समाचार

प्रदेश नं ५ काे स्थायी राजधानी देउखुरी र नाम लुम्बिनी प्रस्ताव

बुटवल, १६ असोज । प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणको टुङ्गो लगाउन सरकारले आजदेखि प्रक्रिया अघि बढाएको छ । प्रदेश नं ५ को प्रदेशसभाको आजको बैठकमा सरकारले प्रदेशको स्थायी राजधानी र नामकरण सम्बन्धमा औपचारिक प्रस्ताव पेश गरेपछि प्रक्रिया अघि बढेको हो । प्रदेश सरकार गठन भएको करीब साढे दुई वर्षपछि सो प्रक्रिया अघि बढाइएको हो । प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले नेपालको संविधानको धारा २८८ को उपधारा २ र धारा… पुरा पढौ

अहिलेसम्मकै धेरै संक्रमित, एकै दिनमा २७२२ थप

काठमाडौं, १६ असोज । नेपालमा एकै दिनमा बढी संक्रमित हुनेको संख्यामा रेकर्ड ब्रेक भएको छ ।गएको २४ घण्टामा २ हजार ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यसअघि सबैभन्दा बढी एकै दिनमा २ हजारसम्म संक्रमित भेटिएका थिए । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका हुन् । काठमाडौ उपत्यकामा मात्रै १ हजार ६… पुरा पढौ

बामदेवको मुद्दा फेरि हेर्दाहेर्दैमा, अब बुधबार सुनुवाई हुने

काठमाडौँ, १६ असोज । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपा का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेको विवादका विषयमा परेको मुद्दा ‘हेर्दाहर्दै’ मा बुधबारका लागि तोकेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले आज सुनुवाइ हुँदाहुँदै समय अभावका कारण हेर्दाहेर्दैमा राखेको हो । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र अधिकारीका अनुसार निवेदकका तर्फबाट बहस सकिएको छ । नेता वामदेवका तर्फबाट तीन जना कानून व्यवासयीले मात्र बहस गरिएको छ । बाँकी बुधबार… पुरा पढौ

लैङ्गिक समानता न्याय, शान्ति एवं प्रगतिको एक मात्र मार्ग होः राष्ट्रपति

काठमाडौँ, १६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानता जीवन र जगत्को निरन्तरताका लागि अपरिहार्य र महत्वपूर्ण तथा न्याय, शान्ति एवं प्रगतिको एक मात्र मार्ग भएको बताएकी छन। संयुक्त राष्ट्र सङ्घको ७५औँ महासभाका सिलसिलामा महासचिव एन्टोनियो गुटरेसले बिहीबार राष्ट्र सङ्घको प्रधान कार्यालय न्युयोर्कमा आयोजना गरेको महिलासम्बन्धी चौथो विश्व सम्मेलनको २५औँ वार्षिकोत्सव (बेइजिङ प्लस २५) का अवसरमा उक्त कुरा बताएकि हुन । उनले ‘सबै महिला, किशोरी तथा बालिकाहरूलाई सशक्त बनाई लैङ्गिक समानताको गति तीव्र बनाऔँ’ विषयको उच्चस्तरीय बैठकलाई काठमाडौँबाट अप्रत्यक्षरुपमा सम्बोधन… पुरा पढौ

धान झार्ने क्रममा थ्रेसरमा बेरिएर महिलाको मृत्यु

महेन्द्रनगर, १६ असोज । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा शुक्रबार धान झार्ने क्रममा थ्रेसर मेसिनमा बेरिएर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धान थ्रेसर गर्ने क्रममा कृष्णपुर नगरपालिका–७ का ४५ वर्षीया लक्ष्मी साउदको घटनास्थलमै मृत्यु भएको हो । ‘खेतमा धान थ्रेसिङ गर्ने क्रममा साउदको मृत्यु भएको हो,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, ‘ट्याक्टर चालक गणेश रानालाई नियन्त्रणमा लिइएको छ ।’ उनले इलाका प्रहरी कार्यालय गुलरियाको टोलीले घटनास्थल मुचुल्का गरिरहेको र त्यसपछि… पुरा पढौ

मध्यपहाडी लोकमार्गमा सहज सञ्चार सेवा पुर्याउँदै नेपाल टेलिकम

बलेवा, १६ असोज । नेपाल टेलिकम बागलुङले पुष्पलाल मध्यपहाडी लोकमार्गको झिँवाखोला–भल्कोट खण्डमा सहज सञ्चार सेवा पुर्याउँन लागेकाे बताएकाे छ । दूरसञ्चार सञ्जालमा देखिएको समस्या समाधानका लागि काम थालिएको बताएकाे हाे । दूरसञ्चार सञ्जालमा देखिएको समस्या समाधानका लागि नेपाल टेलिकमले बागलुङको निसीखोलामा टावर विस्तार गर्न थालेको बताएकाे छ । बागलुङ, रुकुम र रोल्पाको सिमानामा पर्ने तिलाचन धुरीमा टावर निर्माणको काम थालिएको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए । उनका अनुसार बागलुङको निसीखोला, रुकुमको भुमे र रोल्पाको सुनछहारी गाउँपालिकामा सहज… पुरा पढौ

रुपन्देहीमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

रुपन्देही, १६ असोज । रुपन्देहीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत सैनामैना नगरपालिका–७ रामापुरका ४० वर्षीय पुरुषको गए राति ११ः ५० बजे मृत्यु भएको हो । यही असोज ११ गते कोरोना पोजेटिभ देखिए पनि सास फेर्न समस्या भएपछि असोज १३ गते साँझ अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । पुरा पढौ

उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिर ११ र १२ गते

काठमाडौँ, १६ असोज । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११ र १२ गते काठमाडौँमा हुने पक्का भएको । यसअघि कोभिड १९ को कारण तीन पटकसम्म हुन नसकेको साधारणसभा मंसिरमा गर्नका लागि महासंघले नेपाल सरकारबाट अनुमति लिएको बताएकाे छ । महासंघको बिहिबार बैठक बसेकाे थियाे । बैठकले ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचनको मिति मंसिर ११ र १२ गते काठमाडौंँमा गर्ने निर्णय गरेको महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका थिए । उनका अनुसार महासंघको साधारणसभा… पुरा पढौ

सिरहाका ११५ वर्षीय वृद्ध सम्मानित

सिरहा, १६ असोज । मुक्ति नेपाल सिरहाले ११५ वर्षीय ज्येष्ठ नागरिकलाई एक कार्यक्रमका बीच पौष्टिक आहार प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा बिहीबार सिरहा आयोजित कार्यक्रममा सिरहा नगरपालिका १२ निवासी ११५ वर्षीय बौवालाल सिंह र ७० वर्षीय लक्ष्मण दासलाई संस्थाले दोसल्ला ओढाएर सम्मान गरेको हो । पुरा पढौ

एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी

काठमाडौँ, १६ असोज । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको बताएकाे छ । बन्दाबन्दीमा यातायात व्यवस्था विभागले सबै अनुमतिपत्रको छपाइ गरिसकेकाले यी अनुमतिपत्र वितरण गर्न बाँकी भएको हो । कार्यालयले अहिले दैनिक एक हजार ८०० देखि दुई हजार ५०० सम्म दैनिक वितरण गरिरहेको जनाएको छ । बन्दाबन्दीकै बीचमा कार्यालयले अनुमतिपत्र वितरण केही समयका लागि रोकेको कार्यालयका प्रमुख डम्बरबहादुर कार्कीले बताए । उनका अनुसार अहिले सकेसम्म स्वास्थ्य सावधानी अपनाएर वितरणको काम भइरहेको… पुरा पढौ