समाचार

आगामी २४ घण्टा मुलुकभर नै वर्षा

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टामा पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । विभागका अनुसार अहिले मुलुकभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानका साथै प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा आगामी २४ घण्टा भारी वर्षाकोसमेत सम्भावना छ । त्यस क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने,… पुरा पढौ

कोभिड–१९ समुदायमा फैलिएको पत्ता लगाउन ‘सेरो सर्वेक्षण’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोभिड– १९ का कारण कति मानिस प्रभावित बनेका छन् भनेर अध्ययन गर्न ‘सेरो प्रिभिलेन्स सर्वेक्षण’ गर्न थालेको हो । महाशाखाले विश्वस्वास्थ्य संगठनको सहयोगमा कोभिड– १९ को देशभरि मानिसमा पारेको प्रभावबारे अध्ययन गर्न थालेको हो । महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले कोभिड–१९ ले समुदायमा कुन तहसम्म पुगेको भन्ने थाहा पाउनका लागि ‘सेरो सर्वेक्षण’ गर्न थालिएको बताए ।… पुरा पढौ

कपडा व्यवसायी एशोसिएसनको रक्तदानमा ३१ युनिट

कपडा व्यवसायी एशोसिएसन कास्कीले आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन भएको छ । रक्तसञ्चार केन्द्र कास्कीको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रम एशोसिएसनको नियमित वार्षिक कार्यक्रम हो । पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले पहिलो रक्तदाता विष्णु अधिकारीलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गर्दै हालै जारी मौद्रिक नीतिले व्यवसायीका समस्या सम्बोधन गर्ने प्रयास गरेको बताए । कार्यक्रममा एशोसिएसनका संस्थापक अध्यक्ष रामजीप्रसाद बास्तोला, पोखरा उद्योग वाणिज्य संघ कार्यसमिति सदस्य रामेश्वर अधिकारी, चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समिति अध्यक्ष डिबी भुजेल, भाँडा… पुरा पढौ

सिन्धुपाल्चोकमा अरनिको यातायात समितिका गाडी सञ्चालनमा

बन्दाबन्दीपछि जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालनमा आएको छ । सरकारी निर्णयानुसार जिल्लाभित्र चल्ने गरी सवारी साधन सञ्चालनमा आएका हुन् । गत चैत ११ गते लागू भएको लकडाउनपछि सवारी साधन सञ्चालन गर्न थालिएको यातायात व्यवसायीले बताएका छन् । कोरोनाको सङ्क्रमणको त्रासले समस्या उत्पन्न भएपनि सर्वसाधारणको समस्यालाई केन्द्रित गरेर सवारी सञ्चालनमा ल्याउन लागिएको अरनिको यातायात समिति जलविरेका कर्मचारी खगेन्द्र थापाले जानकारी दिए । जिल्लाभर छोटा दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि सामाजिक दूरी कायम राखी मास्क, सेनिटाइजरलगायत सुरक्षा विधि अपनाएर मात्रै गाडी चढ्न… पुरा पढौ

पहिराले पुरिएर एकको मृत्यु

कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिराले पुरिएर एक जनाको मृत्यु भएको छ ।गागलफेदीस्थित सातघट्टेमा खसेको पहिरामा पुरिएर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए । कार्कीका अनुसार, “आठ जना गएकामध्ये मृतक गुरुङ शौच गर्न भनेर खोला छेउ जङ्गलमा गएका थिए”, त्यही बीचमा आएको पहिरामा परी आइतबार साँझ गुरुङको मृत्यु भएको हो । पहिरामा पुरिएका गुरुङको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । पुरा पढौ

पहिराले भीमफेदी–कुलेखानी सडक अवरुद्ध

साउन ४ गतेदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको मदन भण्डारी राजमार्गअन्तर्गत भीमफेदी–कुलेखानी सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिकाको गढी नजिकै गए राती पहिरो जाँदा सवारी आवागमन बन्द भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए । अहिले ठूलो पानी परिरहेकाले तत्कालै पहिरो पन्छाउन पनि समस्या भएको उनले बताए । काठमाडौँ–कुलेखानी–भीमफेदी–हेटौँडा सडक पहिराका कारण अवरुद्ध भएपछि अहिले गाडीहरु त्रिभुवन राजपथ भएर सञ्चालन भइरहेका छन् । पुरा पढौ

अविरल वर्षाका कारण सरकारी कार्यालयहरु डुबानमा

आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले जिल्ला सदरमुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् । भारी वर्षाले सर्लाही सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न ठाउँ जलमग्न बनेका छन् । सदरमुकाम मलङ्गवाको बाल मन्दिर, नगरपालिका चौक, बसपार्कलगायतका क्षेत्र जलमग्न भएको स्थानीय व्यापारीहरुले बताएका छन् । निरन्तर वर्षा भइरहँदा जिल्लाका विपन्न, सुकुम्वासी र पिछडिएका दलित परिवार प्रभावित भएका छन् । जिल्लाको वाग्मती, लखन्देही, फूलजोर, कालिन्जोर, बाँके, मनुष्मारा, झिमलगायतका खोलामा जल सतह बढेको छ । खोलाले केही ठाउँमा खेतीयोग्य जमीन कटानसमेत… पुरा पढौ

गाडी चलाउन व्यवसायी मञ्जुर, ग्यारेज थन्किएका गाडी ४ महिनापछि सडकमा

काठमाडौं, ५ साउन । नेपालमा कोभिड–१९ संक्रमण जोखिम रोक्न जारी लकडाउनका कारण ४ महिनादेखि सार्वजनिक यातायातका साधन ग्यारेजमै थन्किएपछि सडक प्रायः सुनसान रहे । निजी सवारीसाधन केही सातादेखि आवश्यक मापदण्डबीच चलाइए पनि सार्वजनिक यातायातका साधन भने छोटो तथा लामो दूरीमा पूर्ण रुपमा चल्न सकेका छैनन् । तर सोमबारदेखि नै नेपालमा आंशिक रुपमा भए पनि सार्वजनिक यातायातका साधन चलाउन केही व्यवसायी सहमत भएका छन् । सरकारले गत असार २६ मा सार्वजनिक सवारी संचालन गर्ने निर्णय गरेपछि यसबीचमा विभिन्न माग राख्दै आफ्नो… पुरा पढौ

नेकपाको आन्तरिक कलहः ‘सेफ ल्याण्डिङ’ को उपाय खोज्दै प्रधानमन्त्री

काठमाडौं । नेकपाभित्रको आन्तरिक कलह निकै गहिरिएको छ । सचिवालय समिति हुँदै स्थायी समितिमा शुरु भएको चर्काचर्कीले केपी ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्न निकै दबाब परेको थियो । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसमेत प्रधानमन्त्री ओलीको विपक्षमा उभिएपछि नेकपाको अबको बाटो कस्तो हुने हो भने आमकार्यकर्तामा पनि अन्योलता छाएको थियो । यद्यपि, शनिबार साँझपछि भने नेकपाको विवाद केही साम्य भएको छ । शनिबार प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका… पुरा पढौ

होटल श्रमिकलाई न्यूनतम पारिश्रमिक दिइने

लकडाउनले करीब ४ महिनादेखि बन्द रहेका होटलका श्रमिकहरुले न्यूनतम पारिश्रमिक पाउने भएका छन् । मासिक ४ हजार ३ सयदेखि अधिकतम् १० हजारसम्म उनीहरुलाई पारिश्रमिक दिइने भएको हो । होटल संघ नेपाल (हान) र होटेलसम्बद्ध तीन मजदूर युनियनबीच होटेलको स्तरअनुसार कर्मचारी तथा श्रमिकलाई पारिश्रमिक दिने सहमति भएसँगै उनीहरुले पारिश्रमिक पाउने भएका हुन् । विभिन्न चरणको छलफल पछि हान र कर्मचारी युनियनहरुबीच सो सहमति भएको हानले आइतवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । हानका अनुसार सो सम्झौता १३ अप्रिल २०२० देखि… पुरा पढौ