समाचार

परिचयपत्र नपाएको मुक्त हलियाको गुनासो

डोटी, २२ असोज । जिल्लाका अधिकांश मुक्त हलियाले मुक्त भएको वर्षौ बितिसक्दासमेत आफूहरुले हलिया परिचयपत्र नपाएको गुनासो गरेका छन् । केही पहुँच भएकाले परिचयपत्र पाए पनि अधिकांशले परिचयपत्र नपाएको भन्दै उनीहरुले यथार्थ विवरण सङ्कलन गरिनुपर्ने माग गरेका छन् । हलिया पुनःस्थापनाका प्याकेज अगाडी सारिनुपर्ने, परिचयपत्र वितरण गरिनुपर्ने र त्यसका आधारमा सेवा सुविधा दिईनुपर्नेमा उनीहरुको जोड छ । हलिया परिचयपत्र नपाउँदा सरकारी सेवा सुबिधाबाट बञ्चित हुनु परेको उनीहरुको गुनासो छ । साविकको लडागडा गाविस, हाल दिपायल सिलगढी नगरपालिका वडा नं ८… पुरा पढौ

केसीसँग वार्ताका लागि समिति गठन

काठमाडौँ, २१ असोज: सरकारले अनशनरत चिकित्सक प्राडा गोविन्द केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा छन्। शिक्षामन्त्रीस्तरीय निर्णयबाट सो समिति गठन भएको हो । प्राडा केसी गत २४ दिनदेखि जुम्लाबाट शुरु गरी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशनमा रहेका छन् । सरकारको निर्देशनमा सचिव मैनालीसहितको टोलीले मङ्गलबार भेटेर अनशन त्याग्न आग्रह गर्दा… पुरा पढौ

ललितपुर मेयर चिरीबाबु महर्जन कोरोनामुक्त

काठमाडौं, २१ असोज । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना सङ्क्रमणमुक्त भएका छन् । गत असोज ८ मा ज्वरो आउने र खोकी लाग्ने समस्या भएसँगै पाटन अस्पतालमा स्वाब परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ देखिएको थियो । असोज ९ देखि १५ गतेसम्म निजी निवासमा रहेका महर्जन १६ गते छातीमा समस्या देखिएसँगै सानेपाको स्टार अस्पताल भर्ना भएका प्रमुखका स्वकीय सचिव इन्द्र वज्राचार्यले जानकारी गराए । उनको बुधबार रिपोर्ट नेगेटिभ आएपछि कोरोनामुक्त भएका हुन् । अब उनी छिट्टै महानगरपालिका कार्यालयमा उपस्थित हुने जनाइएको… पुरा पढौ

ज्यान मार्ने उद्योग मुद्धामा फरार अभियुक्त पक्राउ

लहान, २१ असोज । ज्यान मार्ने उद्योग मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा सिरहाको कल्याणपुर नगरपालिका– ३ इटारी प्रसाही निवासी ३० वर्षीय रामकुमार मण्डल रहेको प्रहरीले जनाएको छ । मण्डललाई कल्याणपुर– ११ बाट पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

बुबाको हत्या अभियोगमा एक युवक पक्राउ

गुल्मी, २१ असोज । गुल्मीमा आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ परेका छन् । जिल्लाको इस्मा गाउँपालिका –४ दोहोलीका २८ वर्षीय अनिल बस्नेत मङ्गलबार साँझ पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयले इस्मा – १ हर्पुकोटस्थित आफन्तका घरबाट बस्नेतलाई पक्राउ गरेको हो । उनले गत आइतबार ६० वर्षीय बुबा दिलबहादुरलाई कुटपिट गरी घाइते बनाएका थिए । घाइतेको उपचारका लागि बुटबल लैजाँदै गर्दा बाटामै ज्यान गएको थियो । बुबाको हत्या गरेर फरार अनिलको खोजी गर्नेक्रममा सुराकीका आधारमा फुपू दिदीका घरबाट पक्राउ… पुरा पढौ

मनसुनजन्य घटनामा यस वर्ष ठूलो मानवीय क्षति

काठमाडाै‌, २१ असाेज । नेपालमा मनसुनजन्य घटनाका कारण यसवर्ष दशककै सबैभन्दा बढी मानवीय क्षति हुन पुगेको छ । कोरोना कहरका बीच आएको भारी वर्षासँगैको बाढी, पहिरो, डुबान र चट्याङले ठूलो मानवीय क्षति गराएको हो । गृहमन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपालका ४९ जिल्ला प्राकृतिक विपद्बाट प्रभावित बन्न पुगे । कूल बाढी/पहिराका मात्रै ५८० घटना भए । प्रारम्भिक विवरणअनुसार कूल ५१४ घरमा क्षति पुगेको जनाइएको छ । सरकारले प्रभावितका लागि झण्डै रु सात करोड राहत वितरण… पुरा पढौ

पनौतीमा सुरक्षण मुद्रण छापाखानाको काम तीव्र

काभ्रेपलाञ्चोक, २१ असोज । सूचना प्रविधि पार्कमा स्थापित सुरक्षण मुद्रण केन्द्रमा सेक्युरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण छापाखाना) को काम तीव्र गतिमा अघि बढिरहेको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित उक्त पार्कभित्र आवश्यक भौतिक पूर्वाधार निर्माण प्रक्रियाले तीव्रता पाएको हो । सरकारले गत वर्ष राहदानी, बैंक नोट, चालक अनुमतिपत्र, स्मार्ट कार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टिकर, सिमकार्डलगायत सुरक्षित छपाइका सामग्री पार्कमा प्रेस स्थापना गर्ने निर्णय गरेको थियो । भौतिक पूर्वाधारको काम थाल्न आर्थिक वर्ष २०७६÷०७७ मा रु एक अर्ब नौ करोड बजेट… पुरा पढौ

देशभर एकै दिन ३४३९ संक्रमित, सक्रिय संक्रमित २५ हजार पार

काठमाडौं, २१ असोज । नेपालमा पछिल्लो समय कोरोना संक्रमितहरुको दर बढ्दै गएको छ । गएको २४ घण्टामा ३४३९ जना कोरोना संक्रमित थपिएका हुन् । यो संख्या एकै दिनमा संक्रमित हुनेहरुको संख्यामा रेकर्ड ब्रेक हो । यसअघि यति ठूलो संख्यामा संक्रमित देखा परेका थिएनन् । पछिल्लो समय सबैभन्दा बढी २ हजार ७ सय २२ जनासम्म संक्रमित देखा परेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार गएको २४ घण्टामा १४ हजार २ सय… पुरा पढौ

अटो रिक्सा आपसमा ठोक्किँदा एकको मृत्यु

लहान, २१ असोज । सिरहाको लहान–ठाडी सहायक सडकखण्डको सखुवानन्कारकट्टी गाउँपालिका– ५ महेशबारीमा दुई अटोरिक्सा आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दक्षिणबाट उतरतर्फ जाँदै गरेको स१ह ३३२० नम्बरको अटोरिक्सा र विपरीत दिशाबाट आउँदै गरेको अनटेस्ट अटोरिक्सा आपसमा ठोक्किँदा स१ह ३३२० नम्बरको अटोरिक्सामा सवार सिरहाको भगवानपुर गाउँपालिका– १ निवासी २० वर्षीया रञ्जुकुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते रञ्जुलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।… पुरा पढौ

भरतपुर अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोनाको सफल उपचार

चितवन, २१ असोज । चितवनको भरतपुर अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना सङ्क्रमित बिरामीको सफल उपचार गरिएको छ । भरतपुर महानगरपालिका वडा नं १२ का ५१ वर्षीय पुरुषको अस्पतालले प्लाज्मा थेरापीबाट सफल उपचार गरेको हो । गत भदौ ३० गते कोरोना पोजिटिभसहित सो अस्पताल भर्ना भएका उनमा ज्वरो, खोकी र स्वासप्रश्वासको समस्या देखिएको थियो । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि कोभिड आइसियुमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको अस्पतालका प्लाज्मा थेरापी कोअर्डिनेटर कन्सल्टेन्ट फिजिसियन डा।कल्याण सापकोटाले जानकारी दिए । पुरुषलाई यही असोज ७… पुरा पढौ