समाचार

बाढीले पुल जोखिममा, सडक अवरुद्ध, खेती र जलविद्युत् आयोजनामा क्षति

पाँचथर, २० साउन । आधिक वर्षाका कारण फिदिम नगरपालिका हुँदै बग्ने फेमे खोलामा आएको बाढीले विभिन्न क्षेत्रमा क्षति पु¥याएको छ । आइतबार रातिदेखि सोमबार दिउँसोसम्म उक्त खोलामा आएको बाढीले फिदिम–फालोट सडकको फिदिम–नाङ्गिन जोड्ने फेमे खोला पुल जोखिममा परेको छ । बाढीका कारण २५ मिटर लम्बाइको पुलको पश्चिमपट्टिको जमिनको क्षेत्रमा क्षय हुँदा पुल जोखिममा परेको हो । मुख्य पिलर पछाडिको जमिन आधाभन्दा बढी भत्किएपछि पुल जोखिममा परेको हो । बाढीले उक्त पुल आसपासको क्षेत्र तथा फिदिम नगरपालिका–१ को मालबाँसेका विभिन्न स्थानमा… पुरा पढौ

मेची अस्पतालमा कोभिड–१९ को उपचार शुरु

झापा, २० साउन । मेची अस्पताल भद्रपुरमा कोभिड–१९ को नमूना परीक्षणसँगै सङ्क्रमितको उपचार शुरु गरिएको छ । प्रदेश नं १ सरकारको सहयोगमा अस्पतालमा २५ श्ययाको आइसोलेसन र पिसीआर प्रयोगशाला स्थापना भइसकेको छ । प्रदेशले दुईवटा भेन्टिलेटरसमेत उपलब्ध गराएको छ । अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले सोमबारदेखि सङ्क्रमितको उपचार र पिसीआर प्रयोगशालाको नमूना परीक्षण भइरहेको बताए । अस्पताल विकास समितिलाई प्रदेश सरकारले दुवै काम थाल्न निर्देशन दिएको थियो । प्रयोगशालामा भइरहेको कोभिड–१९ को परीक्षणका नमूनालाई हाल विराटनगरस्थित प्रदेश प्रयोगशालामा पुनः… पुरा पढौ

एक वर्षदेखि खानेपानी अवरुद्ध

किमाथाङ्का, २० साउन :   सङ्खुवासभाको बृहत् मांसीमा खानेपानी आयोजना अवरुद्ध भएको एक वर्षभन्दा बढी भएको छ । सदरमुकाम खाँदबारीको खानेपानीको समस्या हटाउन विसं २०७० मा मांसीमा खानेपानी आयोजनाको काम शुरु भएको हो । मांसीमा खानेपानी आयोजना हस्तान्तरण भएको दुई महिनामै बन्द भएको थियो । खानेपानी आयोजनाले पाँचपटक म्याद थप गरेर निर्माण कम्पनीले २०७४ पुसमा निर्माण सम्पन्न गरेर २०७६ जेठमा आयोजना हस्तान्तरण गरेको थियो । हस्तान्तरण भएको दुई महिनापछिबाट खानेपानी आयोजना सञ्चालन हुन नसकेको खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कार्यालय… पुरा पढौ

कोशीटप्पुमा ३४ प्रतिशतले पर्यटक आगमनमा कमी

इनरुवा, २० साउन :    प्रदेश नं १ को पर्यटक ‘हव’का रूपमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा लकडाउनका कारण पर्यटक आगमनमा कमी आएको छ । कोभिड–१९ नियन्त्रण गर्नका लागि सरकारले गरेको लकडाउनका कारण आरक्षमा ३३.५७ प्रतिशतले पर्यटक आगमनमा कमी आएको हो ।    आर्थिक वर्ष २०७५/७६ को चैत मसान्तसम्म नेपाली, सार्क मुलुकका र विदेशी गरेर १४ हजार ७१२ पर्यटक आएका थिए भने आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा ११ हजार १४ पर्यटकले कोशीटप्पु वन्यजन्तु आरक्षको अवलोकन भ्रमण गरेको आरक्षका संरक्षण अधिकृत रामदेव चौधरीले… पुरा पढौ

साँगा नाकाबाट उपत्यका प्रवेश गर्ने १३ जनामा कोरोना पुष्टि

काभ्रेपलाञ्चोक, २० साउन । एक हप्तामा पूर्वी–नाका साँगाबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने यात्रुमध्ये १३ जनामा कोरोना सङ्क्रमण पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको चिकित्सा प्रयोगशाला विज्ञ टोलीले उपत्यका प्रवेश नाकामा सवारी साधनका यात्रुमा गरिएको कोरोना सङ्क्रमण परीक्षणमा उक्त सङ्ख्यामा कोरोना पोजिटिभ देखिएको हो ।        लकडाउनको अन्त्यपछि टोलीले उपत्यका प्रवेश गर्ने तीन नाका काभ्रेपलाञ्चोकको साँगासँगै, ललितपुरको फर्पिङ र काठमाडाँैको थानकोटबाट काठमाडौँ प्रवेश गर्ने यात्रुको कोरोना सङ्क्रमण नमूना परीक्षण गर्न स्वाब सङ्कलन गरेको थियो । साँगा–नाकामा… पुरा पढौ

संक्रमित बढेपछि सप्तरीमा एक साताका लागि निषेधाज्ञा

कोरोना संक्रमण बढेपछि सप्तरीमा आजदेखि लागू हुने गरी निषेधाज्ञा सुरु गरिएको छ । साउन २० देखि २६ गतेसम्म अत्यावश्यकबाहेक आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्ररूपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए । उनका अनुसार जिल्लाभरिमा हालसम्म ५ सय ३१ जनामा कोरोना संक्रमण भेटिएपछि राजविराजसहित सप्तरी जिल्लाभरि मंगलबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको… पुरा पढौ

आज गाईजात्रा पर्व मनाइँदै

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज मंगलबार विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । आजका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई… पुरा पढौ

मनिलामा फेरि लकडाउन

फिलिपिन्सको राजधानी मनिलामा फेरि बन्दाबन्दी (लकडाउन) गरिएको छ । राष्ट्रपतिले राजधानी मनिलादेखि अन्य प्रान्तहरूसँग आवतजावतलाई पनि बन्द गर्न लागेको बताएका हुन् । चिकित्सकहरूको टोलीले कोरोनाभाइरसको सङ्क्रमण तीब्ररूपमा फैलिनसक्ने चेतावनी दिएपछि उनले यस्तो निर्णय लिएका हुन् । महानगरको प्रहरी प्रशासनले मंगलबारदेखि दुई हप्ताका लागि लकडाउन गर्नेछ । आर्थिक गतिविधि बन्द गर्न र अत्यावश्यक बाहेकका अन्य सवै हिडडुल तथा यात्रा गर्न पनि उनीहरूले प्रतिवन्ध लगाउने भएका छन् । लकडाउनका समय सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा विषेश केही उद्योगका कर्मचारीलगायतलाई पनि हिड्न दिइने गृह मन्त्रालयका… पुरा पढौ

गण्डकी प्रदेशकै ठूलो सभाहल तनहुँमा

गण्डकी प्रदेशकै ठूलो ‘तनहुँ सभाहल’ सदरमुकाम दमौलीमा निर्माण गरिएको छ । करिब ७ सय ५० जना क्षमताको उक्त भवनको हालसम्म ६५ प्रतिशत निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । विसं २०७७ असार १३ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि कोभिड–१९ का कारण नेपाल सरकारले गरेको बन्दाबन्दीको घोषणापछि निर्माणकार्य प्रभावित बनेको हो । भवन निर्माणमा नेपाल सरकार र विदेशी दाताको संयुक्त कोष रहेकोे छ । २३ करोड ६२ लाख ४३ हजार ३३१ लागतमा निर्माणाधीन उक्त भवनको निर्माणको जिम्मा… पुरा पढौ

लगानी बोर्डको सिईओमा भट्ट नियुक्त

साउन १९ काठमाडौं, लगानी बोर्डको सिईओमा सुशील भट्ट नियुक्त भएका छन। सुशील ज्ञवाली,दिपकराज जोशी लगायतलाई पछि पार्दै योजना आयोगकाे सदस्य समेत रहेका भट्ट नै अन्तत लगानी बोर्डको सीईओ बने । आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हाे । कैलालीमा जन्मेका भट्ट हाल राष्ट्रिय योजना आयोगको सदस्य थिए । महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर भएपछि यो पद रिक्त थियाे । पुरा पढौ