समाचार

कांग्रेसकाे केन्द्रीय कार्यालय पाँच दिनका लागि बन्द

काठमाडौं, १८ असोज । नेपाली कांग्रेसको केन्‍द्रीय कार्यालय पाँच दिनका लागि बन्द गरिएको छ ।पार्टीका केही केन्द्रीय सदस्य र अन्य केही व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि २२ गतेसम्मका लागि कार्यालय बन्द गरिएको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यही असोज १५ गते पीसीआर जाँचका लागि पार्टी कार्यालयबाटै नेताहरुले स्वाब दिएका थिए । त्यसमध्ये केही नेताहरुको पीसीआर रिपोर्ट पोजेटिभ आएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । पुरा पढौ

जिल्ला प्रशासन कार्यालय सिरहा एक साताका लागि बन्द

लहान, १८ असोज । कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सूचना प्रकाशित गरी कार्यालयमा कार्यरत कर्मचारीमध्ये हालसम्म आठ जनामा कोरोना सङ्क्रमण देखिएको हुँदा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरिएको जानकारी दिए। गत असोज १३ गते प्रशासन फाँटमा कार्यरत कर्मचारीमा सङ्क्रमण देखिएको र तीन प्रशासकीय अधिकृतको दरबन्दी रहेकामा… पुरा पढौ

बुटवलका १२ क्षेत्रमा असोज २१ सम्म हिंडडुल गर्न निषेध

बुटवल, १८ असोज । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलका विभिन्न १२ क्षेत्रमा हिंडडुल गर्न निषेध गरेको छ । आज देखि असोज २१ गते बेलुका ६ वजेसम्मका लागि बुटवल नगरपालिकाका विभिन्न १२ क्षेत्रमा ५ भन्दा बढीको समूहमा जम्मा भएर हिंडडुल गर्न प्रशासनले निषेध गरेको हो । प्रदेश नं ५ सरकारबाट प्रदेशको नामाकरण र स्थायी राजधानीको नाम प्रदेश सभामा पेश भएको विषयमा असहमति जनाउँदै विरोध प्रदर्शन, तोडफोड, सडकमा टायर बाल्ने लगायतका गतिविधि देखिन थालेपछि प्रशासनले ति क्षेत्रलाई निषेधित क्षेत्र तोकेको जनाएको छ… पुरा पढौ

कपिलवस्तुमा चार लाख भारुसहित एक पक्राउ

कपिलवस्तु, १८ असोज । कपिलवस्तुको कृष्णनगर नाकाबाट सशस्त्र प्रहरी बलले अवैधरूपमा भित्र्याइएको रु चार लाख भारतीय रकमसहित एक जनालाई पक्राउ गरेको छ । नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको नेतृत्वमा खटिएको टोलीले कृष्णनगर नगरपालिका वडा नं २ बस्ने ५४ वर्षीय पप्पु गुप्तालाई नियन्त्रणमा लिएको शनिबार जानकारी दिए । विशेष सूचनाको आधारमा जाँच गर्दा निजले लुकाइ ल्याउँदै गरेको रु चार लाख भारतीय अवैध रकम बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीले जानकारी दिए । बरामद… पुरा पढौ

सामाजिक सुरक्षा भत्ता वितरण बैङ्किङ प्रणालीमार्फत

खोटाङ, १८ असोज । केपिलासगढी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत वितरण गर्ने भएको छ । सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई पारदर्शी, चुहावटरहित र व्यवस्थित बनाउन चालु आर्थिक वर्षको दोश्रो चौमासिकदेखि लाभग्राहीलाई बैङ्कमार्फत वितरण गर्नेगरी तयारी थालिएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले पत्राचार गरेपछि गाउँपालिकाले आर्थिक वर्ष २०७७।०७८ देखि अनिवार्य रुपमा बैङ्कमार्फत मात्र सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए । बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था गर्न गाउँपालिकाले आगामी पुस मसान्तभित्र आवश्यक… पुरा पढौ

गगन थापालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, १७ असोज । नेपाली कांग्रेसका चर्चित युवा नेता गगन थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । नेता थापाले आफूलाई कोरोना संक्रमण पुष्टि भएको र सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसवुक मार्फत नेता थापाले आफूलाई कोरोना लागेको जानकारी दिएका हुन् । थापा पूर्व स्वास्थ्य मन्त्री समेत हुन् । कोरोना संक्रमण देखिए पनि स्वास्थ्य अवस्था भने सामान्य रहको र अहिले घरमै आइसोलेसन बसिरहेको थापाले बताएका छन् । पुरा पढौ

प्रधानमन्त्री ओलीका ३ सल्लाहकार र एक स्वकिय सचिवलाई कोरोना

काठमाडौं, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार विष्णु रिमाल, राजन भट्टराई र सुर्य थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको परिक्षणमा रिमाल, भट्टराई र थापा तीनै जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । रिमाल प्रधानमन्त्रीका सल्लाहकार हुन् भने भट्टराई विदेश मामिला सल्लाहकार थापा प्रेस सल्लाहकार हुन् । यसैगरी प्रधानमन्त्रीको सचिवालयमा कार्यरत अर्का एक जनालाई पनि कोरोना पुष्टि भएको छ । बालुवाटार श्रोतले दिएको जानकारी अनुसार प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको छ । पुरा पढौ

प्रेस युनियनका ३ पुरस्कार वितरणका लागि प्रतिभा छनोट समिति

पोखरा, १७ असोज । नेपाल प्रेस युनियन कास्कीद्वारा संचालित विभिन्न पुरस्कारमध्ये तीन पुरस्कार वितरणका लागि प्रतिभा छनोट समिति गठन गरिएको छ । कोरोना महामारीबीच पनि युनियन कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा बसेको बैठकले ‘सूप्रेम शारदा पत्रकारिता पुरस्कार’ , ‘नेपाल पे्रस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार’ र ‘शान्ति पत्रकारिता पुरस्कार’ का लागि समिति गठन गरेको हो । ‘सूप्रेम शारदा पत्रकारिता पुरस्कार’ को लागि युनियन सल्लाहकार एवं पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रवीन्द्र बास्तोलाको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको छ । समिति… पुरा पढौ

गण्डकीमा कुल संक्रमित ४०१५ पुग्यो

पोखरा, १७ असोज । गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेहरुको संख्या ४ हजार १५ पुगेको छ । पछिल्लो समय पोखरामा ८ जना संक्रमित थपिएका हुन् । साथै, स्याङ्जाका १, लमजुङका २ जना, म्याग्दीका १ जना संक्रमित थपिएका हुन् । यसैगरी शनिबार बिहान पनि पोखरामा १० जना संक्रमित थपिएका थिए । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार गएको २४ घण्टामा गोरखा जिल्लाका ५ र तनहुँका २ जना थपिएका छन् ।… पुरा पढौ

त्रिशुलीमा ट्रक खस्दा तीन घाइते

काठमाडौ, १७ असाेज । त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै भैरहवाबाट काठमाण्डौ जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक आज बिहान ५ बजे ८० फिट तल त्रिशुली नदी किनारमा खसेको हो । ट्रकको आधा भाग डुबेको अवस्थामा छ । दुर्घटनामा परी घाइेत हुनेमा ट्रक चालक गल्छी–७ धादिङ्ग बस्ने वर्ष २८ का रोहित तामाङ, ट्रकमा सवार सोही ठाउ बस्ने वर्ष १९ का रामकुमार लालचन र अर्का सोही ठाउका… पुरा पढौ