समाचार

कोरोनाबाट बच्न काठमाडौंमा गुर्जो वितरण अभियान

काठमाडौँ, १७ असोज । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलँदै जाँदा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जो वितरण पनि बढ्न थालेको छ । गुर्जोको बिरुवा, धुलो, डाँठ र चिया निःशुल्क वितरणमा लाग्नुभएका अभियानकर्मी कमलबहादुर राजलवटले उपत्यकाका विभिन्न स्थानमा माग अनुसार वितरण गरिएको राससलाई जानकारी दिए । आन्तरिक राजश्व कार्यालय लहानका कार्यालय प्रमुख राजलवटले सरकारी निवास रहेको स्थानमा उत्पादन गरेको गुर्जोको बिरुवा देशव्यापी निःशुल्क वितरण गरिएको सुनाऐ । हालसम्म करिब ९० हजार वटा गुर्जाको बिरुवा निःशुल्क वितरण गरिएको छ । चाँगुनारायण… पुरा पढौ

माछापालक कृषकलाई गाउँपालिकाको अनुदान

बनेपा, १७ असोज । रोशी गाउँपालिका वडा नं. ९ का कुमार लामाले पिन्थलीवेँशीमा ठूलो दूई वटा पोखरी बनाएर माछा पाल्छन । करिब ८ लाखमा माछापालनको संरचना निर्माण पश्चात अहिले सो पोखरीमा माछाका भुरा हालेर हुर्काउने काममा उनी व्यस्त छन् । बजार क्षेत्र ठूलो भएको र त्यहाँ अरु त्यस्तो व्यवसाय नभएपछि माछापालन शुरु गरेको लामाले बताए । सो व्यवसायमा दुईमहिनादेखि दुई जनाले रोजगारी पाएका छन् । उनहरुको काम माछालाई दाना दिने, पानीको कुलो बनाउने र चरा धपाउने हो । यसअघि बनेपामा… पुरा पढौ

गण्डकीमा कुल संक्रमित ४००३ पुग्यो

पोखरा, १७ असोज । गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेहरुको संख्या ४ हजार नाघेको छ ।पछिल्लो समय १७ जना सङ्क्रमित थपिएपछि प्रदेशमा कुल संक्रमितको संख्या ४ हजार ३ जना पुगेको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार गएको २४ घण्टामा कास्कीका १० जना, गोरखा जिल्लाका ५ र तनहुँका २ जना थपिएका हुन् । कुल सङ्क्रमितमध्ये प्रदेशमा हालसम्म २ हजार ८ सय ३१ जना निको भएका छन् । कोरोनाबाट… पुरा पढौ

विश्व नेताहरु: को-को बने कोरोना संक्रमित ?

वासिङ्टन, १६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानीया ट्रम्प दुवैलाई कोरोना भाइरस संक्रमण भएको छ । ट्रम्पले ट्वीट गर्दै भने, “म र प्रथम महिला दुबै कोभिड–१९ बाट संक्रमित भएका छौं । हामी दुबै क्वारेन्टिनमा छौं ।” यसअघि राष्ट्रपति ट्रम्पले आफ्ना वरिष्ठ सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमण देखिएको बताएका थिए । हिक्सलाई कोरोना पोजेटिभ भएसँगै राष्ट्रपति ट्रम्प र मेलानीया दुबैले कोरोना परीक्षण गराएका थिए ।यसरी ट्रम्प कोरोना भाइरसबाट सङ्क्रमित भएकासँगै उनी पनि कोरोना भाइरसबाट सङ्क्रमित विश्व नेताहरुको… पुरा पढौ

कर्णाली स्वास्थ्य प्रतिष्ठानलाई एम्बुलेन्स

काठमाडाै, १७ असाेज । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास) जुम्लालाई अत्याधुनिक एम्बुलेन्स उपलब्ध भएको छ । भारतीय राजदूतावासको सहयोगमा प्रतिष्ठानलाई एम्बुलेन्स प्राप्त भएको हो । कोरोना भाइरसको चपेटामा परेको कर्णालीका लागि भएको एम्बुलेन्स सहयोगले कर्णालीवासीको स्वास्थ्य सेवा प्रवाह सहज हुने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक डा. मङ्गल रावलले जानकारी दिए। एम्बुलेन्समा ट्राभलिङ्ग भेन्टिलेटर, इसिजि तथा अक्सिजन मोनिटर, अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर, नेबुलाइजर सेट, रक्तचाप जाँच उपकरण, स्टेथोस्कोप, व्हीलचेयर, स्ट्रेचर, रेडियो सञ्चार यन्त्र तथा फोरजी मोबाइल डिभाइस जडान गरिएको उनले… पुरा पढौ

राजनीतिक भागबन्डामा पदाधिकारी चुन्दा योग्य व्यक्तिको अपमान: मुख्यमन्त्री गुरुङ

पोखरा, १७ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले राजनीतिक भागबन्डा आधारमा पदाधिकारी चुन्दा योग्य व्यक्तिहरुको अपमान हुने बताएका छन् । विश्वविद्यालय अध्ययन र अनुसन्धानको थलो हुनुपर्ने तर राजनीति गर्ने थलो हुन नहुने उनको जोड छ । गण्डकी विश्वविद्यालयको संरक्षक हैशियतमा मुख्यमन्त्री गुरुङले शुक्रबार पोखरामा प्राडा नवराज देवकोटालाई उपकुलपति पदको शपथ ग्रहण गराएपछि मन्तव्यका क्रममा सो कुरा बताएका हुन् । साथै उनले भने, ‘विश्वविद्यालयमा पहिला–पहिला राजा–महाराज कुलपति हुन्थे, अहिले विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुने चलन छ । तर मैले कुलपति पनि… पुरा पढौ

मध्यपहाडी लोकमार्गको पर्वत खण्डको काम शुरु

पर्वत, १७ असाेज । कोरोना महामारीपछि रोकिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्डको निर्माण कार्य शुरु भएको छ । गत चैत्रको दोस्रो साता रोकिएको निर्माण कार्य असोजको दोस्रो सातादेखि शुरु भएको हो । पर्वत खण्डको निर्माण जिम्मा लिएको लामा कन्स्ट्रक्सन कम्पनीले वर्षा रोकिएसँगै काम थालेको हो । भदौमा म्याद सकिने भएपनि अहिलेसम्म ६० प्रतिशत काम सकिएको छ । “लकडाउनले रोकिए पनि अब काम तीब्र रुपमा अघि बढ्छ”, निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले भने “घाम लागेका कारण दशैपछि कालोपत्रेको काम पनि थाल्छौ… पुरा पढौ

पर्यटक बस टिकट अनलाइनमार्फत बुकिङ गर्न सकिने

काठमाडौँ, १७ असोज । पर्यटक बसको टिकट अनलाइनमार्फत बुकिङ गर्न सकिने भएको छ । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान) ले आफ्ना सबै बसको टिकट अनलाइनमार्फत बिक्री गर्ने उद्देश्यले इलेक्ट्रोनिक्स कन्सर्न एण्ड रिसर्च सेन्टर (इसीआरसी) प्रालिसँग सम्झौता गरेको हो ।पर्यटक बसको टिकट अनलाइन बुकिङमा जानेबारे टिवानका अध्यक्ष ईश्वर शर्मा र इसीआरसीका अध्यक्ष सञ्जीत पौडेलबीच सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ । सम्झौतासँगै टिवानअन्तर्गत रहेका सबै पर्यटक बसको टिकट अनलाइनमार्फत बुकिङ गर्न सकिनेछ । पछिल्लो समय विश्वव्यापी फैलिएको कोभिड–१९ मा स्वास्थ्य सुरक्षा पालना… पुरा पढौ

यती एयरलाइन्सले असाेज २१ देखि सिमरा उडान सञ्चालन गर्ने

काठमाडौँ, १६ असोज । यती एयरलाइन्सले पुन:सिमराकाे लागि उडान सञ्चालन गर्ने तयारी गरेकाे बताएकाे छ । एयरलाइन्सकाे २२औँ वार्षिकोत्सवकाे अवसरमा असोज २१ देखि सिमराकाे लागि नियमित उडान गर्ने भएको हाे । एयरलाइन्सले सन् २००८ मा काठमाडौँ–सिमरा उडान भरेको थियाे । १२ वर्षपछि यही असोज २१ देखि बारा जिल्लास्थित सिमरा विमानस्थलमा उडान गर्न लागेको हो । सिमरा यतीकाे नवाैँ उडान क्षेत्र हो । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर उडान गर्न लागेको बताएका छन । उनले भने, सिमरा… पुरा पढौ

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शोक प्रकट

काठमाडौं, १६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले कुबेतका अमिर शेख सवाह अल अहमद अल जावेर अल सवाहको निधन भएकामा शोक व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले क्रमशः कुवेतका अमिर र प्रधानमन्त्रीलाई बेग्लाबेग्लै शोक सन्देश पठाएर शोक प्रकट गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीले त्यहाँका अमिर शेख नवाफ अल अहमद अल जावेर अल सवाहलाई सम्प्रेषण गर्नुभएको सन्देशमा कुवेत सरकार, त्यहाँका जनता र राजपरिवारका सदस्यमा समवेदना व्यक्त गरेकी छिन् । सन्देशमा राष्ट्रपति… पुरा पढौ