समाचार

कृषिमन्त्री केसीको अनुगमन

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले सलह प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेकी छन् । उनी सहित नेकपा कर्णाली प्रदेशका सचेतक सीता नेपाली, कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकाय, मन्त्रालयका सूचना अधिकारी धनबहादुर कठायतले सोमबार भेरीगङ्गा नगरपालिका–१३ सुर्खेत रामघाटमा सलहले मकै तथा भटमास बालीमा पारेको क्षतिको स्थलगत अवलोकन गरेका हुन् । सो अवसरमा मन्त्री केसीले १३ नं वडाका कृषकसँग के–कति क्षति भयो भन्ने विषयमा छलफल पनि गरिन् । सलहले पारेको क्षतिको यकिन गरी प्रदेश सरकारको मन्त्रिपरिषद्… पुरा पढौ

लाइसेन्स बनाइदिन्छु भनेर रकम असुली गरेको अभियोगमा एक पक्राउ

काठमाडौं, १३ साउन । सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिन्छु भनेर रकम असुली गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुगु खत्याड गाउँपालिका–८ घर भइ हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका बस्ने २५ वर्षीय प्रेमराज पाण्डे छन् । उनलाई महानगरीय प्रहरी वृत्त, थानकोटले खरिबोटबाट पक्राउ गरिएको डीएसपी राजकुमार केसीले बताए । उनका अनुसार प्रारम्भिक अनुसन्धानमा पाण्डेले चन्द्रागिरि–४ का मंगल श्रेष्ठ र शैसव श्रेष्ठ लगायतलाई लाइसेन्स बनाइदिन्छु भनेर प्रतिव्यक्ति साढे १३ हजार रुपैयाँ लिएको खुलेको छ । पुरा पढौ

ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवन । चितवनको रत्ननगर नगरपालिका–३ तरकारीचोकमा गएराति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । घटनामा ३१ वर्षीय पुरुषको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारीअनुसार दुर्घटनामा घाइते उनको पुरानो मेडिकल कलेजमा उपचार क्रममा मृत्यु भएको हो । मृतकको सनाखत हुनसकेको छैन । पूर्वबाट पश्चिमतर्फ आइरहेको ना४ख ४१५५ नंको ट्रकले विपरीत दिशातर्फ गइरहेको ना४७प ६१८९ नंको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । पुरा पढौ

जङ्गली च्याउ खाँदा एकको मृत्यु, चार बिरामी

डडेल्धुरामा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु र चार बिरामी भएका छन् । नवदुर्गा गाउँपालिकामा–३ मा वनजङ्गलबाट टिपेर ल्याइएको च्याउ खाँदा ८ वर्षीय बालक ललित धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । च्याउ खाएपछि बिरामी भएका बालक धामीलाई उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु थियो । उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । च्याउ खाँदा विरामी भएकी बालकका आमा बिस्ना धामी र तीन दिदीबहिनीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । रासस पुरा पढौ

बागलुङमा पहिरोले ३ बालबालिकाको मृत्यु

पोखरा, १३ साउन । बागलुङको तमानखोला र निसीखोला गाउँपालिकामा गएराति गएको पहिरोमा ३ जना बालबालिकाको मृत्यु भएको छ । अविरल वर्षापछि घरमाथिबाट खसेको पहिरोले पुरिँदा उनीहरुको मृत्यु भएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । उनका अनुसार निरन्तर वर्षापछि खसेको पहिरोले तमानखोला गाउँपालिका–२ मा पानबहादुर विकको घर गएराति साढे १ बजे पुरेको हो । पहिरोमा उनका दुई छोराछोरीको मृत्यु भएको छ । वर्ष १२ की रीता बिक र वर्ष १३ का खिमबहादुर बिकको पहिरोमा परी मृत्यु भएको हो… पुरा पढौ

रुझेर मन्दिर पुगेका भक्तजन गेटबाटै फर्किए

पोखरा, १२ साउन । कोरोना भाइरस संक्रमण फैलिन सक्ने भन्दै सरकारले मठमन्दिरमा सामूहिक पूजाआजामा रोक लगाएको छ । गत चैत ११ देखि सरकारले लकडाउन गरी १२० पछि हटाए पनि मन्दिरमा पूजाआजाको लकडाउन कायमै छ । जसका कारण साउने सोमबार शिव मन्दिरमा पहिले जस्तो घुइँचो छैन । पोखराको फेवाताल किनारस्थित केदारेश्वर मन्दिर बोलबमधामको रुपमा चर्चित छ । विगत २ दशकदेखि यहाँ साउनका हरेक सोमबार बोलबम मेला लाग्थ्यो । अहिले भने कोरोना महामारी प्रभावले मेला त स्थगित छ, साथै एकल रुपमा मन्दिर… पुरा पढौ

गण्डकीमा थपिए २२ संक्रमित, स्याङ्जामा देखिए एकैपटक १८

पोखरा, १२ साउन । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ सय नजिक पुगेको छ । प्रदेशमा गएको २४ घण्टामा २२ जना नयाँ संक्रमित थपसँगै कुल संक्रमित संख्या १ हजार ३ सय ९९ पुगेको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको पीसीआर परीक्षणमा थप २२ जनामा कोभिड–१९ पुष्टि भएको हो । तीमध्ये कास्कीको रुपा गाउँपालिकाका ४२ वर्षे पुरुष, माछापुच्छे गाउँपालिकाका ३० वर्षे पुरुष, लमजुङको मध्यनेपाल नगरपालिकाका ३१ वर्षे र दूधपोखरीका २३ वर्षे पुरुषमा कोरोना भाइरस देखिएको… पुरा पढौ

मणिपाल शिक्षण अस्पताल कार्यरत चिकित्सकमा कोरोना

पोखरा, १२ साउन । पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकमा कोभिड–१९ पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कास्कीका स्वास्थ्य अधिकृत बाबुराम आचार्यले सो कुराको पुष्टि गरेका हुन् । आचार्यका अनुसार ती चिकित्सकको २ दिन अघि स्वाब संकलन गरी पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोरोना प्रयोगशालामा पठाइएकोमा सोमबार रिपोर्ट पोजेटिभ आएको हो । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ । अस्पतालको मेडिकल वार्डमा कार्यरत ती चिकित्सक कलेजमा एमडी पहिलो वर्षका विद्यार्थी समेत हुन् । अस्पतालको आवासमा बस्ने उनी… पुरा पढौ

धरानको तरकारी बजारमा आगलागी :११ पसल जले, ५२ लाखको क्षति

इनरुवा, १२ साउन । सुनसरीको धरान उपमहानगरपालिका–३ स्थित पालिका तरकारी बजारमा आगलागी हुँदा ५२ लाख ६३ हजार रुपैयाँ बराबरको क्षति भएको छ । विद्युत् चुहिएर भएको आगलागीमा परेर सोमबार बिहान ११ वटा पसल जलेर नष्ट हुँदा ५२ लाख ६३ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीमा फलफूल, तरकारी, कस्मेटिक, किराना पसल र होटल जलेर पूर्णरूपमा नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए । आगलागीमा परेर रमा चौहान खतिवडा, कल्पना तामाङ, ओसिन श्रेष्ठ,… पुरा पढौ

सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा डिआईजी अर्याल

सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरिक्षक (डिआईजी) राजु अर्याल तोकिएका छन् । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनालका अनुसार संगठनसँग सम्बन्धित सूचना, जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचार अर्यालबाट प्रवाह हुनेछन् । संगठनबाट सम्पादन भएका जनसरोकारका विषय लगायतका सूचनाहरु प्रेषित गर्ने जिम्मेवारी अर्याललाई तोकिएको बताइएको छ । पुरा पढौ