समाचार

पूर्व मन्त्री पाण्डेद्वारा छात्रवृत्तिका लागि झण्डै ४ करोडको कोष घोषणा

पोखरा । पूर्व मन्त्री एवं उद्योगपति हरिप्रसाद पाण्डेले झण्डै ४ करोड रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गर्ने घोषणा गरेका छन् । सोको लागि ३ करोड रुपैयाँ अक्षयकोषमा राखिने र ७९ लाख ५० हजार बराबरको छात्रवृत्ति उनको जन्मभूमि पाल्पा र कर्मभूमि कास्कीमा वितरण हुने जनाइएको छ । समाजसेवी पाण्डे अध्यक्ष रहेको मातृसेवा प्रतिष्ठान नेपालको आयोजनामा पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले सो घोषणा गरेका हुन् । सोमध्ये ३ करोड रुपैयाँ विभिन्न १२ नाममा २५÷२५ लाख छुट्टाइएको छ । सो अक्षयकोषबाट हरेक वर्ष करिब… पुरा पढौ

बेपत्ता पंकज भालुपहाडमा मृत भेटिए

पोखरा, १९ साउन । अघिल्लो महिनादेखि बेपत्ता १९ वर्षीय पंकज गिरी सोमबार भालु पहाडमा मृत फेला परेका छन् । असार १८ मा स्याङ्जाबाट बुलेट चढेर पोखरातर्फ आएका उनी बेपत्ता भएका थिए । उनी कहाँ गए भनी खोजी जारी राखिएको थियो । स्याङ्जाको चापाकोट–५, सेखाम घर भई पोखरा–५, पस्र्याङ बस्ने गिरी सोमबार मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा–सुनौली सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भालुपहाडमा राजमार्गभन्दा ४ सय मिटर तल झ्याङमा अडिएको अवस्थामा सोमबार उनको शव फेला परेको हो… पुरा पढौ

करेन्ट लागेर दाजुभाइको मृत्यु

दाङमा करेन्ट लागेर दुई दाजुभाइको सोमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका– १ निवासी १४ वर्षीय वीरबहादुर रावत र उनका १० वर्षीय भाइ तेजबहादुरको मृत्यु भएको हो । मकैबारीमा जङ्गली बँदेल मार्नका लागि थापिएको विद्युतमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । बँदेलले मकै सखाप पार्न थालेपछि त्यसलाई मार्न र धपाउनका लागि बारीमा विद्युत् लगिएको थियो । थापिएको विद्युत्को धरापमा बँदेल परेको छ कि भनेर बिहान बारीमा गएका भाइलाई… पुरा पढौ

प्रदेश १ का मुख्यन्यायाधिवक्ता आचार्यलाई कोरोना संक्रमण पुष्टि

मोरङ, १९ साउन । प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका वडानम्बर ५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यका परिवारका तीनजना सदस्यमा पनी कोरोना पोजेटिभ देखिएको हो । आइतबार उनीसहित उनका घरका सदस्यको कोरोना जाँच गर्दा परिवारका तीनजना सदस्यको रिपोर्ट पोजेटिभ आएको हो । तीनैजनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी छ । पुरा पढौ

मोरङमा गाँजासहित २ युवक पक्राउ

मोरङ, साउन १९ । मोरङको कटहरी गाउँपालिकामा दुई युवकलाई तीन केजी गाँजासहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाउँपालिका–१ सिङगिया खोला नजिक वडा प्रहरी कार्यालय  (ख )  हाटखोलाबाट खटिएको प्रहरीले आइतबार जाँचको क्रममा को२५प ८०७४ नं को मोटरसाइकलमा सवार सुनसरी धरान १५ बस्ने ३४ वर्षीय आशिष राई र पछाडि बस्ने धरान–१६ का २२ वर्षीय सञ्जीव राईले बोकेको झोलामा उक्त गाँजा बरामद गरेको हो । प्रहरीले मानिस, गाँजा र मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरेको मोरङ… पुरा पढौ

तनहुँमा बाढी पहिरोका कारण १५६ घरपरिवार विस्थापित

तनहुँ, १९ साउन । बाढी पहिराका कारण तनहुँमा एकसय ५६ घरपरिवार विस्थापित भएका छन् । घर भत्किएका र उच्च जोखिममा रहेका घरपरिवार विस्थापित भएका हुन् । त्यस्ता परिवारलाई छिमेकीको घर, सामुदायिक भवन र विद्यालयमा स्थानान्तरण गरिएको पालिका कार्यालयले जनाएका छन् । असारको अन्तिम र साउनको पहिलो साता परेको अविरल वर्षापछि गएको पहिराका कारण ती घरपरिवार विस्थापित भएका हुन् । सयौ घरमा क्षति पुगेको छ । तनहुँमा चार नगरपालिका र छ गाउँपालिकामध्ये ऋषिङ गाउँपालिका, व्यासनगरपालिका र म्याग्दे गाउँपालिमा मानवीयसहितको क्षति भएको छ… पुरा पढौ

अपडेडः मेलम्ची पहिरोमा ११ जना वेपत्ता, ५ जनाको शव भेटियो

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा गएको पहिरोमा ११ जना पुरिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पुरिएका मध्ये ५ जनाको शव भेटिएको छ । शव भेटिएका मध्ये वीरगञ्ज निवासी प्रदीप चौरसिया र राजेश चौधरीको शव पहिचान भएको हो । अन्य मृतकको पहिचान हुन बाँकी छ । उनीहरु सबै कभर्ड हल निर्माणमा कार्यरत मजदुरहरु हुन् । कभर्ड हल निर्माणमा दुई भारतीय नागरिकसहित नौ जना मजदुर खटिएका थिए । उनीहरु बस्दै आएको टहरोलाई गएराति करिब दुई बजेतिर आएको पहिरोले पुरेको थियो । पुरा पढौ

गण्डकी सरकारले दियो प्रहरीलाई सवारीसाधन

गण्डकी प्रदेशका ट्राफिक प्रहरी अब बुलेट बाइक चढेर ड्यूटीमा खटिने भएका छन् । गण्डकी सरकारले गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुका लागि बुलेट बाइकसहित २८ मोटरसाइकल र ४ थान टाटा पिकअप भ्यान सहयोग गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक (डीआईजी) घनश्याम अर्याललाई ती सवारीसाधनको चाबी हस्तान्तरण गरेका छन् । प्रहरी सेवा प्रवाहमा सहजता प्रदान गरी नागरिकमा शान्ति सुरक्षा तथा अमनचयनको प्रत्याभूति दलिाउन गण्डकी प्रदेश सरकारले प्रहरीलाई टाटा पिकअप भ्यान ४ थान… पुरा पढौ

गण्डकी प्रदेश सरकारलाई १३ लाखको स्वास्थ्य सुरक्षा सामग्री

पोखरा, १९ साउन । गण्डकी प्रदेशबाट हङकङलाई कर्मभूमि बनाएका नेपालीले जन्मभूमि सम्झेका छन् । हङकङमा बस्ने नेपालीहरुले १३ लाख ५ हजार मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदेश सरकारलाई प्रदान गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा मुख्यमन्त्री पृृथ्वीसुब्बा गुरुङलाई गण्डकी प्रदेश सहयोग समिति हङकङबाट १ सय ५० सेट पिपिइ, २ सय ५० थर्मलगन, ६ हजार थान के–९५ मास्क, ५ हजार थान रबर ग्लोब्स् सहयोग समितिका सदस्य विरोधविक्रम गुरुङ, शशीकुमार गुरुङ, चन्द्र गुरुङ, अमृत गुरुङ, शंक्रर गुरुङले लगायतले हस्तान्तरण गरे ।… पुरा पढौ

बागलुङमा पहिरोले १३ घरपरिवार विस्थापित

बागलुङको पश्चिम निसीखोला र ढोरपाटनमा पहिरोका कारण १३ घर विस्थापित बनेका छन् । पहिरोले निसीखोला गाउँपालिका–१, देवीस्थान खाराका स्थानीय नरेन्द्र कँुवरको घरमा पूर्णरुपमा क्षति पुगेको छ भने बलबहादुर मल्लको घरमा आंशिक क्षति भएको छ । पहिरोले खारा बजारका अन्य ७ घर पनि पहिरोका कारण उच्च जोखिममा परेका छन् । वर्षा हुँदा साथ आउन सक्ने पहिरोको जोखिमले स्थानीय त्रासमा छन् । जुनसुकै समयमा थप पहिरो आउन सक्ने र घर भत्किने पुरिने जोखिममा भएपछि ९ घर परिवार विस्थापित भएको निसीखोला–१ का वडाध्यक्ष… पुरा पढौ