समाचार

मुलुकभर १०२ पत्रकारमा कोरोना सङ्क्रमण, सबैभन्दा बढी प्रदेश नं २ मा

काठमाडौँ, २९ भदौ । नेपालमा अहिलेसम्म १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । महासङ्घका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश नं २ मा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेश नं १ मा १७, वाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा १५, प्रदेश नंं ५ मा १२ र कर्णाली प्रदेशमा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको महासङ्घका सचिव प्रकाश थापाले जानकारी दिए ।… पुरा पढौ

वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण

काठमाडौं, २९ भदौ । पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट लामालाई स्टार अस्पतालमा गरिएको परिक्षणमा संक्रमण नतिजा पोजेटिभ देखिएको हो । पाइलट लामाको स्वाब आइतबार परिक्षणका लागि पठाईएको थियो । आज बिहान परिक्षण नतिजा पोजेटिभ आएपछि लामा होटल सोल्टीको आइसोलेसनमा बसेका छन् । पाइलट लामासंगै निगमकै वाइडबडी जहाज उडाउने बेलायतका क्याप्टेन उदय कोल्हात्करलाई पनि संक्रमण पोजेटिभ देखिएको छ । निगमका अनुसार दुवैजनाले केहि दिनअघि शान्ति मिसनका लागि नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजमार्फत… पुरा पढौ

घुमथाङ पहिरोमा परेर मृत्यु हुनेको संख्या १३ पुग्यो, बेपत्ता १८ को खोजी जारी

सिन्धुपाल्चोक, २९ भदौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुमथाङको भीमखर्क र नाकबुच्चेमा गएको पहिरामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । शनिबार राति गएको पहिरामा ११ जनाको शव भेटिएको र खोजतलासका क्रममा आज बिहान थप दुई जनाको शव भेटिएपछि मृतकको सङ्ख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । उनका अनुसार आज बिहान २२ वर्षीय कुमार विक र २१ वर्षीया सोनिया विक को शव फेला परेको थियो । अझै १८ जना बेपत्ता छन् । नेपाली… पुरा पढौ

पोखरामा एकै दिन अहिलेसम्मकै उच्च संक्रमित फेला

पोखरा, २९ भदौ । पोखरामा एकै दिन ५२ संक्रमित फेला परेका छन् । पोखरामा एकै दिनमा यति ठूलो संख्यामा संक्रमित यसअघि भेटिएका थिएनन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा सहित विभिन्न ठाउँमा भएको नमुना परीक्षणमा ५२ संक्रमित फेला परेका हुन् । पोखरा ९ की २६ वर्षीया महिला, ५ का २५ वर्षीय पुरुष, वडा १ का १२ र १५ वर्षीया महिला, ६ वर्षीय बालक, वडा १४ का ३२ वर्षीय पुरुष, २ का २५ र ५२ वर्षीया महिला, वडा २६ का ३२,… पुरा पढौ

कोरोनाका कारण मोरङका ४० वर्षीय पुरुषको मृत्यु

बिराटनगर, २९ भदौ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा मोरङका एक संक्रमितको मृत्यु भएको छ । कुनै दीर्घ रोग नभएका एक ४० वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मोरङको धनपालथान–६ का ती पुरुषको आइतबार राति ८ः४५ मा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनलाई प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्डमा उपचारको क्रममा रहँदा कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार प्रतिष्ठानको ल्याबबाट संक्रमण पुष्टि भएपछि उनलाई शनिबार राति साढे १० बजे कोभिड… पुरा पढौ

कुश्मिसेरा टुनीबोटमा पहिरोले पाँच घर पुरिए, एक बेपत्ता

बाग्लुङ, २९ भदौ । बाग्लुङको जैमिनी नगरपालिका–१ कुश्मिसेरा टुनीबोटमा आज बिहान खसेको पहिरोमा पाँच घर पुरिएका छन् । पहिरोमा एकजना बेपत्ता भएका बताईएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले पहिरोले घर पुरिँदा वर्ष ६१ का हरिकृष्ण पौडेल बेपत्ता भएको बताए । केसीका अनुसार अन्य पाँच जना सकुशल रहेका छन् । अविरल वर्षासंगै खसेको पहिरोले पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षत्री र तारादेवी क्षत्रीको घरमा क्षति पुर्याएको छ । पहिरो गएको स्थानमा नेपाली सेना र नेपाल प्रहरीको… पुरा पढौ

शान्ति विज्ञ राजेन्द्र सेन्चुरीअन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट सम्मानित

काठमाडौं, २९ भदौ । शान्ति विज्ञ राजेन्द्र सेन्चुरीलाई शान्ति निर्माणमा योगदान पुर्याएबापत ‘बुक्स फर पिस २०२०’ विशेष पुरस्कारबाट सम्मानित गरिएको छ । भदौ २७ गते इटालीको रोम शहरको सान्ता सेसिलियाको कन्जर्वेटरीको एकेडेमिक हलमा पुरस्कारको घोषणा गरिएको थियो । एकसठ्ठी देशका सङ्गठनको सहयोगमा समारोह आयोजना गरिएको थियो । विश्व महामारीविरूद्ध लगाइएको यात्रा प्रतिबन्धका कारण राजेन्द्रले भने आफैँ उपस्थित भएर प्रमाणपत्र ग्रहण गर्न पाएनन् । राजेन्द्रले नेपाल र अन्यत्र रहेर शान्ति र सद्भाव कायम गर्न आफ्नो जीवनवृत्ति समर्पित गरेका छन् । उनले… पुरा पढौ

प्राधिकरणका निर्देशक घिसिङको ४ वर्षे कार्यकाल सकियो

काठमाडौ, २९ भदौ । आफ्नो कार्यकालमा नेपाललाई लोडसेडिङ मुक्त गराउन सफल भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आईतवार रातिबाट सकिएको छ । अब प्राधिकरण प्रमुखमा कुलमानलाई नै दोहोर्याइन्छ वा नयाँ अनुहार आउँछन् पर्खाइको विषय भएको छ । निर्देशक घिसिङलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उर्जामन्त्री जनार्दन शर्मा हुँदाको समयमा प्राधिकरणको कार्यकारी निर्देशकमा २०७३ साल भदौ २९ गते नियुक्त गरिएको थियो । घिसिङले आफ्नो कार्यकालमा १६, १७ घन्टासम्म लोडसेडिङको मार खाँदै आएका नेपालीलाई विद्युत व्यवस्थापनमा… पुरा पढौ

गरिमा विकास बैंक र लेखनाथ उद्योग वाणिज्य संघबीच सम्झौता

पोखरा, २८ भदौ । महिलाहरुको आयआर्जनमा सहयोग पुग्ने गरी सरकारले ल्याएकोे सहुलियत दरको ऋण प्रवाहबारे लेखनाथ उद्योग बाणिज्य संघ र गरिमा विकास बैंक लि.बीच सम्झौता भएको छ । सहुलियत दरको ऋण प्रवाह योजनाअन्तर्गत हातमा सीप हुने तर आर्थिक अभावका कारण ब्यावसायिक क्षेत्रमा आउन नसकेका महिलाहरुलाई लक्षित सो योजनामा दुई संस्थाबीच सहकार्य गर्ने गरी आइतबार सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकतर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल, पोखराका क्लस्टर प्रमुख भोलाप्रसाद तिवारी र वरिष्ठ अधिकृत मेघबहादुर केसी तथा संघतर्फबाट अध्यक्ष बलराम ढकाल,… पुरा पढौ

अब पीसीआर परीक्षण २ हजारमै

काठमाडौं, २८ भदौ । कोरोना संक्रमित भए–नभएको जान्न नेपालमा अब २ हजार रुपैयाँमै पीसीआर हुने भएको छ । सरकारले कोरोना संक्रमण परीक्षण पीसीआर गर्दा अब सरकारी र निजी सबै ल्याबमा २ हजार रुपैयाँमा पीसीआर टेष्ट हुने जनाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आइतबार नियमित प्रेस ब्रिफिङमा रियजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको जानकारी दिए । यसअघि पीसीआर टेष्टको शुल्क ५ हजार ५ सयसम्म रहेकोमा पछि घटाएर ४ हजार सम्म तय… पुरा पढौ