स्वरोजगार अनलाइन मिडियाको व्यावसायिक हकहितका लागि क्रियाशील हुने उद्देश्यले अनलाइन पत्रकार सञ्जाल नेपाल (ओजोन) को गठन गरिएको छ । आजभोलि डट कमका प्रकाशक सम्पादक लोकराज अवस्थीका संयोजकत्वमा १३ सदस्यीय संयोजन समिति गठन गरिएको हो । सदस्यमा शिवराज योगी, पदमराज जोशी, शिवराज खड्का, माधवप्रसाद घिमिरे, निरोज तोलाङे, हरिबहादुर परियार, सरिता तिमल्सिना पँगेनी, विष्णुप्रसाद बेल्वासे, गोपाल बराइली, मीन बम, कमला हमाल र श्रवणप्रसाद शाह छन् । अनलाइन सञ्चार संस्था सञ्चालन तथा कार्यरत सञ्चारकर्मीलाई एकीकृत तथा सङ्गठित गर्दै समग्र… पुरा पढौ

अनुगमन टोली पुगेपछि पसलै छोडेर भागे व्यापारी

काठमाडौँ, १९ असोज । कालीमाटी फलफूल तथा तरकारी बजारमा सञ्चालित माछा पसलका व्यापारी खरिदबिक्री बिल अनुगमन टोलीलाई देखाउन नसक्ने भएपछि पसलै छोडेर भागेका छन । काठमाडौँ महानगरपालिकाले नियमित गरेको अनुगमनका क्रममा आज अनुगमन टोली माछा पसलमा पुगेको हो । अनुगमन टोली त्यहाँ पुग्दा २६ माछा पसलमध्ये १५ पसलका व्यापारी सटर तानेर भागेका हुन् । यसरी भागेकामध्ये अधिकाशं पसलका व्यापारी माछाको गुणस्तरमा भन्दा खरिदबिक्री बिल देखाउन नसक्ने भएपछि भागेको अनुगमन टोलीको भनाइ छ । अनुगमनका क्रममा हेरिएका पसलमध्ये धेरैमा दर्ता, नवीकरण… पुरा पढौ

कांग्रेसको विरोधपछि प्रदेश–५ को प्रदेश सभा अवरुद्ध

बुटवल, १९ असोज । प्रदेश राजधानी दाङको भालुवाङ तोकिएको भन्दै प्रदेश ५ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभा अवरुद्ध गरेको छ । दाङ राधानी बनाउने प्रस्ताव फिर्ता लिन माग गर्दै कांग्रेसले संसद अवरुद्ध पारेको हो ।सांसदहरुले रोस्टम घेरेर नारावाजी गरेका थिए । नारा लगाएको केहिबेर पछि सभामुखले २ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् । पुरा पढौ

अब ट्राफिक प्रहरी महाशाखाको काम अनलाइनबाट

काठमाडौं, १९ असोज । केही अघिसम्म काठमाडौँ उपत्यकामा कुनै सवारी साधन अथवा त्यसका कागजात हराएमा नागरिकले महानगरीय ट्राफिक प्रहरी महाशाखामा आफैँ उपस्थित भएर निवेदन दिन्थे । मानिसहरुको बढी भिडभाड हुँदा लामो लाइनको झन्झट त हुन्थ्यो । यसका साथै गत वर्षबाट महामारीको रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको जोखिम उत्तिकै थियो । अब भने त्यो झन्झटबाट नागरिक मुक्त भएका छन् । महाशाखाले घरमै बसेर सबै समस्याका निवेदन अनलाइनबाटै दिन सकिने व्यवस्था गरेपछि सर्बसाधारणका लागि ठुलो राहत मिलेको छ । अब नागरिकले हराएका कागजात… पुरा पढौ

धरानमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

धरान, १९ असोज । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारत एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । धरान–१५ का ५५ वर्षीय पुरुषको बिहान ६ः४५ बजे मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार मिर्गौलासम्बन्धी रोग भएका उनलाई कोरोना अस्पतालमा यही असोज १६ गते भर्ना गरिएको थियो । उनको सोही दिन स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको डा. श्रेष्ठले जानकारी र्दिए । पुरा पढौ